बिहीबार, वैशाख १८, २०८२

प्रदेश १ का २९६ जना कोरोना संक्रमित घरमै

प्रदेश १ मा २९६ जना कोरोना संक्रमित घरमै रहेको पाइएको छ। प्रदेशमा पर्याप्त आइसोलेसन सेन्टर नहुँदा ठूलो संख्यामा संक्रमितहरु घरमै रहेको पाइएको हो।
 |  शुक्रबार, साउन ३०, २०७७

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

शुक्रबार, साउन ३०, २०७७

विराटनगर- प्रदेश १ मा २९६ जना कोरोना संक्रमित घरमै रहेको पाइएको छ। प्रदेशमा पर्याप्त आइसोलेसन सेन्टर नहुँदा ठूलो संख्यामा संक्रमितहरु घरमै रहेको पाइएको हो।

प्रदेशमा हाल ७४६ सक्रिय संक्रमित छन्। सक्रिय संक्रमितमध्ये ३ सय ५५ जना प्रदेश १ का विभिन्न आइसोलेसनमा भर्ना भएका छन्। ३९१ संक्रमित आइसोलेसन केन्द्र बाहिर देखिन्छ।

जसमध्ये शुक्रबार संक्रमण पुष्टि भएका ९५ जनाको व्यवस्थापनको काम भइरहेको सामाजिक विकास मन्त्रालय जनाएको छ। ९५ जना व्यवस्थापनको क्रममा रहेको देखिँदा पनि २९६ जना अहिले होम आइसोलेसनमा बसेको देखिएको छ।

तर स्थानीय तहहरुले होम आईसोलेसनमा बस्नेहरुको विवरण प्रदेश सरकारलाई उपलब्ध नगराउँदा कति संख्यामा होम आईसोलेसनमा छन् भनेर भन्न नसकिने सामाजिक विकास मन्त्रालय अन्र्तगतको कोभिड–१९ निगरानी, तथ्याङ्क संकलन तथा अनुगमन समितिको सचिवालय संयोजक डा. सरोज विशालले बताए।

प्रदेश १ मा होम आईसोलेसनमा बस्ने अधिकांश विराटनगरका छन्। विराटनगर महानगरपालिकाकाको कोभिड तथ्याङ्क अनुसार शुक्रबार सम्म ४ सय ४२ जनामा संक्रमण देखिएको छ। संक्रमित मध्ये ७६ जना डिस्चार्ज भएका छन्। विराटनगरका ३ सय ६६ सक्रिय संक्रमित छन्।

Metro Mart
worldlink

प्रदेश सरकारले सञ्चालन गरेका अस्पताल तथा आईसोलेसन केन्द्रहरुका वेड भरिँदै गएपछि मापदण्डअनुसार बस्न सक्नेहरुका लागि होम आइसोलेसनको सुविधा दिएको छ। विराटनगर महानगरपालिकाले शुक्रबार होम आइसोलेसनमा बस्नेहरुका लागि मापदण्ड पनि तयार गरेको छ।

प्रदेशमा शुक्रबारसम्म कोरोना संक्रमित हुनेको संख्या १ हजार ८२१ पुगेको छ। १ हजार ७५ जना डिस्चार्ज भएका छन्।

 

प्रकाशित: Aug 14, 2020| 19:55 शुक्रबार, साउन ३०, २०७७
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।