बिहीबार, वैशाख १८, २०८२

बेसारोपदेश

तिमीले अझै धेरै बेसार खानू। खान मन लाग्दैन भने जिउमा दल्नू। त्यो पनि मन लाग्दैन भने सिरानीमुनि राख्नू। त्यति पनि नसके भान्छामा राख्नू। त्यो पनि नसके बेसार सम्झेर, मम भन्नू। आत्मबल दह्रो हुन्छ।
 |  शनिबार, असार १३, २०७७

विनय सापकोटा

विनय सापकोटा

शनिबार, असार १३, २०७७

प्रिय खेलाडी,

तिमी बेसार खाऊ! अचम्म मान्नै पर्दैन। बेसार सर्वगुण सम्पन्न खानेकुरा हाे। एन्टिबायोटिक हो। याे तिम्रो शरीर र मस्तिष्क विकासका लागि  नभई हुँदैन। 

खेलाडीले शरीरको विशेष ख्याल गर्नुपर्ने हुन्छ।  तिमीले अझै धेरै बेसार खानू। खान मन लाग्दैन भने जिउमा दल्नू। त्यो पनि मन लाग्दैन भने सिरानीमुनि राख्नू। त्यति पनि नसके भान्छामा राख्नू। त्यो पनि नसके बेसार सम्झेर, मम भन्नू। आत्मबल दह्रो हुन्छ।

बेसारले सरुवा रोग त छेउमै पर्न दिँदैन। रुघाखोकीसँग पनि डराउनु पर्दैन। बेसार खाएर हाच्छ्युँ, गरिदिनू, आफैं उडेर जान्छन्। गफ ला‘को होइन सँच्चै उडेर जान्छन्। बस् तिमीले तातोपानी खानू, हाच्छ्युँ–साच्छ्युँ गरिदिनू।

चोट लागेर खेलबाट बाहिरिने दिन सकिए। क्रिेकट बलर, फुटबल खेलाडी, भलिबलका चोट लागेका खेलाडी हो, मेरो यो आग्रहलाई अन्यथा नलिनू। मान्नू र बेसार खानू।

Metro Mart
worldlink

तिम्रो फिजियो र डाक्टरले अन्यथा भन्न सक्छन्। विदेशीसँग मिलेर भ्रम फैलाउन खोज्लान्। उनीहरुले रिसर्च गरेको भनेर तिम्रो फिजियो र डाक्टरले जस्तै कुरा गर्लान्। तर नपत्याउनू।

बेसारले साधारण जोर्नी दुखाइदेखि डिप्रेसनसम्म ठिक गरिदिन्छ।

खेलका लागि तिमी फिट रहन जति जरुरी छ, तिम्रो फिटनेसका लागि बेसार त्यति नै चाहिन्छ।

बेसार खाएपछि शरीर नै जगमग–जगमग भएर आउँछ। भित्रैबाट इनर्जी आउँछ। जाबो २/४ वटा डल्ला फ्याँक्ने, मुंग्रो हान्ने, स्पाइकिङ गर्ने, खुट्टाले बल गुडाउने, मुक्का र लात्ती हान्ने काम त आफैं आउँछ।

तिमीलाई थाहा छ? संसारका ठुल्ठुला प्रतियागिता खेलाडीले बेसार खाएरै त जितेका हुन्।

मैले तिमीहरुलाई मात्र होइन एकपटक मेरा गाउँले लाई पनि यस्तै कथा सुनाएँ। त्यसपछिको मेरो जयजयकार भयो। बिर्सनै नसकिने पो थियो। तर एक जनाले बीचमा टोकिहाले, कुन अन्तर्राष्ट्रिय खोजकर्ताले यस्तो भने?

त्यतिबेला म मनमनै हाँसे। मलाई उनी मूर्ख लागे। भनिदिएँ, ‘मैले भनेपछि कुनै अन्तर्राष्ट्रिय खोजकर्ताको पुष्टि खोज्नु जोकोहीको पनि मूर्खता हो।’

के मेले गलत भनेँ ? भनिनँ।

मेरो यो महान स्वास्थ्य टिप्स कसैले नकार्न सक्छ?

सक्दैन ! कसैले सक्दैन !

मैले बेसार उब्जाउका अर्बौं लगानी गरेको छु। यसको चर्चा चौध लोकमै हुनुपर्छ। ब्रह्माजीदेखि चित्रगुप्तसम्म सबैले थाहा पाउनुपर्छ।
तिमीलाई यी सबै कुरा झन्झट लाग्लान्। यस्ता सबै समस्याबाट पार पाउन चाहन्छौ? उसो भए एक फाँको बेसार खाऊ। हाच्छियुँ–साच्छियुँ गर। सबै ठिक भइहाल्छ।

यसमा हाम्रा साथीहरुले थप अभ्यास गरेर डिजिटल बुटी ल्याउनुभएको छ। यसलाई ‘भाइरस रिमुभिङ कार्ड’ नाम दिइएको छ। त्यो लगाऊ। रुघाखोकीले छेउ पनि भेट्दैन।

त्यति मात्र कहाँ हो र! अब प्रतियोगितामा पुरस्कारको स्तरले पनि थप उचाइ लिनुपर्छ। स्वर्ण पदक सट्टा बेसार पदक, दुवै पहेंलो।

त्यसैले म आह्वान गर्छु आऊ, बेसार खाऊ बुद्धि बढाऊ, अध्यात्म जगाऊ। तर्क नगर।

अन्त्यमा, म तिमीलाई असाध्यै माया गर्छु। आशा छ यो पत्र तिमीले चाँडै प्राप्त गर्नेछौ। पत्र प्राप्त हुनेबित्तिकै मलाई जबाफ नलेख्नू। किनभने म तिम्रो वेदना सुन्न सक्दिनँ।

बरु मैले भनेको कुरालाई शिरोधार्य गर्नू। यो चिठीलाई मन्दिरमा राखेर पूजा गर्नू। बिहानै बेसारको सानो टिको लगाउनू। मध्याह्नमा घरबाट बाहिर निस्कँदा गोजीमा बेसार बोक्नू।

बजारमा जाँदा पनि बेसार सम्झिरहनू तर बेसारे नबन्नू। आजलाई यत्ति नै। जय बेसार !

उही तिम्रो
पीताम्बर

प्रकाशित: Jun 27, 2020| 06:40 शनिबार, असार १३, २०७७
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।