बुधबार, वैशाख १७, २०८२

दसैंमा मूर्तिको अर्डर नै आएन 

विराटनगर–२ का सुमन दासलाई दसैंको समयमा खाना खान समेत फुर्सद हुँदैनथ्यो। मूर्तिको अर्डर उनले थेग्न नसक्ने गरी आउँथ्यो। दसैंको कमाइले मात्र उनलाई ४–५ महिनाको खर्च पुग्थ्यो।
 |  बिहीबार, कात्तिक ६, २०७७

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बिहीबार, कात्तिक ६, २०७७

विराटनगर– विराटनगर–२ का सुमन दासलाई दसैंको समयमा खाना खान समेत फुर्सद हुँदैनथ्यो। मूर्तिको अर्डर उनले थेग्न नसक्ने गरी आउँथ्यो। दसैंको कमाइले मात्र उनलाई ४–५ महिनाको खर्च पुग्थ्यो।

तर, यसपालि सुमन फुर्सदिला भएका छन्। अर्डर नै नआएपछि मूर्ति बनाउने कोठाको ढोकामा ताला लागेको छ। अर्थात् उनलाई यसपालि ‘दसैं’ आएको छैन। 

एउटा मूर्ति तयार गरेको ३ हजारदेखि २० हजार रुपैयाँसम्म लिन्छन् सुमन। गत वर्षको दसैंमा राम्रै कमाइ गरेका उनले यसपालि पनि अर्डर आउला भनेर आवश्यक सामान पनि किनिसकेका थिए। तर, मूर्ति नै बनाउनु नपरेपछि सामान त्यसै खेर जाने चिन्तामा छन्।

कोरोना संक्रमण बढ्दै गएपछि सामूहिक रुपमा गरिने पूजापाठक तथा धार्मिक कार्यमा प्रशासनले प्रतिबन्ध लगाएको छ। त्यसकारण यसपालि दुर्गा पूजा उत्सव नहुने भएको छ। पूजा नहुने भएपछि मूर्तिको अर्डर पनि आएको छैन सुमनलाई। घरमा पूजा गर्नेले पनि अहिलेसम्म अर्डर नगरेको उनले बताए। 

विराटनगरकै सञ्जिव महतो पनि नयाँ मूर्तिको अर्डर नआएपछि पुरानै मूर्ति मर्मत गर्दै दिन बिताइरहेका छन्। मूर्ति बनाएर बेच्न थालेको २७ वर्षसम्म यस्तो कहिल्यै नभएको उनले सुनाए।

Metro Mart
worldlink

महतो भन्छन्, ‘यस वर्षको जस्तो कहिल्यै भएको थिएन।’ चाडपर्वको समयमा ५० देखि १ सय वटासम्म मूर्ति बनाउने गरे पनि यसवर्ष एउटा पनि अर्डर नआएको उनले बताए। व्यवसाय नचल्दा बैंकको किस्ता तिर्न र परिवार चलाउन नै समस्या भएको महतोले गुनासो गरे। 

कोरोनाका कारण सामूहिक पूजा गर्न नपाएपछि मूर्तिको माग नआएको उनले बताए। ‘तिहार र छठमा समेत मूर्तिको अर्डर नआए गाह्रो हुन्छ,’ उनले भने। 

विराटनगर–२ कै राम दास पनि मूर्तिको अर्डर नआएपछि फुर्सदमा छन्। ‘दसैंमा त फोन पनि उठाउन समय हुँदैनथ्यो। यसपालि इ... यस्तो छ हेर्नुस् न,’ दासले गत वर्षको दसैं सम्झिए। पोहोर सालको दसैंमा रामले दुई लाख रुपैयाँभन्दा बढी आम्दानी गरेका थिए। व्यवसाय ठप्प भएपछि परिवार चलाउन कठिनाइ भएको उनले सुनाए।

दासले भने, ‘लकडाउन खुलेपछि मूर्ति व्यवसाय पनि चल्ला भने आश थियो, तर हुन सकेन।’ दासका अनुसार विराटनगरमा मात्रै एक दर्जनभन्दा बढी मूर्ति व्यवसायी छन्। चाडपर्वको समयमा विराटनगरका व्यवसायीले मात्र माग धान्न नसक्दा भारतबाट समेत मूर्ति खरिद हुने गरेको उनले बताए।

प्रकाशित: Oct 22, 2020| 11:13 बिहीबार, कात्तिक ६, २०७७
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।