काठमाडौं- शनिबार साँझ काठमाडौंको सडकमा बडेमानको एभ्रो विमान गुड्दै गरेको देखेपछि धेरैलाई अचम्म लाग्यो।
नेपाली सेनाको उक्त विमान आफैं गुडेको नभई अगाडिबाट एउटा गाडीले टोचन लगाएर तानिरहेको थियो। सडकमा अटाउन धौ धौ उक्त विमानका पखेटा चाहिँ झिकिएका थिए।
पूर्व राजाले प्रयोग गरेको पुराना विमानहरु नारायणहिटी संग्रहालयमा राखिने भएपछि सेनाले उक्त विमान विमानस्थलबाट संग्रहालयतर्फ लैजाँदै गरेको अवस्था थियो त्यो।
उडन नसक्ने विमान सडकमा गुडाउनै पर्यो।
२०३१ सालमा किनिएको यो सैनिक विमान राजा वीरेन्द्रले विभिन्न भ्रमणहरुमा प्रयोग गरेका थिए। राज वीरेन्द्रले प्रयोग गरेको एउटा हेलिकप्टर यसअघि नै संग्रहालयमा पुर्याइसकिएको छ।
संग्रहालयमा राखिएका यी विमान सर्वसाधारणले पनि हेर्न पाउने छन्।