बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारतमा खोप लगाएकाहरुलाई बेलायतमा खोप नलगाएसरह क्‍वारेन्टाइन नियम पालना गर्नुपर्ने

भारतमा खोप लगाएकाहरुलाई बेलायतमा खोप नलगाएसरह क्‍वारेन्टाइन नियम पालना गर्नुपर्ने

भारतलगायतका मुलुकहरुमा कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिहरुलाई खोप नलागएका व्यक्तिहरुसरह क्‍वारेन्टाइन नियमको पालना गर्नुपर्ने भएको छ।
 |  सोमबार, असोज ४, २०७८

बीबीसी

बीबीसी

सोमबार, असोज ४, २०७८

लन्डन- भारतलगायतका मुलुकहरुमा कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिहरुलाई खोप नलागएका व्यक्तिहरुसरह क्‍वारेन्टाइन नियमको पालना गर्नुपर्ने भएको छ। 

बेलायत सरकारले पछिल्लो समय जारी गरेको यात्रा निर्देशिका अनुसार भारत, संयुक्त अरब इमिरेट्स, टर्की, थाइल्यान्ड, जोर्डन, रुसलगायतका मुलुकहरुमा कोरोनाविरुद्धको खोप लगाएकाहरुलाई खोप नलगाएको मानिने जनाइएको छ। 

यी मुलुकहरुबाट बेलायत यात्रा गर्ने व्यक्तिहरुले १० दिन क्‍वारेन्टाइनमा बस्‍नुपर्ने र कोरोना परीक्षण गर्नुपर्ने नियम बनाइएको छ। भारतलगायतका विभिन्‍न मुलुकहरुमा कोरोनाविरुद्धको दुई डोज खोप लगाएकाहरुलाई पनि १० दिन अनिवार्य क्‍वारेन्टाइन र कोरोना परीक्षण गर्नुपर्ने बताइएको छ। 

उड्‌डयन विश्लेषक एलेक्स मार्कियसले ट्विट गर्दै बेलायतको यस नियमप्रति कयौं मुलुकहरुले आपत्ति जनाएको उल्लेख गरेका छन्। बेलायतले बेलायती नागरिकहरुले लगाएको कोरोनाविरुद्धको फाइजर, एस्ट्राजेनेका तथा मोर्डेना खोप लगाएकाका भारतलगायतका मुलुकका नागरिकहरुलाई पनि खोप नलगाए सरह व्यवहार गरिनु आश्चार्यजनक भएको बताएका छन्। 

भारतीय कांग्रेसका नेता शशि थरुरले पनि उक्त नियमप्रति आपत्ति जनाएका छन्। बेलायती उच्चायुक्तका प्रवक्ताले भारत सरकारसँग यसबारेमा छलफल भयरहेको र भ्याक्सिन सर्टिफिकेटको प्रमाणित गर्नुपर्ने बताएका छन्।

Metro Mart
worldlink

उनले बेलायती सरकारको निर्णयको बचाउ गर्दै बेलायत पूर्णरुपमा अन्तर्राष्ट्रिय यात्रा पूर्णरुपमा लागु गर्न प्रतिबद्ध रहेकोसमेत बताएका छन्। भारतीय सामाजिक सञ्‍जालमा बेलायत सरकारको उक्त निर्णयको आलोचना भइरहेको छ। 

 

 

प्रकाशित: Sep 20, 2021| 23:00 सोमबार, असोज ४, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।