मंगलबार, वैशाख १६, २०८२
  • गृहपृष्ठ
  • प्रविधि
  • एप तथा सामाजिक सञ्जालको नियमन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

एप तथा सामाजिक सञ्जालको नियमन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

प्रतिनिधिसभाको विकास तथा प्रविधिा समितिले नेपालभित्र प्रयोग हुने एप तथा सामाजिक सञ्जालहरुको नियमन गर्न सरकारलाई निर्देशन दिएको छ।
 |  शुक्रबार, असार १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १२, २०७७

काठमाडौं- प्रतिनिधिसभाको विकास तथा प्रविधिा समितिले नेपालभित्र प्रयोग हुने एप तथा सामाजिक सञ्जालहरुको नियमन गर्न सरकारलाई निर्देशन दिएको छ।

समितिको शुक्रबार बसेको बैठकले नेपालमा प्रयोग हुने कुनै पनि एप तथा सामाजिक सञ्जलाहरुको सुरक्षा गोपनियता र उपयोगिताका हिसाबले उपयुक्त रहेको पुष्टि गरेपछि मात्रै डाउनलोड गर्न पाइने व्यवस्था गर्न सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो।

साइबर अपराध र सुरक्षाबारे सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रहरीको साइबर ब्युरो, राष्ट्रिय सूचना प्रविधि केन्द्रलगायत सरोकारवाला निकायका पदाधिकारीसँग छलफल गरी नेपालमा विभिन्न एपहरुको अनधिकृत प्रयोग भएको निष्कर्ष निकाल्दै सरकारलाई प्रविधिसँग जोडिएका विभिन्न विषयमा निर्देशन जारी गरेको हो।

त्यस्तै समितिले सरकारी वेबसाइट र सूचना प्रविधि सेवा प्रदायक कम्पनीहरुको अनिवार्य सेक्युरिटी अडिट गर्ने व्यवस्था मिलाउन तथा सरकारी डोमेन नेम निजी क्षेत्रबाट दर्ता हुँदै आएकोमा यस्तो कार्य सरकारी निकायबाट गर्ने व्यवस्थाका लागि पनि निर्देशन दिएको छ।

समितिले सरकारी पत्र, कागजात, सूचना एवम् जवानकारीहरु अनधिकृतरुपमा दुरुपयोग हुने गरेको भन्दै यस्ता विषयहरु सरकारी आधिकारिक इमेल र वेबसाइटमात्र प्रयोग हुने गरी व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ।

Metro Mart
worldlink

साथै सबै स्थानीय तहका वडा कार्यालय, स्वास्थ्य संस्था तथा माध्यामिक तहका सामुदायिक विद्यालयहरुमा द्रुत गतिको इन्टरनेट सेवा उपलब्ध गराउने कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्नसमेत निर्देशन दिएको छ।

प्रकाशित: Jun 26, 2020| 19:50 शुक्रबार, असार १२, २०७७
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।
ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।
ट्विटरको लोगो फेरियो

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।
ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।
सम्भव छ भूकम्पको सही पूर्वानुमान?

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...