बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २:  सचिव  सम्झना काफ्लेलाई मन्त्री साहले हाजिर हुन दिएनन्

प्रदेश २:  सचिव  सम्झना काफ्लेलाई मन्त्री साहले हाजिर हुन दिएनन्

मन्त्री साहका स्वकीय सचिव लगायतका व्यक्तिहरुले होहल्ला गर्दै हाजिरी रजिष्टर समेत खोसेर लगे।
 |  बिहीबार, असोज ८, २०७७

जयन्त ठाकुर

जयन्त ठाकुर

बिहीबार, असोज ८, २०७७

जनकपुरधाम-  केही साता अगाडि प्रदेश २ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले सामाजिक सञ्जालमै प्रदेशमा छोटो अवधिमै सचिव फेरिंदा कार्य सम्पादनमा जटिलता आउने आशयको टिप्पणी गरेका थिए। 

संघीय सरकारले  प्रदेशका लागि खटाउने कर्मचारीको सधैँ अभाव रहने र रहेका कर्मचारी पनि छोटो समयमै सरुवा गर्नुमा संघीय सरकारको बदनियत रहेको भन्दै उनले आक्रोश व्यक्त गरेका थिए। 

प्रदेशमा  कर्मचारी अभावलाई लिएर आक्रोश पोखेका मन्त्री साहले मन्त्रालयमा सरुवा भएर आएकी नयाँ सचिवलाई हाजिरी हुन दिएका छैनन्। 

स्रोतका अनुसार मन्त्रीले सचिवलाई आफू अनुकुल नठान्दा हाजिरी हुन नदिएका हुन्। पटकपटक प्रदेश २ सरकार र संघीय सरकारबीच अन्तरविरोध बढ्दै गएका बेला सचिवलाई हाजिरी हुन नदिने मन्त्रीको क्रियाकलापले टकराव झन बढाएको छ। 

प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा सरुवा भएर आएकी सचिव सम्झना काफ्ले बुधबार दिउँसो हाजिर हुन जाँदा कर्मचारीहरुले सामान्य  स्वागत-भेटघाट कार्यक्रम आयोजना गरेका थिए।

Metro Mart
worldlink

तर,  उक्त कार्यक्रम हुनु अगावै मन्त्री साहका स्वकीय सचिव लगायतका व्यक्तिहरुले होहल्ला गर्दै हाजिरी रजिष्टर समेत खोसेर लगे। त्यतीमात्र होइन मन्त्रीको सचिवालयका सदस्यहरुले सचिवको कार्यालयमा ताल्चा समेत लगाइदिए।

यो सबै मन्त्रीकै आदेशमा भएको मन्त्रीको सचिवालयकै कर्मचारी बताउँछन्। 

मन्त्रालयका निमित्त सचिव विजय महतोको अगुवाईमा सामान्य भेटघाट कार्यक्रम बिथोलिएपछि सचिव काफ्ले फर्किएकी थिइन्। उनले भनिन्, 'मन्त्रालयमा हाजिर हुन गएकी थिएँ तर त्यहाँको वातावरण अनुकुल नहुँदा फर्किएँ।' 

उनले यस विषयमा प्रमुख सचिव अर्जुन पोखरेलसँग छलफल गरेको र अवस्था यस्तै रहने भए आफू फर्कने जानकार दिइन्। 

यस विषयमा मन्त्री साहलाई सोध्दा उनले सचिव हाजिरी हुन पुग्दा केही विवादको भएको आफ्नो जानकारीमा रहेको र वास्तविकता बुझेर विस्तृत जानकारी गराउने प्रतिक्रिया दिए। 
 

प्रकाशित: Sep 24, 2020| 12:15 बिहीबार, असोज ८, २०७७
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।