बिहीबार, असार ५, २०८२

ग्यासको छैन चिन्ता ! न किन्नुपर्छ, न सकिने डर (भिडियो)

भूकम्पअघि नै महालक्ष्मी नगरपालिकाका तीन वटा वडा (वडा नम्बर ८ लुभु, वडा नम्बर २ इमाडोल र वडा नम्बर ५ टिकाथली) मा प्राकृतिक ग्यास देखिएको थियो । तर, अहिलेसम्म पनि त्यहाँबाट व्यावसायिक रुपमा ग्यास उत्पादन हुन सकेको छैन ।
 |  आइतबार, वैशाख १४, २०७७

शर्मिला ठकुरी

शर्मिला ठकुरी

आइतबार, वैशाख १४, २०७७

ललितपुरको महालक्ष्मी नगरपालिका–२ का बासिन्दा खाना पकाउने ग्यासको बारेमा कुनै चिन्ता लिँदैनन् । किनकी नगरपालिकाको वडा नम्बर ८ लुभु र २ इमाडोलका बासिन्दाहरु प्राकृतिक ग्यासमा खाना पकाउँछन्।

लुभुकी रिता तामाङ भूकम्पपछि आफूहरुले प्राकृतिक ग्यासमा नै खाना बनाउन थालेको बताउँछिन् । उनले भनिन्, “भूकम्पपछि हामीले बिहान–बेलुकीको खाना बनाउने गरेका छौँ। नाकाबन्दीका बेला त करिब सय घरपरिवार यही प्राकृतिक ग्यासमा भर पर्ने गरेका थियौं ।”

प्राकृतिक रुपमै ग्यास उपलब्ध भएपछि स्थानीय मिलेर ओदान लगाएर चुलो बनाएका छन् । एक पटकमा चार परिवारको खाना पाक्ने भएकोले त्यहाँ वरपर बस्नेहरु दैनिक खाना बनाउनका लागि पालो कुरेर बस्ने गरेका छन् ।

भूकम्पअघि ग्यास बलेको ठाउँमा आएर मानिसहरु आगो ताप्ने गर्थे तर भूकम्पपछि र नाकाबन्दीमा भने ग्यासको सदुपयोग हुन थालेको हो ।

नाकाबन्दीका समयमा धेरै घरपरिवारले सो प्राकृतिक ग्यासबाट खाना बनाएको स्थानीय प्रेम मल्लले बताए। उनका अनुसार सो स्थानमा ग्यास देखिन थालेको करिब ७ वर्ष भइसक्यो। “कहिल्यै पनि ननिभ्ने आगोको ज्वाला एक झर पानीसम्म खप्ने गरेको छ । भेल नै बग्ने पानी आयो भने निभ्छ तर पानी रोकिएपछि कसैले सलाई कोरेर लगाएमा पुनः ग्यास बल्न थाल्छ,” उनले भने।

भूकम्पअघि नै महालक्ष्मी नगरपालिकाका तीन वटा वडा (वडा नम्बर ८ लुभु, वडा नम्बर २ इमाडोल र वडा नम्बर ५ टिकाथली) मा प्राकृतिक ग्यास देखिएको थियो । तर, अहिलेसम्म पनि त्यहाँबाट व्यावसायिक रुपमा ग्यास उत्पादन हुन सकेको छैन ।

तीनवटै वडामा रहेको प्राकृतिक ग्यासको उत्खनन्, प्रशोधन र बिक्रीवितरणबारे अध्ययन भइरहेको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले बताए । उनका अनुसार ५ नम्बर वडा टीकाथलीमा भने खानी तथा भूगर्भ विभागले सिल गरेको छ। बाँकी दुई स्थानमा भने स्थानीयले एलपी ग्यासको विकल्पको रुपमा काम चलाइरहेका छन् ।

“हामी तीनै स्थानमा रहेको प्राकृतिक ग्यासको अध्ययनका लागि काम गरिरहेका छौँ । एक पटक जापानी सहयोग नियोग (जाइका) र कोरियाका प्राविधिक टोलीलाई पनि देखाएका थियौँ । उनीहरुले केही अध्ययन अगाडि बढाएपछि त्यत्तिकै रोके,” मेयर श्रेष्ठले भने ।

उनका अनुसार हाल खानी तथा भूगर्भ विभागले तीनवटै वडामा रहेको प्राकृतिक ग्यासहरुको बारेमा अध्ययन गरिरहेको छ । तर विभागले सो प्राकृतिक ग्यासको उत्खनन् र रिफाइनका लागि लाग्ने लगानी ग्यास बिक्रीबाट नउठ्ने बताएको छ ।

नगरपालिकाले भने विभाग र नगरपालिकाको संयुक्त लगानीमा ती स्थानहरुको उत्खनन गरी पाइपमार्फत् स्थानीय जनताको घरमा पुर्याउनका लागि प्रस्ताव अगाडि सारेको मेयर श्रेष्ठले जानकारी दिए । कम्तीमा पनि प्रतिवडा १०० परिवारलाई पाइपमार्फत् ग्यास उपलब्ध गराउन सकिने उनको भनाइ छ।

प्रकाशित: Apr 26, 2020| 14:50 आइतबार, वैशाख १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।