बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • हिन्दु धर्म गुरु नरेन्द्र गिरीको रहस्यमयी मृत्यु, मोदीद्वारा दु:ख व्यक्त

हिन्दु धर्म गुरु नरेन्द्र गिरीको रहस्यमयी मृत्यु, मोदीद्वारा दु:ख व्यक्त

अखिल भारतीय अखडा परिषद् अध्यक्ष तथा प्रयागराजस्थित बाघबारी मठका धर्म गुरु नरेन्द्र गिरीको शव फेला परेको छ। उनको शव प्रयागराजको अल्लापुरस्थित बाघबारी गद्दी मठको एक कोठामा फेला परेको हो।
 |  मंगलबार, असोज ५, २०७८

बीबीसी

बीबीसी

मंगलबार, असोज ५, २०७८

काठमाडौं- अखिल भारतीय अखडा परिषद् अध्यक्ष तथा प्रयागराजस्थित बाघबारी मठका धर्म गुरु नरेन्द्र गिरीको शव फेला परेको छ। उनको शव प्रयागराजको अल्लापुरस्थित बाघबारी गद्दी मठको एक कोठामा फेला परेको हो।

प्रयागराज रेन्जका प्रहरी महानिरीक्षक केपी सिंहले प्रहरी अधिकारीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जनाएका छन्।

'अहिले यो आत्महत्या जस्तो देखिएको छ। फोरेन्सिक टीमले घटनास्थल पुगेर अनुसन्धान थालेको छ। सबै तथ्य अनुसन्धानका क्रममा खुल्दै जानेछ', उनले भने।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायत थुप्रै नेताहरूले उनको निधनमा शोक व्यक्त गरेका छन्। उनी प्रयागराजको संगम किनारास्थित प्रसिछ हनुमान मन्दिरका मुख्य मुजारी हुन्।

प्रहरीले गिरीको शवसँगै चार-पाँच पानाको सुसाइड नोट फेला पारेको जनाएको छ। त्यसैले यो आत्महत्या हुनसक्ने प्रहरीको अनुमान छ।

Metro Mart
worldlink

सुसाइड नोटमा आश्रमका केही साथिहरूसँग दुखी भएको उल्लेख रहेको प्रहरीले जनाएको छ। सुसाइड नोटमा आफूले कहिल्यै आश्रमको एक रुपयाँ पनि यताउति नगरेको उनले उल्लेख गरेका छन्।

उनको पछिल्लो दिन योग गुरु आनन्द गिरी र आफ्ना शिष्यसँग विवाद भएको थियो। र, उनी तनावमा थिए।

प्रकाशित: Sep 21, 2021| 07:41 मंगलबार, असोज ५, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।