शनिबार, जेठ ४, २०८२

वीरगन्जः २५ स्वास्थ्यकर्मी प्रहरी नियन्त्रणमा

खटाइएको ठाउँमा जान नमानेका वीरगन्ज महानगरपालिका अन्तर्गतका २५ स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 |  बिहीबार, साउन १५, २०७७

जियालाल साह

जियालाल साह

बिहीबार, साउन १५, २०७७

पर्सा– खटाइएको ठाउँमा जान नमानेका वीरगन्ज महानगरपालिका अन्तर्गतका २५ स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कोरोना महामारी नियन्त्रणका लागि भन्दै महानगरले नियमविपरित संघीय सरकार अन्तर्गतको अस्पतालमा खटाएको भन्दै महानगरपालिकाको कार्यालय पुगेका २५ जना स्वास्थ्यकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले स्वास्थ्यकर्मीहरुको समस्या बुझ्नका लागि प्रहरी कार्यालयमा ल्याइएको बताइन्।

वीरगन्जमा कोरोना संक्रमण समुदायमा फैलिएपछि नारायणी अस्पतालले थप स्वास्थ्यकर्मीको माग गरेको थियो।

अस्पतालको माग अनुसार महानगरका स्वास्थ्य शाखा प्रमुख अरुणकुमार महतोले निषेधाज्ञा जारी भएपछि बन्द रहेका स्वास्थ्य चौकीहरुका ३० स्वास्थ्यकर्मीहरुको सूची तयार पारी आवश्यकता अनुसार खटाउन नारायणी अस्पताललाई पठाए।

नारायणी अस्पताल पठाइएका तीनै २५ जना स्वास्थ्यकर्मीले संघीय सरकार अन्तर्गतको नारायणी अस्पतालमा खटाउँदा के कस्तो सुविधा पाउने, नियमसंगत हुने नहुने आदि बुझ्न महानगरपालिकामा गएका बेला पक्राउ परेका बताएका छन्।

हाल महानगरपापलिका अन्तर्गत १६२ जना स्वास्थ्यकर्मी छन्। महानगरका स्वास्थ्य शाखा प्रमुख अरुण कुमार महतोले भने, ‘तीमध्ये पायक पर्ने स्वास्थ्यकर्मीलाई छनोट गरी पहिलो चरणमा ३० जनालाई खटाउन लागिएको हो। बाँकीलाई आलोपालो गरी खटाउने तयारी गरिएको छ। तर, यस्तो बेला पनि स्वास्थ्यकर्मीहरुले नै समन्वय गरिदिएनन्।’

महामारीका बेला खटाएको ठाउँमा नजाने स्वास्थ्यकर्मीलाई कारवाही गरिने उनले बताए।

हाल पर्सामा ५६ जना संंक्रमित अस्पतालमा उपचाररत छन् भने, १२५ जना संक्रमित आइसोलेसन सेन्टरको अभावमा आ–आफ्नो घरमै छन् ।

प्रकाशित: Jul 30, 2020| 18:47 बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।