मंगलबार, वैशाख १६, २०८२

आजबाट नासा ग्लोबल स्पेस एप्स च्यालेन्स सुरु

अमेरिकी अन्तरिक्ष संस्था नासाले अन्य विभिन्न संस्थाहरुको सहयोगमा आजबाट दुई दिने ग्लोबल स्पेस एप्स च्यालेन्ज सुरु गरेको छ।
 |  शुक्रबार, असोज १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०७७

काठमाडौं- अमेरिकी अन्तरिक्ष संस्था नासाले अन्य विभिन्न संस्थाहरुको सहयोगमा आजबाट दुई दिने ग्लोबल स्पेस एप्स च्यालेन्ज सुरु गरेको छ।

२०१२ बाट नासाले सुरु गरेको नवौं संकरणमा नेपालमा पनि हुँदैछ। नेपालका लागि प्रतियोगितामा नेपाल एष्ट्रोनोमिकल सोसाईटी (नासो)ले सहयोग र समन्वय गर्ने भएको छ।

नासा इन्टरनेसनल स्पेस एप्स च्यालेन्ज नेपालमा आज (असोज १६) बाट १८ गतेसम्म  सात प्रदेशका आठ ठाउँमा आयोजना गर्दै गरेको नासोले बताएको छ।

देशभित्र र बाहिरका आठ सय नवप्रवर्तनकारी सोच भएका युवाहरु माझ विश्वले हाल सामना गरिरहेका छ मुख्य समस्याहरुको समाधन खोज्ने प्रयास गर्ने अबसर सृजना गर्ने आयोजकले बताएको छ। 

यस कार्यक्रममा १३ वर्ष भन्दा माथिका जुनसुकै उमेर समूह वा शैक्षिक पृष्ठभूमि भएका ईच्छुक नेपाली तथा विदेशी नागरिकले सहभागिताको लागि आवेदन दिन सक्नेछन्।

Metro Mart
worldlink

प्रतियोगिताको लागि स्पेस एप्स च्यालेन्जको वेबसाइटमा गएर आफ्नो खाता खोल्नुपर्ने हुन्छ।

नेपालका लागि इटहरी, जनकपुर, ललितपुर, धुलिखेल, पोखरा, बुटबल, सुर्खेत र धनगढीमा कार्यक्रम आयोजना गरिँदैछ। यि मध्ये कुनै एक स्थान चयन गरी आवेदन दर्ता गराउन सकिनेछ। र, आवेदन दिन वा कार्यक्रममा भाग लिन कुनै शुल्क लाग्दैन।

एक स्थानको लागि आयोजकले सय सहभागी छनौट गरेर देशभरीका जम्मा आठ सयले साभागीता जनाउने आयोजकले बताएको छ। उसले कोभिड-१९ को महामारीका कारण कार्यक्रम भर्चुअल हुने र घरबाट पनि प्रतियोगिता जनाउन सकिने छ।

भाग लिनका लागि प्रत्येक स्थानमा सहभागीले समूह बनाई निश्चित समस्यामा काम गर्नुपर्नेछ।

समूहगत कार्यको मूल्याङ्कनका लागि प्रत्येक स्थानमा छ जनाको निर्णायक मण्डल बनाइसकेको छ। यी निर्णायकहरुले काम गर्ने टोलीहरुमध्ये बढीमा दुई टोलीका कामलाई ग्लोबल अवार्डको लागि अमेरिकी अन्तरिक्ष संस्था नासामा सिफारिस गर्ने आयोजकले बताएको छ।

नेपालबाट बढीमा १६ टोली सिफारिस हुनेछन्।

प्रकाशित: Oct 02, 2020| 08:26 शुक्रबार, असोज १६, २०७७
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।
ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।
ट्विटरको लोगो फेरियो

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।
ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।
सम्भव छ भूकम्पको सही पूर्वानुमान?

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...