बुधबार, वैशाख १७, २०८२

'प्रधानमन्त्रीमा ओलीको विकल्प अनिवार्य छ'

हो, उहाँको विकल्प अनिवार्य छ भन्ने कुरा हो। उहाँको उपयुक्त विकल्प खोजेर अघि बढ्नुपर्छ।
 |  बिहीबार, वैशाख १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १८, २०७७

नेकपाभित्र वर्तमान प्रधानमन्त्रीको विकल्प खोज्न थालिएपछि बुधबार बसेको पार्टी सचिवालयको बैठकमा प्रधानमन्त्री केपी ओलीले वामदेव गौतमलाई अघि सारेका छन्। के सांसदसमेत नरहेका गौतमलाई प्रधानमन्त्री बनाउने बाटो त्यति सहज छ त? यही विषयमा नेकपा वरिष्ठ नेता झलनाथ खनालसँग धिरज बस्नेतले गरेको छोटो संवाद :

हिजोको सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीले वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गर्नुभएको हो?

हो। प्रधानमन्त्रीको विकल्प नै खोजेको भए अहिलेसम्म प्रधानमन्त्री नबनेका वामदेवलाई बनाऔं भन्ने उहाँको प्रस्ताव थियो।   

अब नेकपाले त्यसैगरी प्रक्रिया अगाडि बढाउने हो त? त्यस्तो सम्भावना छ?

पार्टी एकताबद्ध भएर त्यही निर्णय गर्‍याे भने सम्भावना छ।

Metro Mart
worldlink

तर, प्रधानमन्त्रीले राजीनामाचाहिँ गर्नुपर्‍याे ?

विकल्प हुनेबित्तिकै उपयुक्त समयमा प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ। तर, पहिला वामदेवलाई निर्वाचनद्वारा संसदमा त लानुपर्‍याे नि।

जो सांसद नै छैन उसैलाई यतिबेला प्रधानमन्त्री बनाउने भन्नु त जालझेलजस्तो लाग्दैन?

यी आशंका जायज छन्। त्यसैले पार्टी एकताबद्ध भएर, निर्णय गरेर ठोस रुपमा अगाडि बढेपछि यी जालझेल सबै समाप्त हुन्छन्।

यसमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रतिक्रिया के थियो?

उहाँले खास प्रतिक्रिया जनाउनुभएन। हामी २० गते फेरि छलफल गरेर टुंगोमा पुगाैं भन्नुभएको छ।

तपाइँले चाहिँ बैठकमा के कुरा उठाउनुभएको थियो?

मैले स्थायी कमिटीको बैठक राख्ने र प्रधानमन्त्रीको राजीनामाको कुरा उठाएको थिएँ। स्थायी समितिको बैठकमा यी सबै विषयमा छलफल गरेर निर्णय गरौं भन्ने कुरा गरें।

उसो भए हिजोको बैठकमा प्रधानमन्त्रीको राजीनामा र स्थायी कमिटीको बैठक बोलाउने विषयमै छलफल भयो?

हो। यसलाई अलिक सकारात्मक तरिकाले भन्नुपर्दा वामदेवलाई प्रधानमन्त्री बनाउने र स्थायी कमिटी बैठक बोलाउने प्रस्तावमा छलफल भयो। अब २० गते थप छलफल हुन्छ।

वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने कुरा यति सहज रुपमा लिनुभएको छ तपाईंहरुले?

यो जेसुकै भए पनि अहिले यसलाई एउटा विकल्प मानौं न। जसको पक्षमा सहमति जुट्छ, त्यही विकल्पमा जाने हो।

जो भए पनि वर्तमान प्रधानमन्त्रीको विकल्प खोज्नुपर्छ भन्ने निष्कर्ष हो तपाईंको?

हो, उहाँको विकल्प अनिवार्य छ भन्ने कुरा हो। उहाँको उपयुक्त विकल्प खोजेर अघि बढ्नुपर्छ।

प्रकाशित: Apr 30, 2020| 15:25 बिहीबार, वैशाख १८, २०७७
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

नेपालमा २०३५ सालसम्म मुटु रोगको समस्या थिएन। नेपालीको जीवनशैली निकै राम्रो थियो । तर, अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ।
सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

तीन तहका सरकारबीच उचित समन्वय नहुँदा सेवा प्रवाहमा अन्योल देखिएको छ। गाउँगाउँमा सिंहदरबार पुगेको व्याख्या हुँदै आए पनि सिंहदरबारको समस्या प्रदेश र स्थानीय तहमा पनि...
शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

‘समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन्। अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती अनि विचलनको अवस्थाप्रति सजग रही प्रभावकारी ढंगबाट काम गर्न...
राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

नेकपा एमालेका तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन...
राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

सबैको चाहना निर्वाचनमा जाँदाकै गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने छ। पाँच वर्ष सोही गठबन्धनले काम गर्नुपर्छ भन्ने उहाँहरूको चाहना भएकाले छिटोभन्दा छिटो पुरानै गठबन्धनले निरन्तरता पाउने...