बुधबार, असार ४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • गाउँपालिकाले बजेट ल्याउन नसक्दा स्वास्थ्यकर्मीले तलब पाएनन्

गाउँपालिकाले बजेट ल्याउन नसक्दा स्वास्थ्यकर्मीले तलब पाएनन्

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले बजेट ल्याउन नसक्दा शिक्षक तथा स्वास्थ्यकर्मीहरूले ७ महिनादेखि तलब पाएका छैनन्। 
 |  बिहीबार, कात्तिक २०, २०७७

जयन्त ठाकुर

जयन्त ठाकुर

बिहीबार, कात्तिक २०, २०७७

जनकपुरधाम– धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले बजेट ल्याउन नसक्दा शिक्षक तथा स्वास्थ्यकर्मीहरूले ७ महिनादेखि तलब पाएका छैनन्। 

गाउँपालिकाको गाउँसभा सम्पन्न भए पनि जनप्रतिनिधिहरूको विवादका कारण बजेट अझै आउन नसकेको हो। 

आन्तरिक विवादका कारण चालु आर्थिक वर्षको ४ महिना बित्न लाग्दा पनि बजेट आउन नसकेको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवोधकुमार ठाकुरले बताए। 

उनले भने ‘गाउँ सभामा जनप्रतिनिधि र बोर्ड सदस्यबीच कुरा मिल्न नसक्दा बजेट आउन नसकेको हो।’

शिक्षक तथा स्वास्थ्यकर्मीलगायत अन्य कर्मचारीले तलबका लागि ताकेता गर्न थालेपछि अध्यक्ष मनोज यादव र उपाध्यक्ष मीरादेवी महतो गाउँपालिकाको कार्यालयसमेत आउन छाडेका छन्। 

यस विषयमा अध्यक्ष यादव र उपाध्यक्ष महतोसँग जिज्ञासा राख्ने प्रयास गरे पनि दुवै सम्पर्कमा आउन चाहेनन्।  

प्रमुख प्रशासकिय अधिकृत ठाकुरका अनुसार जनप्रतिनिधिबीचको आन्तरिक विवाद समाधान नभएसम्म बजेट कार्यक्रम तयार हुने छाँटकाँट छैन। यसले गर्दा महामारीमासमेत स्वास्थ्यर्मीले तलब पाउन अझै केही समय पर्खनुपर्ने छ। 

जेठ महिनादेखि ३५ जना स्वास्थ्यकर्मीको तलब, दशैं पेश्की र क्वारेन्टाइनमा खटेकाहरूको जोखिम भत्ता बाँकी छ। 

प्राथमिक विद्यालयका शिक्षकले असारदेखिको तलब र माध्यमिक विद्यालयका शिक्षकको गत वैशाखदेखिको तलब पाउन बाँकी छ।

मावि तहमा ६ जना र प्रावि तहमा ८०, बालविकासतर्फ ८२ र १२ जना कर्मचारी गरी कूल १८० जनाले तलब पाउन सकेका छैनन्। 

गाउँपालिकमा प्रावि तथा मावि गरी कूल ११ वटा विद्यालय र ४ वटा स्वास्थ्य चौकी छन्।

स्वास्थ्यकर्मी जयकुमार यादवले आफूहरूले पटकपटक तलब माग गर्दै आए पनि प्रमुख प्रशासकीय अधिकृतले गाउँपालिका अध्यक्षले अख्तियारी नदिएका कारण भुक्तानी गर्न नमिल्ने भन्दै आएको बताए। 

उनले भने ‘दशैंजस्तो पर्वमा समेत तलब, दशैं पेश्की र जोखिम भत्ता नदिंदा निकै अप्ठ्यारो भएपछि बाध्य भएर जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझायौं तर कुनै निकायले चासो लिएको छैन।’ 

गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी, शिक्षक तथा कर्मचारीले तत्काल तलब नपाए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। 
 

प्रकाशित: Nov 05, 2020| 14:49 बिहीबार, कात्तिक २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।