बुधबार, वैशाख १७, २०८२

जनकपुर आइपुग्यो रेल, हेर्नेको भीड

रेल विभागले कुर्था–जनकपुरधाम तथा भारतको जयनगरसम्म सञ्चालनका लागि किनेको रेल सेट जनकपुरधाम ल्याइएको छ। ६ वर्षको प्रतीक्षापछि दुई सेट रेलको बग्गी तथा ४ सेट इन्जिन ट्रायलका लागि जनकपुरधाम ल्याइएको हो।
 |  शुक्रबार, असोज २, २०७७

जयन्त ठाकुर

जयन्त ठाकुर

शुक्रबार, असोज २, २०७७

जनकपुरधाम– रेल विभागले कुर्था–जनकपुरधाम तथा भारतको जयनगरसम्म सञ्चालनका लागि किनेको रेल सेट जनकपुरधाम ल्याइएको छ। ६ वर्षको प्रतीक्षापछि दुई सेट रेलको बग्गी तथा ४ सेट इन्जिन ट्रायलका लागि जनकपुरधाम ल्याइएको हो।

बिहीबार भारतको जयनगर आइपुगेको नेपाली रेल आज दिउँसो २ बजे जनकपुरधामस्थित प्लेटफर्ममा पुगेको छ।

एक अर्बको लागतमा किनिएको सो रेलको ट्रायल गरिएको तथा चाँडै नै सर्वसाधारण यात्रुका लागि समेत रेल सञ्चालनमा ल्याउने तयारी भई रहेको रेल विभागका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । उनका अनुसार रेल सेट सुरक्षाका लागि फेरि भारतको जयनगर स्टेशन नै फर्किनेछ ।

नयाँ रेलमा १३०० सिट क्षमता छ । विभागका महानिर्देशक बलराम मिश्रले नयाँ रेल डिजेलबाट स्टार्ट हुने र २–२ वटा इन्जिन लगाइएको बताए।

जनकपुरधाममा ट्रायलका लागि दुई सेट रेल ल्याए पनि अहिले संचालनमा ल्याउने कुनै योजना नरहेको रेल विभागले जनाएको छ । यदि कोरोना संक्रमणले बाधा व्यवधान गरेन भने डेढ महिनाभित्र यात्रुका लागि समेत रेल्वे संचालनमा ल्याउने योजना रहेको भट्टराईले बताए ।

Metro Mart
worldlink

नेपाल रेलको ब्रोडगेज रेलको नयाँ इन्जिन आइरहेको समाचार सुनेलगत्तै शुक्रबार बिहानैदेखि स्थानीयमा उत्साह देखिएको थियो। सयौंको संख्यामा मानिसको भीड देखिएको थियो । सोही भीडमा ७८ वर्षिय हासिम नदाफ पनि थिए । उनले नेपाल रेल फेरि संचालनमा आउने भएपछि धेरै उत्साहित भएको सुनाए।

नेरोगेजबाट ब्रोडगेजमा परिणत गरिएको रेललाइनमा पहिलो चरणमा ३५ किलोमिटर रेल सेवा सञ्चालन गर्ने योजना मात्रै रहेको महानिर्देशक बलराम मिश्रले बताए ।

भारतको जयनगरदेखि महोत्तरीको बर्दिवाससम्म ६९ किलोमिटर रेल्वे मार्ग ३ खण्डमा बनिरहेको छ । परियोजनाको प्रथम चरणमा जयनगर–कुर्था ३५ किलोमिटर, दोस्रो चरण अन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिवाससम्म १७ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालनमा ल्याउने रेल विभागको योजना रहेकोे छ ।

प्रकाशित: Sep 18, 2020| 10:00 शुक्रबार, असोज २, २०७७
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।