बिहीबार, असार १२, २०८२

आगलागीबाट घाइते भएकाको उपचारमा आर्थिक अभाव

खाना पकाउने सिलिन्डर चुहावटका कारण भएको आगलागीमा गम्भीर घाइते एकै परिवारका तीन जनाको उपचारमा आर्थिक अभाव भएको छ।
 |  बिहीबार, भदौ ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३१, २०७८

काठमाडौं- खाना पकाउने सिलिन्डर चुहावटका कारण भएको आगलागीमा गम्भीर घाइते एकै परिवारका तीन जनाको उपचारमा आर्थिक अभाव भएको छ। तीन दिनअघि झापाको अर्जुनधारा नगरपालिका–७ मा कनकाइ ग्यासको सिलिन्डर फेर्दा ग्यास चुहिएर भएको आगलागीमा घरमूली ४२ वर्षीय रोमनाथ खनाल, उनकी पत्नी ३८ वर्षीया दुर्गा खनाल र १८ वर्षीय छोरा पङ्कज खनाल गम्भीर घाइते छन्।

घाइतेलाई उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा भर्ना गरिएको छ। उपचारमा आर्थिक समस्या भएपछि आर्थिक सहयोग सङ्कलन गर्न समिति गठन गरिएको छ। गोविन्द खतिवडाको संयोजकत्वमा गठित १७ सदस्यीय सहयोग सङ्कलन समितिले खनाल परिवारको उपचारमा सघाउन देश विदेशमा रहेका नेपालीलाई अपिल गरेको छ। 

उपचारमा लगभग ४० लाख खर्च लाग्ने चिकित्सकले बताएको हुँदा चन्दा सङ्कलन गर्नुको विकल्प नभएको समितिका संयोजक खतिवडाले बताए। सोमबार साँझ ५ बजेतिर घरको भान्साकोठामा नयाँ सिलिन्डर फेर्दै गर्दा ग्यास चुहावट भएर आगलागी भएको र सो दुर्घटनामा परिवारका चार सदस्य घाइते भएको प्रहरीको सर्जमिन मुचुल्कामा उल्लेख छ।

इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार सो आगलागीमा खनाल परिवारको २० लाख मूल्य बराबरको भौतिक सम्पत्तिसमेत क्षति भएको छ। घाइतेमध्ये गम्भीर अवस्थामा रहेका खनाल दम्पती र छोराको शरीरका विभिन्न भाग जलेको छ भने ८५ वर्षीया आमा मङ्गलादेवी खनालको खुट्टामा आगोले पोलेको छ। 

घटनापछि खनालको घरमा ताला लागेको छ। घाइते अवस्थाकी आमा मङ्गलादेवी आफन्तको आश्रयमा बस्न थालेकी छन्। नातेदार ज्ञानप्रसाद पोखरेलले घरका सबै सदस्य घाइते भएर उपचारका लागि अस्पताल भर्ना भएपछि घरमा ताला लागेको बताए। 

उनले खनाल परिवारको आर्थिक अवस्था नाजुक भएको र उपचारमा लाग्ने खर्च बेर्होन नसक्ने बताए। उपचारका लागि नातेदारले स्थानीय अर्जुनधारा नगरपालिका, जिल्ला प्रशासन कार्यालय र कनकाइ ग्यास उद्योग गुहारिरहेका छन्। 

अर्जुनधारा नगरपालिकाले खनालको घर क्षतिग्रस्त भएको हुँदा घर पुनर्निमाणका लागि ५० हजार र उपचारका लागि एक लाख दिने भएको नातेदार पोखरेलले जानकारी दिए।

कनकाइ ग्यास उद्योगका सञ्चालक जेबी कार्कीले ग्यास सिलिन्डर दुर्घटना भएमा क्षतिपूर्ति दिनका लागि एनएलजी इन्स्योरेन्स कम्पनीसँग कम्पनीले बिमा सम्झौता गरेको हुँदा यस घटनामा पनि बिमा कम्पनीले आवश्यक पहल गर्ने बताएका छन्। उद्योगले पनि उपचारमा केही आर्थिक सहयोग गर्ने कार्कीले आश्वासन दिए।

प्रकाशित: Sep 16, 2021| 06:59 बिहीबार, भदौ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।