बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारतीय प्रधानमन्त्रीले भने, अफगानिस्तानको अवस्था सामान्य नभए छिमेकी देशलाई खतरा

भारतीय प्रधानमन्त्रीले भने, अफगानिस्तानको अवस्था सामान्य नभए छिमेकी देशलाई खतरा

भारतीय प्रधानमन्त्ती नरेन्द्र मोदीले अफगानिस्तानको अवस्था सामान्य नभएमा छिमेकी देशहरुलाइृ खतरा हुनसक्ने बताएका छन्।
 |  शनिबार, असोज २, २०७८

बीबीसी

बीबीसी

शनिबार, असोज २, २०७८

नयाँदिल्ली- भारतीय प्रधानमन्त्ती नरेन्द्र मोदीले अफगानिस्तानको अवस्था सामान्य नभएमा छिमेकी देशहरुलाई खतरा हुनसक्ने बताएका छन्। ताजिकिस्तानमा जारी सांघाई सहयोग संगठनमा अफगानिस्तन मुद्दाका विषयमा सम्बनेधन गर्दै प्रधानमन्त्री मोदीले अफगानिस्तानको स्थिति सामान्य नभएमा छिमेकी देशसँगै सिंगो विश्वलाई खतरा हुनसक्ने बताएका हुन्। 

प्रधानमन्त्री मोदीले भिडियो लिंकमार्फत सांघाई सहयोग संगठनको जारी सम्मेलनमा सम्बोधन गरेका हुन्।उनले भने, 'अफगानिस्तानमा हालको घटनाक्रमको सबैभन्दा बढी प्रभाव छिमेकी देशहरुमा हुनेछ। त्यसकारण यस मुद्दामा क्षेत्रीय फोकर र सहयोगको आवश्यकता छ। यदि अफगानिस्तानमा अस्थिरता तथा कट्टरवाद जारी रहेमा यसले पूरा विश्वमा आतंकवाद र चरमपन्थ विचारधारा फैलिनेछ।'

अफगानिस्तानमा जस्तै अन्य उग्रवादी समूहहरुलाई हिंसाका माध्यमबाट सत्ता प्राप्त हुन्छ भन्ने प्रोत्साहन मिल्नेसमेत प्रधानमन्त्री मोदीले बताएका छन्। उनले थपे, 'लागूऔषध, अवैध हतियार र मानव तस्करीको अनियन्त्रित भएर अघि बढ्नेछ।' 

उनले ठूलो संख्यामा आधुनिक हतियार अफगानिस्तानमा रहेको र यस कारण पूरा क्षेत्रमा अस्थिरताको खतरा रहेकोसमेत बताएका छन्। उनले अफगानिस्तानप्रति भारतको प्रतिबद्धता जनाउँदै भने, 'हामी अफगानिस्तानसम्म खाद्य सामग्री, अत्यावश्यक औषधि पुर्याउन चाहन्छौं। हामी सबै मिलेर अफगानिस्तानमा मानवीय सहायता जारी हुने सुनिश्चिता गर्नुपर्छ।' 

यही सम्मेलनमा पाकिस्तनका प्रधानमन्त्री इमरान खानले पनि अफगानिस्तानको अस्थिरता अन्य मुलुकहरुको समस्या बन्न सक्ने बताएका छन्।

Metro Mart
worldlink

प्रकाशित: Sep 18, 2021| 06:20 शनिबार, असोज २, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।