बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • हत्या प्रमाणित भएर पनि १० वर्षमै जेलमुक्त भएका अन्सारी, जसले भारतको आधार कार्ड बनाएर फेरि आतंक मच्चाए

हत्या प्रमाणित भएर पनि १० वर्षमै जेलमुक्त भएका अन्सारी, जसले भारतको आधार कार्ड बनाएर फेरि आतंक मच्चाए

तीनै तहको अदालतबाट जन्मकैदको सजाय पाएर आममाफी पाएका फुलहसन अन्सारी पुनः आपराधिक गतिविधिमा सक्रिय भएको अवस्थामा पक्राउ परेका छन्।
 |  सोमबार, भदौ २८, २०७८

जियालाल साह

जियालाल साह

सोमबार, भदौ २८, २०७८

पर्सा– तीनै तहको अदालतबाट जन्मकैदको सजाय पाएर आममाफी पाएका फुलहसन अन्सारी पुनः आपराधिक गतिविधिमा सक्रिय भएको अवस्थामा पक्राउ परेका छन्।

पर्सामा हत्या आरोपमा करिब ४५ प्रतिशतमात्रै कैद भुक्तान गरेका अन्सारीलाई आममाफी दिइएको थियो। तर, पुनः उनी विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको पाइएपछि पर्सा प्रहरीले पक्राउ गरेको हो।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ बस्ने अन्सारी २०७४ असोज ८ गते दसैंको अवसरमा कारागारबाट रिहा भएका थिए। कारागार व्यवस्थापन विभागको आदेशमा कैद  माफी पाएका अन्सारी जेलबाट निस्केर पुनः आपराधिक गतिविधिमा सक्रिय भई फरार भएका थिए।

२०६५ पुस ७ गते वीरगञ्ज महानगरपालिका–१३ बस्ने व्यापारी राजेश क्याललाई गोली हानी हत्या गरेको आरोपमा तीनै तहका अदालतबाट अन्सारीले सर्वश्वसहित जन्मकैदको सजाय पाएका थिए।

कैद सजायको १० वर्ष नपुग्दै माफी पाएका अन्सारीमाथि रिहा भएपछि ०७६ साउन २४ गते विर्ता बजार र २८ गते घण्टाघर तरकारी बजारमा सुतली बम पड्काएको तथा उद्योगी–व्यापारीसँग फोनमार्फत चन्दा उठाउने काममा सक्रिय रहेको आरोप लागेको छ। उनी २ वर्षदेखि फरार थिए।

Metro Mart
worldlink

उनीसँगै घटनामा संलग्न रहेको आरोपमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ बस्ने इनुस अन्सारी, जैवाद अन्सारी, सदाम अन्सारी यसअघि नै पक्राउ परिसकेका छन्। अन्सारी भने प्रहरीको आँखा छलेर भाग्दै आएका थिए।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुअ एसपी बेलबहादुर पाण्डेका अनुसार अन्सारीले आफ्नो नाम र पहिचान लुकाएर भारतमा आधार कार्ड समेत बनाएको पाइएको छ। उनले भारतको पूर्वी चम्पारण श्यामपुर गाउँको ठेगाना र अंकित पटेलको नाममा आधार कार्ड बनाएका हुन्। कार्डमा उनले बुबाको नाम भने रामबहादुर पटेल राखेका छन्।

अन्सारीले भारतमै बसेर नेपालमा आपराधिक गतिविधि गर्दै आएका थिए। वीरगञ्जका उद्योगी–व्यापारीहरुलाई धम्की दिएर चन्दा उठाउँदै आएका उनलाई पर्सा प्रहरीले सोमबार बिहान रामघडवास्थित उनकै घरबाट पक्राउ गरेको हो।

प्रकाशित: Sep 13, 2021| 16:52 सोमबार, भदौ २८, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।