काठमाडौं- नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पारित गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा पेस भएको छ। प्रस्तावमाथि मतदान प्रक्रिया पनि सुरु भएको छ।
भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्न संविधान संशोधन गर्न लागिएकाे हो।
प्रतिनिधिसभाको शनिबारको बैठकमा दफावार छलफल सकिएपछि विधेयकमाथि मत विभाजन प्रक्रिया अगाडि बढेको हो।