बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाको आशंकामा अस्पतालले भर्ना नलिँदा एम्बुलेन्समै बिरामीको मृत्यु

कोरोनाको आशंकामा अस्पतालले भर्ना नलिँदा एम्बुलेन्समै बिरामीको मृत्यु

कोरोनाको आशंकामा विराटनगरका अस्पतालले भर्ना नगर्दा एक बिरामीको एम्वुलेन्समा डुलाउँदा डुलाउँदै मृत्यु भएको छ ।
 |  शुक्रबार, साउन ९, २०७७

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

शुक्रबार, साउन ९, २०७७

विराटनगर– कोरोनाको आशंकामा विराटनगरका अस्पतालले भर्ना नगर्दा एक बिरामीको एम्वुलेन्समा डुलाउँदा डुलाउँदै मृत्यु भएको छ ।

उदयपुरको कटारी नगरपालिकाबाट स १ च १२०५ नम्बरको एम्बुलेन्समा राखेर उपचारका लागि विराटनगर ल्याइएका कटारी नगरपालिका ५ का २३ वर्षिय पदमबहादुर राईको मृत्यु भएको हो ।

पदमलाई शुक्रबार दिउँसो २ बजे विराटनगरको नोबेल शिक्षण अस्पतालमा पुर्याइएको थियो । तर अस्पतालले भर्ना लिन मानेन । श्वासप्रश्वासमा समस्या रहेको जानकारी गराएपछि उपचारका लागि लैजान भनेर स्ट्रेचरमा राखिसकिएका बिरामीलाई अस्पतालले त्यत्तिकै फिर्ता पठाएको एम्बुलेन्स चालक सुवास तामाङले बताए ।

चालक तामाङले बिरामीमा कोरोना संक्रमण नभएको पुष्टि गर्ने आधार खोजिएको र त्यो आफूहरुसँग नहुँदा नोबेलले लिनै नमानेको बताए ।

नोबेलले भर्ना गर्न नमानेपछि शुक्रबार दिउँसो २ः३० बजे कोसी अस्पताल पुर्याइएको थियो । कोशीले भर्ना लिन नमानेपछि उनको कोशी अस्पतालको इमर्जेन्सी कक्षकै सामुन्ने एम्बुलन्समै मृत्यु भएको छ । बिरामी लिएर आएका श्रीमती कमला र बहिनी चमेली एम्बुलेन्समै निकै बेरसम्म बेहोस भएका थिए।

Metro Mart
worldlink

तर उनीहरुलाई समेत कोशी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले वास्ता गरेनन् । उदयपुरबाट एम्बुलेन्स लिएर आएका चालक सुवास तामाङले पौने तीन बजे बिरामी अस्पताल ल्याइपुर्याएपछि इमर्जेन्सी वार्डका स्वास्थ्यकर्मीहरुले भर्ना गर्न नमानेको बताए ।

कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बिरामी आएपछि स्वास्थ्यकर्मीले चिकित्सकलाई जानकारी गराएपछि आइसोलेसनमा स्वाव संकलन गर्ने तयारीमा रहेकै समयमा बिरामीको मृत्यु भएको बताए ।

स्वास्थ्यमा समस्या देखिएपछि पदमलाई बिहीबार कटारी अस्पतालमा भर्ना गरिएको थियो । उपचार सम्भव नहुने भन्दै कटारी अस्पतालले रेफर गरिदिएपछि विराटनगर ल्याइएको चालक तामाङले बताए ।

अस्पतालका कर्मचारी र चिकित्सकले एम्बुलेन्समा बिरामीको मृत्यु हुँदा तथा बिरामीका आफन्त बेहोस हुँदा पनि कुनै ‘रेस्पोन्स’ नगरेको चालक तामाङको गुनासो छ ।

कोशी अस्पतालकै आइसोलेसनमा रहेकी अर्का एक महिला बिरामीको पनि शुक्रबार मृत्यु भएको छ । इनरुवाबाट बिहीबार ल्याइएकी ४० बर्षिय जंगलीदेवी सरदारको कोशी अस्पतालकै आइसोलेसनमा मृत्यु भएको हो । मृतक राई र सरदार दुवैको स्वाब परीक्षण गरिने मेसु दासले बताए ।

 

प्रकाशित: Jul 24, 2020| 19:00 शुक्रबार, साउन ९, २०७७
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।