बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • संखुवासभा घटना, आवेगमा आएर चिर्पट प्रहार गरी ६ जनाको हत्या गरेको हुँ : लोकबहादुर कार्की

संखुवासभा घटना, आवेगमा आएर चिर्पट प्रहार गरी ६ जनाको हत्या गरेको हुँ : लोकबहादुर कार्की

‘घटनाको दिन बिहानै तेजबहादुर कार्कीले धान गोड्नका लागि उठाएपछि एक्कासि आवेगमा आएर हत्या गरेको हुँ’, लोकबहादुर कार्कीको बयान उधृत गर्दै डीआईजी बीसीले भने।
 |  आइतबार, भदौ २७, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

आइतबार, भदौ २७, २०७८

विराटनगर– संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीसहित ६ जनाको हत्या नियोजित नभएर आवेगमा आएर गरिएको प्रहरी अनुसन्धानले देखाएको छ। 

घटनाबारे आइतबार इलाका प्रहरी कार्यालय चैनपुरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डीआईजी अरुणकुमार बीसीले अभियुक्त २६ वर्षीय लोकबहादुर कार्कीले योजना बनाएर नभई आवेगमा आई हत्या गरेको पाइएको बताए। पत्रकार सम्मेलनमा अभियुक्त लोकबहादुरलाई सार्वजनिक गरिएको छ।

मृतक तेजबहादुरले आफूलाई सधैंंभरि गाली गर्ने, पागल भन्ने, होच्याएर बोल्ने र तैंले कहिल्यै प्रगति गर्न सक्दैनस् भन्ने गरेको अभियुक्त कार्कीले प्रहरीसमक्ष बयान दिएका छन्। डीआईजी बीसीले भने, ‘अभियुक्तमा कुण्ठा बढ्दै गएर हत्यासम्म पुगेको देखियो।’ 

‘घटनाको दिन बिहानै तेजबहादुर कार्कीले धान गोड्नका लागि उठाएपछि एक्कासि आवेगमा आएर हत्या गरेको हुँ’,  लोकबहादुर कार्कीको बयान उधृत गर्दै डीआईजी बीसीले भने।

मानसिक रोगका कारण वैदेशिक रोजगारीबाट केही समयअघि घर फर्किएका कार्की बिहान ९–१० वजे मात्रै उठ्ने गरेको प्रहरीले अनुसन्धानका क्रममा पाइएको छ। ‘घटनाको दिन बिहानै तेजबहादुर कार्कीले धान गोड्नका लागि उठाएपछि एक्कासि आवेगमा आएर हत्या गरेको हुँ’,  लोकबहादुर कार्कीको बयान उधृत गर्दै डीआईजी बीसीले भने।

अभियुक्तले तेजबहादुरलाई मात्र मार्न खाजेपछि हल्लाखल्ला भएपछि परिवारका अन्य पाँच जनाको पनि हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन्। तेजबहादुरलाई चिर्पटले हानेपछि, ‘लोकेले मलाई मार्यो भनेर कराए, त्यसपछि उनकी श्रमती र बुहारी दौडेर आए’ अभिभुक्त कार्कीले प्रहरीलाई भने। घरको मूलीलाई हत्या गरेपछि श्रीमती र बुहारी विक्षिप्त बने र बुहारी अचेत भएको उनले प्रहरीलाई बयान दिएका छन्। तेजबहादुरको हत्या परिवारका सदस्यले देखेपछि सबैलाई हत्या गरेको उनले बताएको डीआईजी बीसीले बताए। 

Metro Mart
worldlink

तेजबहादुर कार्की परिवारका ६ जनाको हत्या एउटै दाउराको चिर्पटको सहयोगमा गरेको र चिर्पट खोले पकाउने अगेनामा हालेर नष्ट गरेको प्रहरीसमक्ष अभियुक्तले बताएका छन्। उनले हत्या गरेपछि बडाबाउको हत्या भएको अवस्थामा शव फेला परेको भन्दै गाउँमा खबर गरेका थिए। 

घटनापछि स्थानीयबासी एकदमै डराएर बोल्न नचाहँदा पनि समस्या भएको उनले बताए। डीआईजी बीसीले घटनालाई विभिन्न कोणबाट अनुसन्धान गरिए पनि हत्या आवेगमा भएको पाइएको बताए ।

प्रहरीले घटनाका समयमा अभियुक्त कार्कीले लगाएको कपडा, मृतकका मोबाइल बरामद गरी अनुसन्धान अघि बढाएको जनाएको छ। 

मादी १ का ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय तेजबहादुर कार्की, ५२ वर्षीया कमला कार्की, ३२ वर्षीया रञ्जना कार्की, ११ बर्षीय दिपेन कार्की र ७ वर्षीया गोमा कार्कीको हत्या गरिएको अवस्थामा सोमबार बिहान शव फेला परेको थियो । ७ जनाको परिवार बस्दै आएकामा ९० वर्षीय बौदमान कार्की मात्र सकुशल छन्।

घटनामा संलग्न लोकबहादुर कार्कीलाई प्रहरीले शनिबार विहान नियन्त्रणमा लिएको थियो ।

प्रकाशित: Sep 12, 2021| 12:28 आइतबार, भदौ २७, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।