बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • चीनमाथि विकिपिडियाको आरोप - आक्रमणको खतरा, जग हल्लाउने प्रयास भयो

चीनमाथि विकिपिडियाको आरोप - आक्रमणको खतरा, जग हल्लाउने प्रयास भयो

इन्टरनेटको फ्रि इन्साइक्लोपेडिया वेबसाइट विकिपिडियाले चीनले 'घुसपैठ' गर्न खोजेको आरोप लगाएको छ। चीनले विकिपिडियाको जग हल्लाउने कोशिस गरेको विकिपिडियाको आरोप छ।
 |  शनिबार, असोज २, २०७८

बीबीसी

बीबीसी

शनिबार, असोज २, २०७८

बेइजिङ- इन्टरनेटको  फ्रि इन्साइक्लोपेडिया वेबसाइट विकिपिडियाले चीनले 'घुसपैठ' गर्न खोजेको आरोप लगाएको छ। चीनले विकिपिडियाको जग हल्लाउने कोशिस गरेको विकिपिडियाको आरोप छ। 

विकिपिडियाका सञ्‍चालक तथा अमेरिकी गैर-नाफामुलक संस्था विकिमिडिया फाउन्डेसनले चीनले घुसपैठ गर्न खोजेको आरोप लगाएको हो। विकिमिडिया फाउन्डेसनले बीबीसीलाई भन्‍यो, 'विकिपिडियाको जगमा खतरा पुगेको छ। यसकारण फाउन्डेसनले चीनका सात सम्पदामाथि प्रतिबन्ध लगाएको छ।' 

विकिमिडिया फाउन्डेसनले उक्त सम्पदासँग सम्बन्धित समूहलाई बदनाम गर्न खोजेको चीनको आरोप छ। यता विकिमिडिया फाउन्डेसनकी उपाध्यक्ष म्यागी डेनसले वालेटियर्सलाई पठाएको एक नोटमा भनेकी छन्, 'यस्तो अवस्था यसअघि कहिल्यै देखिएको थिएन।'

विकिमिडियाले विगत एक वर्षदेखि चिनियाँ भाषाको विकिपिडियामा भइरहेको घुसपैठको अनुसन्धान गरिरहेको जनाएको छ। तर, पछिल्लो समय देखिएको खतराले यस कुरालाई सार्वजनिक गर्न बाध्य पारेकोसमेत उनले बताएकी छन्। 

उनले फाउन्डेसन कब्जाको खतरासँग लडिरहेकोसमेत बताएकी छन्। एक समूहले विकिपिडियाको सम्पादनमा नियन्त्रण गरेको खुलेको बताएकी छन्। उक्त समूहले गलत सूचना राख्‍ने र भ्रम फैलाउनका लागि एक टीम नै बनाएको पाइएको जनाइएको छ। 

Metro Mart
worldlink

प्रकाशित: Sep 18, 2021| 20:28 शनिबार, असोज २, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।