बिहीबार, वैशाख १८, २०८२

सरकार, नेता र देशप्रति गर्व गर्न पाइयोस्

नफ इज इनफ’ ग्रुपलाई नै लिऔं। यो नेतृत्वविहीन समूहले उठाएको अभियान हो। अभियानसँग प्रधानमन्त्रीले सम्झौता गरेका छन्। प्रमुख प्रतिपक्षी दलका नेतालाई ऐक्यबद्धता जनाएका छन्। नागरिक समाज तथा आमबुद्धिजीवी साथ दिन बाध्य भएका छन्। यस परिदृश्यबाट नेतृत्व व्यक्तिले होइन सिद्धान्त र व्यवहारले गर्ने रहेछ भन्ने पुष्टि भएको छ।
 |  शनिबार, साउन २४, २०७७

विनय सापकोटा

विनय सापकोटा

शनिबार, साउन २४, २०७७

कांग्रेस नेता प्रदिप गिरि थिंकट्यांक मानिन्छन्। युवाप्रति टिप्पणी गर्दै उनले एक कार्यक्रममा भने, ‘युवामा दूरदर्शी सोच/सपना छैन।’ उहाँसँग सहमत हुन सकिन्छ। तर नेतामा चाहिँ दूरदर्शी सपना छत? गिरिसँग जिज्ञासा गर्न मन लागेको छ, हामीलाई दूरदर्शी नेता चाएिको हो र? ५० वर्षपछि विश्व यस्तो हुन्छ भनेर कल्पना गर्ने नेतृत्व चाहिएको हो र?

हाम्रो चाहना छ, सरकारी विद्यालय र क्याम्पसमा पढाइ राम्रो भइदिए हुन्थ्यो। बाटो हिँड्दा धुलो/हिलो नभए हुन्थ्यो। थोत्रै गाडी चढेर भए पनि बर्खामासमा घरसम्म जान पाए हुन्थ्यो। पारिश्रमिक थोरै सही–स्वदेशमै रोजगारी पाए हुन्थ्यो। बारीमा फलाएका ५/७ केजी काँक्राफर्सी बेच्ने बजार पाए हुन्थ्यो। यी काम गर्न केकति दूरदृष्टि चाहिन्छ? काम गर्ने मान्छेमा ‘काम गर्ने भावना’ भए पुग्दैन र? हामीलाई दूरदर्शीभन्दा हामी बाँचेको समय हाँक्ने नेतृत्व चाहिएको छ।

दूरदर्शीको परिभाषा के होला? क्रान्तिकारी नेता भन्लान्– दूरदर्शी बन्न सशस्त्र द्वन्द्व हुनुपर्छ। शिक्षक भन्लान्– पढ्नुपर्छ। किसान भन्लान्– कृषिमा प्रविधि भित्र्याउनुपर्छ। व्यापारी भन्लान्– बजार बुझ्नुपर्छ। पत्रकार भन्लान्– विदेशले जस्तो गर्नुपर्छ। पेसापिच्छे फरकफरक धारणा छन्। तर काम गर्न दूरदृष्टि चाहिन्छ भन्नेचाहिँ मलाई लाग्दैन।

आन्दोलन गरेर, लामो समय जेल बसेर र शास्त्र पढेरमात्र यस्ता कुरा बुझिँदैनन्। देशप्रतिको माया र सम्मान हुनुपर्छ। देशप्रति माया देखाउने, सामाजिक समस्या निर्मूल गर्ने, अनियमितता गर्नेमाथि औंला ठड्याउने विभिन्न शैली हुन सक्छन्।

अघिल्लो पुस्ताले देशमा परिवर्तनका लागि जे ग¥यो, अबको पुस्ताले त्यस्तो दोहो¥याउन चाहँदैन। त्यसैले असन्तुष्टि पोख्ने प्लेटफर्म पनि बेग्लै हुन्छ/हुनुपर्छ। विरोधको ढाँचा र आयाम नयाँ हुनुपर्छ।

Metro Mart
worldlink

आन्दोलनरत ‘कोभिड–१९ नेपाल : इनफ इज इनफ’ ग्रुपलाई नै लिऔं। यो नेतृत्वविहीन समूहले उठाएको अभियान हो। अभियानसँग प्रधानमन्त्रीले सम्झौता गरेका छन्। प्रमुख प्रतिपक्षी दलका नेतालाई ऐक्यबद्धता जनाएका छन्। नागरिक समाज तथा आमबुद्धिजीवी साथ दिन बाध्य भएका छन्। यस परिदृश्यबाट नेतृत्व व्यक्तिले होइन सिद्धान्त र व्यवहारले गर्ने रहेछ भन्ने पुष्टि भएको छ।

भनिन्छ– धेरै अभ्यास गर्दा पनि लक्ष्य भेट्न सकिएन भने अभ्यासको शैली परिवर्तन गर्नुपर्छ। राजनीति र समाज परिवर्तनको आधार पनि यही हुुनुपर्छ।

हामीले प्रजातन्त्र–लोकतन्त्र–गणतन्त्र–संघीयता ल्याएकै हौं। यी पद्धति हाँक्ने चालक सही नहुँदा कतिपयले व्यवस्थामाथि औंला उठाएका छन्। काम राजनीतिक व्यवस्थाले होइन, मान्छेले गर्ने हो। त्यसले अब अभ्यास होइन, पात्र परिवर्तन गर्नुपर्छ।

नयाँ पुस्ताले गरेको कामको प्रोत्साहन नगर्नु पुरानो पुस्ताको कमजोरी हो। तसर्थ पुरानो पुस्ताले युवाको आत्मबल बुझेको छैन। साक्षात्कार गर्ने त कुरै भएन। राजनीतिका ‘ठेकेदार’ ले युवाको जोश बुझ्ने हो भने त्यस्ता व्यक्ति ‘ठेकेदार’ मा सीमित नभएर प्रिय नेता बनिसक्थे।

त्यसो त युवा पुस्ता पनि कठपुतली बन्न विवश हुन्छ बेलाबेलामा। ‘सत्ता गिराउन र विरासत कब्जा गर्न’ भने नेपाली राजनीतिले युवालाई मज्जाले प्रयोग गरिरहेको हुन्छ। यसरी प्रयोग हुनु युवाको रहर होइन बाध्यता हो।

युवामा आफ्नै देशमा बसेर केही गरौं भन्ने भावना छ। तर, सरकार र नेतृत्वसँग प्रोत्साहन दिने क्षमता छैन। युवाको प्रशंसा र अपनत्वले नै समाजमा परिवर्तन हुन्छ भन्ने नेतृत्वले खै बुझेको?

युवाले काम गर्ने वातावरण नपाएपछि के गरून्? १२ पास गरेपछि बाख्रापलन गरौं भन्दा समाजले उसैमाथि प्रश्न सोध्छ, ‘यत्रो पढेर पनि दुःखै गर्नुपर्ने भए किन पढेको त?’ काम गर्दाको इज्जत र बेरोजगारी बस्नुपर्दाको पीडा युवाले बुझेका छैनन् र?

हरेक पदको एउटा प्रमुख जिम्मेवारी हुन्छ। नेताको राजनीति गर्ने, शासकको शासन गर्ने, कर्मचारीको कार्यसम्पादन गर्ने, पत्रकारको लेख्ने, शिक्षकको पढाउने। तर यहाँ हरेकले आफ्नो जिम्मेवारी बिर्सिएका छन्।

केही उदाहरण हेरौं, आफ्ना कविताको भन्दा सत्ताधारीको कविताको गुणगान मिडियाले गाउँदा राष्ट्रकवि माधव घिमिरेलाई कस्तो लाग्यो होला? प्रधानमन्त्रीले रोग निवारण गर्ने परामर्श दिइरहँदा डाक्टर भगवान् कोइरालाले के सोच्दा हुन्? संसदको रोस्ट्रमबाट ‘खुसी फाट्यो...’ भन्ने गीत सुन्दा भजनसम्राट भक्तराज के सोच्दा हुन्?

यहाँ एउटा कथा स्मरणीय छ

खेमराज नामका एकजना व्यापारी थिए। उनी चाहन्थे छोराले व्यापार बढाओस्। तर व्यापारीको चाहना छोराले कहिल्यै सम्बोधन गरेन। ऊ जहिल्यै मोबाइल, कम्प्युटर र ट्याबमै झुमिन्थ्यो। छोरोले निकै जिद्दी गरेपछि बाबुले क्यामेरा पनि किनिदिए।

खेमराज छोराले केही गर्न नसकेको र भविष्यमा केही पनि गर्न नसक्ने गुनासो गरिरहन्थे। नभन्दै छोराले व्यापार बढाउन कत्ति पनि सहयोग गरेन। व्यापारमा घाटा लाग्यो। छोराले सहयोग नगरेकाले व्यापार घटेको निष्कर्ष उनको थियो।

उसले बावुलाई हजारौं पटक भन्यो अब व्यापारको शैली परिवर्तन गर्नुप¥यो। तर बुढाले कुरै सुन्दैनन्।

छोरो बिस्तारै प्रविधिमा आकर्षित भयो। ऊ अचेल ब्लग लेख्छ। चल्तीका विषयमा भिडियो बनाएर युट्युब अपलोड गर्छ। तर छोराको कामप्रति खेमराजले विश्वास गर्दैनन्। किनकि उनले युवा पुस्ताबाट नयाँ कुरा सिर्जना हुन्छ भनेर बुझ्नै चाहेनन्।

त्यसैले उनले मृत्यु पर्यन्त छोरालाई निकम्मा सोचिरहे। यता छोराले युट्युबकै कमाइले घर जोडिसक्दा पनि आफूले भनेको काम नगरेकाले कहिल्यै छोरालाई छोरा मानेनन्। संसार छोडेर जाँदा उनीमाथि असफल व्यापारीको ट्याग लाग्यो।

अन्त्यमा,

विरासत आफैं पाउने कुरा होइन, खोसेर लिनुपर्छ। तर युवा स्वस्थ प्रतिस्पर्धा चाहन्छन्। रिस, द्वेष होइन समृद्धिको पाठ सिकाउन चाहन्छन्। जहाँ हरेकको मनमा सकारात्मक भावना टुसाओस्। भन्न सकियोस्– यो सरकार र देश मेरो हो।

प्रकाशित: Aug 08, 2020| 07:28 शनिबार, साउन २४, २०७७
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...