बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • राष्ट्रसंघमा मोदीले भने - विश्‍वको अगाडि आतंकवादको खतरा मडारिरहेको छ

राष्ट्रसंघमा मोदीले भने - विश्‍वको अगाडि आतंकवादको खतरा मडारिरहेको छ

संयुक्त राष्ट्रसंघको जारी ७६ औं महासभालाई शनिबार सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले अफगानिस्तानको माटो आतंकवादको लागि प्रयोग नहोस् भन्‍ने कुराको सुनिश्‍चितता गर्नतर्फ जोड दिनुपर्ने बताएका छन्।
 |  शनिबार, असोज ९, २०७८

बीबीसी

बीबीसी

शनिबार, असोज ९, २०७८

न्युयोर्क - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्‍वको अगाडि आतंकवादको खतरा मडारिरहेको बताएका छन्। संयुक्त राष्ट्रसंघको जारी ७६ औं महासभालाई शनिबार सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले अफगानिस्तानको माटो आतंकवादको लागि प्रयोग नहोस् भन्‍ने कुराको सुनिश्‍चितता गर्नतर्फ जोड दिनुपर्ने बताएका छन्। 

आफ्नो सम्बोधनका सुरुमा प्रधानमन्त्री मोदीले भने, 'गत डेढ वर्षदेखि पूरा विश्‍व पछिल्लो सय वर्षयताकै सबैभन्दा ठूलो महामारीको सामना गरिरहेको छ। यस्तो भयंकर महामारीमा जीवन गुमाउने सबैप्रति श्रद्धाञ्‍जली र परिवारजनप्रति गहिरो समवेदना।' 

उनले थपे, 'म त्यो देशको प्रतिनिधित्व गरिरहेको छु, जसलाई 'मदर अफ डेमोक्रसी' को गौरवको प्रतिकको रुपमा मानिन्छ। जहाँ लोकतान्त्रिक परम्मपराको एक हजार वर्षभन्दा पुरानो इतिहास छ। १५ अगस्तमा भारतले आफ्नो स्वतन्त्रताको ७५ वर्ष पूरा गरेको छ। हाम्रो विविधता, हाम्रो सशक्त लोकतन्त्रको पहिचान छ। जहाँ दर्जनौं भाषा छन् भने सयौं बोलिको लवज छ। रहनसहन, खानपानमा विविधता छ भने भाइब्रेन्ट डेमोक्रेसीको उदाहरण हो।'

उनले सबैभन्दा लामो समयसम्म गुजरातको मुख्यमन्त्री र पछिल्लो सात वर्षदेखि भारतको प्रधानमन्त्रीको रुपमा भारतीय जनताले आफूलाई सेवा गर्ने अवसर दिएको बताएका छन्। 

भारतीयको प्रगतिले विश्‍वको विकासमा योगदान गरिरहेको पनि उनले बताएका छन्। उनले भने, 'आज विश्‍वको हरेक छैटौं व्यक्ति भारतीय छ। जब भारतीयको प्रगति हुन्छ, तब विश्‍वको विकासले पनि गति लिन्छ। जब भारत सुध्रिन्छ, तब विश्‍व पनि सुध्रिने छ।'

Metro Mart
worldlink

मानवताप्रति आफ्नो दायित्वलाई पूरा गर्न भारतले विश्‍वभरका आवश्यकता महसुस गरेका मुलुकहरुमा फेरि कोरोनाविरुद्धको खोप उपलब्ध गराउने पनि उनले बताएका छन्। उनले खोप उत्पादकहरुलाई भारतमा आएर उत्पादन गर्न पनि आमन्त्रण गरेका छन्। 

प्रतिगमनको सोचले ग्रस्त मुलुकले आतंकवादलाई राजनीतिक उपकरणको रुपमा प्रयोग गरिरहेको पनि बताएका छन्। उनले भने, 'जुन मुलुकले आतंकवादाई राजनीतिक हतियार बनाएका छन्, ती मुलुकमा खतरा पनि त्यति नै ठूलो हुनेछ। अफगानिस्तानको माटोको प्रयोग आतंकवादी हमलाका लागि नभएको सुनिश्‍चित गरिनुपर्छ।' 

उनले समुद्रहरु पनि साझा विरासत भएकोले समुद्री संसाधनको पनि सही प्रयोग गर्नुपर्ने बताए। उनले भने,'हाम्रा समुद्रहरु अन्तर्राष्ट्रिय व्यापारको जीवन रेखा हुन्। हामीलाई यिनलाई अलग गर्नेको दौडमा भन्दा पनि बचाएर राख्‍नुपर्छ। नियममा आधारित विश्‍व अर्डरलाई बलियो बनाउनुपर्छ।' 


प्रकाशित: Sep 25, 2021| 20:50 शनिबार, असोज ९, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।