शनिबार, जेठ ४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • राहतमा मनलाग्दी : चट्याङले मृत्यु हुनेका परिवारलाई १ लाख, रक्सी खाएर मृत्यु हुनेका परिवारलाई तीन लाख

राहतमा मनलाग्दी : चट्याङले मृत्यु हुनेका परिवारलाई १ लाख, रक्सी खाएर मृत्यु हुनेका परिवारलाई तीन लाख

प्रदेश २ सरकारले खेतमा धान रोप्दै गर्दा चट्याङ लागेर मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको छ। रक्सी खाएर मृत्यु भएका परिवारलाई भने तीनतीन लाख दिएको छ।
 |  शुक्रबार, असार १९, २०७७

जियालाल साह

जियालाल साह

शुक्रबार, असार १९, २०७७

वीरगन्ज– प्रदेश २ सरकारले खेतमा धान रोप्दै गर्दा चट्याङ लागेर मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको छ। रक्सी खाएर मृत्यु भएका परिवारलाई भने तीनतीन लाख दिएको छ।

वर्षासँगै परेको चट्याङले बिहीबार कलैया उपमहानगरपालिका–१२ शीतलपुरकी ३५ वर्षीया आशादेवी महतो, ४५ वर्षीया हलिमा खातुन, फेटा गाउँपालिका–१ की ३० वर्षीया इन्दुदेवी महतो र ४० वर्षीया सुनारपतिदेवी महतोको मृत्यु भएको थियो।

खेतमा धान रोपिरहेका बेला चट्याङ लागेर घटनास्थलमै उनीहरुको ज्यान गएको हो। भौतिक पूर्वाधार तथा यातायातमन्त्री जितेन्द्र सोनलले मृतकका परिवारलाई एक–एक लाख रुपैयाँ दिने घोषणा गरेका छन्।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको रमदैयामा मृत्यु भएका परिवारलाई गत चैत ३ मा मुख्यमन्त्री लालबाबु राउत आफैं उपस्थित भई ३/३ लाख राहत उपलब्ध गराउने घोषणा गरे।

मृतक परिवारलाई चेक प्रदान गरिसकेको मुख्यमन्त्रीका स्वकीय सचिव दीपक यादवले जानकारी दिए।

महोत्तरीको भंगहा नगरपालिका–७ को मेघनाथ गोरहन्ना र बर्दिवास नगरपालिका–१२ को अहिमान बस्तीका ११ जनाको रक्सी सेवनले मृत्युु भएको थियोे।

त्यहाँ पनि मुख्यमन्त्री राउत पुगेर ३/३ लाख रुपैयाँ दिने घोषणा गरेका थिए। विरोध भएपछि सामाजिक विकासमन्त्री नवलकिसोर साहले एक लाखदेखि बढीमा तीन लाख रुपैयाँसम्म दिएका थिए।

खेतमा काम गरिरहेका बेला मृत्यु हुनेको परिवारलाई एक लाख तर रक्सी खाएर मृत्यु हुनेको परिवारलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति दिनु न्यायोचित नरहेको भन्दै प्रदेश सरकारको आलोचना भएको छ।

 

प्रकाशित: Jul 03, 2020| 12:35 शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।