आइतबार, वैशाख २१, २०८२

बालिका बलात्कार गर्नेलाई १२ वर्ष कैद र ५० हजार जरिवाना

दैलेखमा १६ बर्षिया बालिकालाई बलात्कार गर्ने एक युवकलाई १२ बर्ष कैद र ५० हजार जरिवाना गरिएको छ।
 |  मंगलबार, भदौ २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २९, २०७८

सुर्खेत– दैलेखमा १६ बर्षिया बालिकालाई बलात्कार गर्ने एक युवकलाई १२ बर्ष कैद र ५० हजार जरिवाना गरिएको छ।

दैलेख जिल्ला अदालतले जवरजस्तीकरणी गर्ने दुल्लु नगरपालिका–१३ का २१ बर्षिय डम्बर भन्ने दिनेश विकलाई १२ वर्ष कैद र ५० सजाय तोकेको हो। जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासबाट युवालाई ५० हजार क्षतिपूर्ति र १८ सय रुपैंयाँ पीडित राहत कोषमा तिर्नुेपर्ने फैसला गरेको अदालतका सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिए।

विकले २०७७ असार १५ गते जंगलमा बलात्कार गरेका थिए। बलात्कारबाट युवतिले गएको चैत ५ गते छोरी जन्मे दिएकी थिएन्। बच्चा नन्मिएपछि २०७७ चैत १३ गते बालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो। जिल्ला अस्पताल दैलेखमा गरिएको स्वास्थ्य परीक्षणमा बलात्कार भएको समय र बच्चा रहेको समय मिल्ने गएको देखाएको थियो। सोही आधारमा पीडित बालिकाले पक्षले चैत १३ गते नै प्रहरीमा उजुरी गरेको थियो। 

उजुरी सम्वन्धमा प्रहरीले आरोपित बिकलाई ०७८ जेठ १५ गते पक्राउ गरेको थियो। प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकील कार्यालयले असार ६ गते दैलेख जिल्ला अदालतमा अभियोग पेश गरेकै दिन भएको विकलार्य थुनछेक बहस भएको थियो। थुनछेक बहसपछि जिल्ला न्यायाधीश लामिछानेको इजलासले पुर्पक्षका लागि काराकार पठाएको थियो। सोमबार अदालतले अन्तिम फैसला गर्दै १२ बर्ष कैद र ५० हजार जरिवाना सुनाएको हो।

यद्यपी कलात्कार कसुरबाट बच्न विकले पीडित बालिकालाई बलात्कार नभई सहमतिमा सहवास भएको भनेर बयान फेर्न लगाएका थिए। बालिकाले बयान फेरेपनि मुलुकी अपराध सहिंताको दफा २१९ को उपदफा (१) अनुसार १८ वर्ष भन्दाकम उमेर बालिकालाई मञ्जुरी लिई गरेको सहबास बलात्कार ठहरीने भएपछि अदालतले यस्तो निर्णय गरेको हो। अदालतको निर्णयसँगै पीडितबाट बन्मिएको बालिकाको समेत नाता प्रमाणित गर्ने बाटो खुलेको छ।

Metro Mart
worldlink

प्रकाशित: Sep 14, 2021| 08:50 मंगलबार, भदौ २९, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।