बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • संवाद
  • भ्रष्टाचार सहनै नसकेर राजीनामा घोषणा गरें : उपमेयर चौधरी (अन्तर्वार्ता)

भ्रष्टाचार सहनै नसकेर राजीनामा घोषणा गरें : उपमेयर चौधरी (अन्तर्वार्ता)

कर्मचारी, जनप्रतिनिधि र स्थानीय नेता मिलेर गरेको र शंका लागेका फाइलमा मैंले थुप्रै पटक हस्ताक्षर गरेकी छैन। त्यस्ता धेरै फाइल रोकेर राखेकी छु। यस्तो नगरौं भन्दा मान्नुहुन्न। पार्टीले सुन्दैन। कर्मचारीले टर्दैन। कहिलेसम्म नबोली बस्ने? जनतालाई कहिलेसम्म ठग्ने?
 |  बिहीबार, साउन ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ८, २०७७

उदयपुरको बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले बुधबार साँझ पदबाट राजीनामा दिने घोषणा गरिन्। अनियमितता सहन नसकेर आफ्नै पार्टी नेतृत्वको सरकारलाई धिक्कार्दै उनले राजीनामा दिने बताएकी छन्। यही विषयमा केन्द्रित भएर उपमेयर चौधरीसँग नेपाल समयका लागि मस्त केसीले गरेको टेलिफोन संवाद :

राजीनामा दिने घोषणा किन गर्नुभयो?

भ्रष्टाचार र बेथिति असाध्यै बढ्यो। नगरपालिकाभित्र भएका अनियमितता, भ्रष्टाचार र कालो कर्तुतबारे पटक–पटक कार्यपालिका बैठक र पार्टीमा समेत कुरा उठाएँ। मेयरले जवाफ दिनै चाहनुभएन। मेरो कुरै सुन्नुभएन। पार्टी पनि मौन रह्यो।

करिब डेढ वर्षदेखि लगातार भ्रष्टाचारका विषयमा कुरा उठाउँदा कतैबाट सम्बोधन भएन। आँखै अगाडि करोडौं अनियमितता भएको टुलुटुलु हेर्न सकिनँ अनि राजीनामा घोषणा गरें।

जनमत पाएर उपप्रमुखजस्तो पदमा पुगेको व्यक्ति, अनियमितता भयो भनेर छोडेर हिँड्ने कि त्यसविरुद्ध लडेर बस्ने?

Metro Mart
worldlink

कतैबाट सुनुवाइ र सम्बोधन नभएपछि के गर्ने? अनियमितता, ठेक्कापट्टामा कमिसन खाएको थाहा हुँदाहुँदै, देख्दादेख्दै त्यहाँ बसिरहँदा त जनताले मलाई पनि दोषी ठान्न सक्छन्। जति कुरा उठाए पनि जनप्रतिनिधि, कर्मचारी, पार्टी सदस्य कोही बोल्दैनन्। अनियमितताबारे बोल्दा आफ्नै पार्टीका सदस्य, नगरपालिकाका कर्मचारीले समेत सहयोग गरेनन्। तल्लोस्तरको गालीगलौज गरे। सानो कुरामा पनि सहयोग गर्न छोडे। मलाई चौतर्फी घेरामा पार्ने काम भइरहेको छ। त्यसले गर्दा एक्लै केही गर्नै नसकिने भयो।

आफ्नै पार्टीको मेयर हुँदा पनि तपाईंहरूबीच किन असमझदारी?

म अनियमितता र भ्रष्टाचार रुचाउन्नँ। ठेक्कापट्टा, कमिसन, घुसखोरीले मलाई पोल्छ।

नगरपालिकामा हाजिर नगरेरै मेयरको साथ पाएर तलब खाने कति कर्मचारी छन्। भ्रष्टचारी र तस्करलाई मेयरको संरक्षण छ। उपभोक्ता समितिमा समेत मेयर आफैं बस्नुभएको छ। यस्तो गर्न मिल्छ?

कर्मचारी, जनप्रतिनिधि र स्थानीय नेता मिलेर गरेको र शंका लागेका फाइलमा मैंले थुप्रै पटक हस्ताक्षर गरेकी छैन। त्यस्ता धेरै फाइल रोकेर राखेकी छु। यस्तो नगरौं भन्दा मान्नुहुन्न। पार्टीले सुन्दैन। कर्मचारीले टेर्दैन। कहिलेसम्म नबोली बस्ने? जनतालाई कहिलेसम्म ठग्ने?

सबै भ्रष्ट भए भन्न खोज्नुभएको हो?

हो नि। सबैभन्दा बढी भ्रष्ट कर्मचारी छन्। आफैंलाई मात्र जान्नेसुन्ने ठान्छन्। उनीहरूलाई पैसाभन्दा अरु मतलब छैन। जनप्रतिनिधि, नेता पनि त्यस्तै कर्मचारी, तस्कर, डन, गुण्डासँग मिलेर पैसा कमाउन सक्रिय छन्। सबैतिर बेथिति मात्रै छ।

स्थानीय जनप्रतिनिधि, स्थानीय नेता र पार्टी सदस्यले साथ नदिएका होलान्। केन्द्रको आफ्नै पार्टीको सरकारलाई धिक्कार्नुपर्ने कारणचाहिँ के हो ?

हेर्नुस्, भ्रष्टाचार तलदेखि माथिसम्मै छ। होइन भने मैले पार्टीमा लिखित रुपमै अनियमितताबारे समस्या राख्दा पनि किन छलफल भएन? दुई तिहाइको बलियो सरकार छ। यसले चाहेपछि के हुँदैन? पार्टीको जिल्ला तह, प्रदेश र केन्द्रका नेतालाई समेत जानकारी गराएँ। कोही मुख खोल्दैनन्।

भ्रष्टाचारमा लिप्त नभए काम किन भइरहेको छैन? हामी जनप्रतिनिधिले उठाएका माग छलफलमा किन आउँदैनन्? मैले यहाँको कर्तुतबारे तलदेखि माथिसम्मै राखें, कतैबाट पार लागेन।

अब के गर्नुहुन्छ त? लिखित राजीनामा बुझाउनुहुन्छ कि घोषणाबाट पछि फर्किनुहुन्छ?

म जनतासँग छलफलमा छु। राजीनामा दिन्छु भनेपछि बल्ल मेयर र पार्टीका साथीहरूले चित्त नबुझेका विषयमा छलफल गरौं भन्ने प्रस्ताव गर्नुभएको छ। म त्यत्तिकै भाग्नेवाला छैन। जनताबाट निर्वाचित भएर आएकी हुँ। सकभर उहाँहरूलाई निराश बनाउँदिनँ। तर मैले उठाएका एकएक विषयको छानबिन हुनुपर्छ, सम्बोधन हुनुपर्छ। नगरपालिकालाई पारदर्शी बनाउने प्रतिबद्धता जनाउनुपर्छ अनि सोचौंला।

तपाईंले उठाएका विषयमा छलफल भयो भने लिखित राजीनामा दिनुहुन्न?

छलफल हैन, सम्बोधन हुनुपर्छ। छानबिन हुनुपर्छ। कर्मचारी र जनप्रतिनिधि मिलेर कलम, किन्दादेखि करोडका गाडी, स्काभेटर, कुलो बनाउनेदेखि बाटोमा करोडौं भ्रष्टाचार गरेका छन्। मसँग प्रमाण छ। यहाँ के मा भ्रष्टाचार भएको छैन? जनताले कति प्रमाण उपलब्ध गराउनुभएको छ। प्रमाणसहित कार्यपालिका र पार्टीमा कुरा उठाउँदासमेत छलफल नभएपछि राजीनामा दिने योजनामा पुगेकी हुँ। मेरो मागमा छलफल भएन भने पद पार्टीलाई हस्तान्तरण गर्छु। जनतासँग माफी माग्छु।

प्रकाशित: Jul 23, 2020| 14:20 बिहीबार, साउन ८, २०७७
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

नेपालमा २०३५ सालसम्म मुटु रोगको समस्या थिएन। नेपालीको जीवनशैली निकै राम्रो थियो । तर, अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ।
सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

तीन तहका सरकारबीच उचित समन्वय नहुँदा सेवा प्रवाहमा अन्योल देखिएको छ। गाउँगाउँमा सिंहदरबार पुगेको व्याख्या हुँदै आए पनि सिंहदरबारको समस्या प्रदेश र स्थानीय तहमा पनि...
शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

‘समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन्। अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती अनि विचलनको अवस्थाप्रति सजग रही प्रभावकारी ढंगबाट काम गर्न...
राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

नेकपा एमालेका तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन...
राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

सबैको चाहना निर्वाचनमा जाँदाकै गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने छ। पाँच वर्ष सोही गठबन्धनले काम गर्नुपर्छ भन्ने उहाँहरूको चाहना भएकाले छिटोभन्दा छिटो पुरानै गठबन्धनले निरन्तरता पाउने...