बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • मुकेशकी पत्नी भन्छिन्- पतिको हत्या व्यक्तिगत रिसइबीमा

मुकेशकी पत्नी भन्छिन्- पतिको हत्या व्यक्तिगत रिसइबीमा

मुकेशकी पत्नी सुनिता चौरसियाले भनिन्, 'गाउँपालिकाको वडा नम्बर २ का वडा अध्यक्ष विजय सञ्जय चौहान र उनका साथीहरु जनार्दन, रमेश र लक्षमण मिलेर व्यक्तिगत रिसइबीमा  मेरो लोग्नेको हत्या गरे।'
 |  बिहीबार, कात्तिक १३, २०७७

जियालाल साह

जियालाल साह

बिहीबार, कात्तिक १३, २०७७

पर्सा-  नेकपाका स्थानीय नेता मुकेश चौरसियाको हत्या व्यक्तिगत रिसइबीमा भएको आरोप उनको परिवारले लगाएको छ।

कात्तिक ६ गते पर्साको विन्ध्यवासिनी गाउँ कमिटीको शपथग्रहण कार्यक्रममा झडप हुँदा नेकपाका जिल्ला सदस्य तथा विन्ध्यवासिनी गाउँपालिका सचिव चौरसिया गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको ७ गते मृत्यु भएको थियो ।

मुकेशकी पत्नी सुनिता चौरसियाले भनिन्, 'गाउँपालिकाको वडा नम्बर २ का वडा अध्यक्ष विजय सञ्जय चौहान र उनका साथीहरु जनार्दन, रमेश र लक्षमण मिलेर व्यक्तिगत रिसइबीमा  मेरो लोग्नेको हत्या गरे।'

पतिको हत्या  केपी शर्मा ओली समूहका कार्यकर्ताले गरेको उनको दाबी छ। उनले भनिन्,  'मेरा पति पुष्पकमल दाहाल प्रचण्ड पक्षधरका हुनुहुन्थ्यो।'

पूर्वसांसद राजकुमार गुप्ता र वडाध्यक्ष सञ्जय चौहानको योजनाअनुसार दाजुको हत्या भएको भाइ महेश चौरसियाले बताए। मुकेश गत स्थानीय तहको चुनावमा सञ्जयका प्रतिस्पर्धी थिए। 

Metro Mart
worldlink

घटनामा दोषी रहेकालाई पक्राउ गरि कडा भन्दा कडा सजायका लागि परिवारजनसहित दाहाल समूहका नेताकार्यकर्ताले आन्दोलन गर्दै आएका छन्।
मुकेशको हत्या भएको सात दिनपछि बिहीबार किटानी जाहेरी दर्ता भएको छ।

परिवारजनले सरकारी वकिलको कार्यालयमार्फत दर्ता गरेको किटानी जाहेरीमा चौरसियालाई मार्ने उद्देश्यले आक्रमण गरेको उल्लेख छ। 

हनिस मिया अन्सारी, देवा सहनी, चिन्टु तिवारी, उत्तम तिवारी, लक्षमण चौरसिया, वकिल मिया, अखिलेश भनिने अशेसवर चौरसिया, धीरज चौरसियालगायत १२ जना विरुद्ध जाहेरी दिएको महेशले बताए। 

हत्याको जाहेरी प्रहरीले दर्ता नगरेको भन्दै पीडित पक्षबाट सडक आन्दोलनमा उत्रेका नेकपाका कार्यकर्ता जिल्ला सरकारी वकिल कार्यालयमा जाहेरी दर्ता गराउन पुगेका थिए। 

प्रहरी उपरीक्षक गंगा पन्तले जिल्ला प्रहरी कार्यालय, पर्सामा दर्ता भएको जाहेरीमा हत्यामा संलग्न रहेको आरोपमा १२ जनाको नाम किटान गरिएको बताइन्। 

यसअघि तिनै १२ जनाको नाम किटान गरेको जाहेरी प्रहरीले दर्ता गर्न मानेको थिएन। त्यतिखेर प्रहरीले घटनामा संलग्न वास्तविक आरोपितको नाम मात्र किटान गरेर अर्को जाहेरी ल्याउन भनेको थियो।  

प्रशासनले पूर्वसदस्य गुप्ताको नाम हटाए मात्रै मुद्दा दर्ता हुने बताउँदै आएको थियो। पीडितले  बुधबार पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङलाई मुद्दा दर्ता सहित छानबिनका लागि ज्ञापनपत्र बुझाएका थिए।

चौरसियाको मृत्यु भएको दिनदेखि जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका नेकपाका स्थायी कमिटी सदस्य मातृका यादवको नेतृत्वमा नेकपाका सांसद एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, पूर्वमन्त्री नागेन्द्र चौधरी, रामचन्द्र साह, छोटेलाल यादव, बालगोपाल थापा, बालेश्वर थारु, विजय महतो, पीएल श्रेष्ठलगायतले हत्यारामाथि कारबाही गर्नुपर्ने दबाब दिँदै आएका थिए।

त्यसलगत्तै नेकपा नगर सभापति रहबर अन्सारी सहित नेताकार्यकर्ताले प्रत्येक दिन प्रहरीविरुद्ध प्रदर्शन गर्दै आएका थिए।

प्रकाशित: Oct 29, 2020| 15:37 बिहीबार, कात्तिक १३, २०७७
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।