बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • ५० औं पृथ्वी दिवस : यी हुन् वर्षका पर्यावरण र वन्यजन्तुसम्बन्धी पुस्तक

५० औं पृथ्वी दिवस : यी हुन् वर्षका पर्यावरण र वन्यजन्तुसम्बन्धी पुस्तक

अप्रिल २२ मा मनाउन थालिएको पृथ्वी दिवसको आज ५० औं संस्करण हो। यस वर्षको पृथ्वी दिवसको नारा जलवायु कार्य अर्थात् क्लाइमेट एक्सन छ।
 |  बुधबार, वैशाख १०, २०७७

महेश्वर आचार्य

महेश्वर आचार्य

बुधबार, वैशाख १०, २०७७

काठमाडाैं- अप्रिल २२ अर्थात् पृथ्वी दिवस। यस वर्षको नारा जलवायु कार्य (क्लाइमेट एक्सन) छ।

कोरोना संक्रमणको महामारीले औपचारिक कार्यक्रमबिना विश्वभर पृथ्वी दिवस मनाइयो। यसै सन्दर्भमा यहाँ गत वर्ष प्रकाशित वातावरण र वन्यजन्तुसम्बन्धी पुस्तकको छोटो परिचय समावेश गरिएको छ।

नेपाल अध्ययन, भू–स्वरूप र हावापानी : डा. तीर्थबहादुर श्रेष्ठ

वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठ नेपालविद् हुन्। नेपालको जैविक, पर्यावरणीय तथा सामाजिक अवस्थाका अध्येता श्रेष्ठले प्रकृति र पर्यावरण विषयमा निरन्तर कलम चलाउँदै आएका छन्। प्रस्तुत पुस्तकले नेपालबारे विस्तृत वर्णन गरेको छ।

पहिलो खण्डको शीर्षक छ– भूकडी र भूसेतु, जसमा नेपालको भौगोलिक अवस्था वर्णन छ। दोस्रो खण्डमा ‘जलवायु परिवर्तन र पहाड’ जलवायु परिवर्तनको नेपाल सन्दर्भ छ। तेस्रो खण्डमा ‘पानी’ माथिका लेख छन् भने चौथो खण्डमा नेपालका महत्त्वपूर्ण स्थानको विवेचना। अन्तिम खण्डमा भूकम्पसँग सम्बन्धित छ।
डा. श्रेष्ठका लेखले नेपालको जैविक विविधता तथा पर्यावरण बुझ्न मद्दत गर्छन् भने सरस लेखनकला अर्को विशेषता हो।

Metro Mart
worldlink

गैंडाको आत्मा : हेमन्तराज मिश्र

नेपालमा गैंडाको संख्या घट्दै गएका बेला ४० वर्षअघि चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत संरक्षणकर्मी हेमन्त मिश्रको समूहले एउटा अध्ययन गर्‍यो।

अध्ययनको निष्कर्ष थियो, संरक्षण प्रभावकारी बनाउन सकियो भने गैंडाको संख्या बढ्न सक्छ। तर चितवनले २०० भन्दा बढी गैंडा धान्न सक्दैन।

कालान्तरमा मिश्रको समूहको सो निष्कर्ष फेल खायो, चितवनका गैंडा ६०० सम्म पुगे। संरक्षण प्रभावकारी भयो। चोरी सिकारी रोकियो। नेपालको गैंडा संरक्षणको यो स्तरको सफलता विश्वकै लागि उदाहरणीय बन्यो।

गैंडाको आत्मामा मिश्रले चितवन राष्ट्रिय निकुञ्ज स्थापना गर्दाका दुःख, चितवनमा पर्यटनको पखेटा हाल्दाका गाथा, गैंडालाई बर्दिया राष्ट्रिय निकुञ्ज स्थानान्तरणको अन्तर्यलगायतका विवरण आख्यानात्मक पारामा प्रस्तुत गरेका छन्।

मिश्र र अमेरिकी लेखक जिम ओट्टावाको संयुक्त लेखनमा सन् २००८ मा प्रकाशित यस पुस्तकलाई संरक्षण कार्यमा लागेका पत्रकार पृष्ठभूमिका राजेश घिमिरेले यस वर्ष अनुवाद गरेका हुन्। पुस्तक नेपालको वन्यजन्तुमा रुचि राख्नेका लागि उपयोगी छ।

पाटेबाघ : हेमसागर बराल

नेपाली भाषामा बाघ बारेको पुस्तकको अभाव हेमसागर बरालको ‘पाटेबाघ’ ले केही हदमा पूरा गरेको छ। पुस्तकमा बाघको परिचय र विशेषता सचित्र वर्णन छ।

नेपालमा दस वर्षमा पाटेबाघको संख्या १ सय २१ बाट बढेर २ सय ३५ पुगेको छ। प्रभावकारी संरक्षण तथा चोरी सिकारीमा भएको कमीले बाघको संख्या बढेको हो।

बाघको बासस्थान तथा बाघको अहाराका रुपमा रहने अन्य वन्यजन्तुको संख्या बढ्दा पनि बाघको संख्या बढेको हो। विश्वबाट लोप हुने अवस्थामा पुगेको पाटेबाघको संख्या बढ्नु उत्साहप्रद भए पनि संख्या बढेसँगै संरक्षणको चुनौती थपिएको छ।

पुस्तकमा प्रकृतिप्रेमीलाई रुचिकर लाग्ने ढंगमा बाघ बारेका जानकारी प्रस्तुत छन्।

नेपाल्स फरेस्ट बर्डस्, देयर स्टेटस एन्ड कन्जरभेसन : क्यारोल इन्स्किप र हेमसागर बराल

नेपालको जैविक सम्पत्तिमध्ये एउटा हो, चरा। नेपालमा ८९० प्रजातिका पक्षीको अभिलेखीकरण भएको छ। ४५४ प्रजाति पक्षी वनजंलमा बस्छन्। ४२३ प्रजातिले मात्रै नेपालमा बच्चा कोरलेको भेटिएको छ।

नेपालका जंगलमा बस्ने पक्षीले फलफूल, कीरा, सरिसृप, भ्यागुता, मुसा, स–साना पक्षी खाएर जीविका निर्वाह गर्ने गरेका छन्।
तीस वर्षअघि पनि यही शीर्षकमा क्यारोलले पुस्तक लेखेकी थिइन्। यो पुस्तक सोही पुस्तकको परिमार्जित र अद्यावधिक

संस्करण हो। नेपालमा पाइने जंगली पक्षीमध्ये ४५ प्रजाति आगन्तुक छन् जो रसियाको साइबेरियालगायतको स्थानबाट जाडो छल्न आउँछन्। कोही चरा प्रजाति भने अन्त जाने सिलसिलामा नेपालमा एकदुई दिन वास बस्छन्। यसरी छोटो समय नेपालमा बस्ने चरालाई वटुवा भनिन्छ।

नेपालमा पाइने झन्डै ९३ प्रतिशत पक्षीले यहीँ नै बचेरा कोरल्छन्। त्यस्तै, नेपाल आउने धेरै पक्षी बच्चा कोरल्नकै लागि यहाँ आउने गरेका दखिएको छ।

पुस्तकमा जंगली पक्षीसम्बन्धी धेरै तथ्य र जानकारी संग्रहृत हुनुका साथै विभिन्न पक्षीका आकर्षक फोटा पनि छन्। नेपालको पर्यावरण र जैविक विविधता बुझ्ने सहयोगी पुस्तक हाे याे।

प्रकाशित: Apr 22, 2020| 20:05 बुधबार, वैशाख १०, २०७७
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।