बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • पर्सामा मलखादको हाहाकार, कृषि सुविधा पार्टीकेन्द्री भएको आरोप

पर्सामा मलखादको हाहाकार, कृषि सुविधा पार्टीकेन्द्री भएको आरोप

नेपाल सरकारले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने योजना अनुसार खेतीयोग्य जिल्लाहरुमा प्रधानमन्त्री कृषि आधुनिकीकरण योजना घोषणा गरेको छ। तर सरकारले घोषणा गरेअनुसार कृषि सामग्री कम्पनी लिमिटेडले मललगायतका आवश्यक कृषि सामग्री उपलब्ध गराउन सकेको छैन।
 |  सोमबार, असोज ४, २०७८

जियालाल साह

जियालाल साह

सोमबार, असोज ४, २०७८

वीरगञ्ज- धानमा मलखाद राख्ने बेलामा नै अभाव भएपछि पर्साका किसान चिन्तित बनेका छन्। किसानलाई आवश्यक पर्ने बेला बारम्बार हुने मलखादको अभावले पर्साका किसानलाई यो वर्ष पनि चिन्तित बनाएको हो। जिल्लाका मलखाद गोदाम रित्तै भएका छन् भने धानबालीमा बाला लाग्ने समयमा धानको बोट सुक्न थालेको छ। 

नेपाल सरकारले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने योजना अनुसार खेतीयोग्य जिल्लाहरुमा प्रधानमन्त्री कृषि आधुनिकीकरण योजना घोषणा गरेको छ। तर सरकारले घोषणा गरेअनुसार कृषि सामग्री कम्पनी लिमिटेडले मललगायतका आवश्यक कृषि सामग्री उपलब्ध गराउन सकेको छैन। 

धान खेतीमा बाली लाग्ने बेलामा मलखादको अभावमा रातदिन मेहनत गरी लगाएको धानबालीमा विभिन्न रोग लागेर क्षति भएको वीरगंज महानगरपालिका–२३ प्रसौनीका किसान खेदु महतोको दुखेसो छ। 

धानको बाला लाग्ने बेला पानीको पनि आवश्यक पर्छ। सिचाईंको सुविधा नपाएर आकासेपानीमा निर्भर कृषकलाई वर्षाले केही राहत दिएपनि मलखादको अभावमा रोग लागेर धान सुक्न लागेको उनको भनाइ छ। 'पाउनेले कालोबजारीमा पनि खरिद गरी विषादी छर्ने गरेका छन्,' उनले भने, 'कालोबजारीमा पनि मल पाइने सम्भावना छैन। भारतीय बजारबाट आएकोमा ठगिने सम्भावना बढी हुन्छ।' बालीमा क्षति भएपनि सरकारको मातहतको नियमनकारी निकाय हालसम्म बेखबर रहेको उनको दुखेसो छ। 


Metro Mart
worldlink

खेतीपाती नै मुख्य पेसा बनाएका इट्याहीका अर्का स्थानीय महेन्द्र राउतको पनि उस्तै समस्या उस्तै छ। 'मंहगो दरमा मलखाद किन्न पनि कृषकलाई समस्या हुने गरेको छ। आवश्कता नभएको बेला गण्डक नहरमा पानी भरिभराउ हुन्छ। आवश्यक परेको बेला पानी नभएर समस्या हुन्छ। हरवर्ष मलखादको समस्याले झनै समस्या निम्त्याउने गरेको छ,' राउतले भने। बेलाबखत सस्तो र सहुलियत दरमा किसानले विभिन्न कृषि सुविधा पाएको आफूले सुन्ने गरेपनि त्यस्तो सुविधाको अनुभव गर्न नपाएको उनको दुखेसो छ। 

यता १८ वटा जिल्लामा मलखाद पठाइएको कृषि समाग्री लिमिटेडले दाबी गरेको छ। धानको बेर्ना राख्ने बेला कृषि समाग्रीले प्रत्येक सहकारीलाई एक/एक सय बोरा दिइएको वरिष्ठ सहायक सीताराम श्रेष्ठले बताए। सी पोर्टमा मलखाद रहेकाले अझै केही समय मलको अभाव हुने उनले बताए। स्थानीय प्रशासनलाई मलखाद वितरण  र डिलर तथा कृषकलाई वितरण गर्ने अधिकार दिएकाले मलखाद कुन ठाउँमा कति भण्डारण गरिएको छ भन्ने यकिनका साथ भन्न नसकिने उनले बताए। 

पार्टीकेन्द्री कृषि सुविधा! 

सरकारले अनुदानमा कृषिसम्बन्धी विभिन्न सामग्री किसानलाई दिने गरेपनि आफ्ना पार्टी प्रतिनिधिबाहेक कृषकको हातमा थोरै मात्र पुग्ने गरेकाले मलमा समेत झेल भएको बहुदरमाई नगरपालिका-६ गमहरियाका कृषक प्रभु महतोको भनाइ छ। धान, काउली खेतीलगायतमा चाहिने मलखादको हाहाकार भएपनि पहुँचका अधारमा पार्टी प्रतिनिधिले मात्रै सुविधा पाउने गरेको उनको आरोप रहेको छ। सरकारबाट आएको मल, खाद्य बिचौलियाहरुले लिएर महंगो दरमा बिक्री वितरण गरेपनी कारबाही नहुने उनले बताए। 

युरिया मल प्रतिकेजी ३० रुपैयाँको दरले समेत पाउन मुस्किल छ। सरकारी अधिकारीसँग मिलेर बिचौलिया र नेताहरुको पछि लाग्ने कृषकहरुले मात्रै मल पाइरहेको उनको भनाइ छ। 

प्रकाशित: Sep 20, 2021| 17:02 सोमबार, असोज ४, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्