आइतबार, साउन २६, २०८२

सर्लाहीमा तीन सातापछि निषेध आदेश हट्यो

जिल्ला प्रशासन कार्यालय सर्लाहीले विगत ३ सातादेखिको निषेध आदेश हटाएको छ।
 |  आइतबार, भदौ २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०७७

जननकपुरधाम- जिल्ला प्रशासन कार्यालय सर्लाहीले विगत ३ सातादेखिको निषेध आदेश हटाएको छ।

कोरोना संक्रमण फैलिन नदिने उद्देश्यले विगत तीन सातादेखि लागू गरिएको निषेध आदेश सोमबारदेखि हटाउने निर्णय जिल्ला प्रशासन कार्यालय सर्लाहीले गरेको हो।

जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीको सोमबार बसेको बैठकले निषेध आदेश हटाउने निर्णय गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र कुमार पौडेलले जानकारी दिए।

सर्वसाधारणको जीवन निर्वाह तथा एवं सामाजिक आर्थिक अवस्थालाई सन्तुलित बनाईराख्न व्यापार तथा रोजगारी हुने खालका क्रियाकलापहरु सञ्चालन गर्न दिइने निर्णय गरिएको उनले बताए।

यद्यपि कोरोना संक्रमण फैलिन नदिन आवश्यक सुरक्षा मापदण्ड पालन गराउन लगाइने उनको भनाइ छ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले निषेध आदेश खुल्ला गरे पनि होटेल तथा मदिरा पसलहरु सञ्चालनमा र हाट बजार तथा मेला आयोजनमा पूूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ।

उपभोग्य सामाग्री बिक्री गर्ने पसलहरु प्रत्येक दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खोल्न दिइने निर्णय गरिएको छ। संघ संस्था, कार्यालय, वित्तिय संस्थाहरु पालिकागत हिसाबले पालो मिलाएर सञ्चालनमा ल्याउन निर्देशन दिइएको छ।

निषेध आदेश हटाइए पनि सामाजिक दूरी कायम गर्ने, भीडभाड हुन नदिने लगायतका नियमहरु अनिवार्य रुपमा पालना गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

प्रकाशित: Sep 06, 2020| 18:15 आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।