बुधबार, वैशाख १७, २०८२

'विदेशबाट आउनेहरू कृपया हाम्रो सम्पर्कमा आइदिनुस्'

गाउँगाउँ घरघर पुग्न हामीलाई पनि सम्भव नहोला। सबै जानकारी नहोला। त्यसैले यदि विदेशबाट आउनुभएको छ भने तत्काल स्थानीय सरकारको सम्पर्कमा आउनुस्।
 |  शनिबार, चैत १५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १५, २०७६

अहिले विश्व कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लडिरहेको छ। नेपालमा पनि चार जनामा संक्रमण देखिएको छ । त्यसमध्ये एकजना संक्रमणमुक्त भइसकेका छन्। संक्रमण फेला परेका चारैजना विदेशबाट आएकाहरू हुन्। कोभिड–१९ को जोखिम कम गर्न सरकारले मुलुकभर लकडाउन (बन्दाबन्दी) गरेको छ। आम नागरिकले यतिबेला केन्द्रीय, प्रदेश र स्थानीय सरकारको चुस्तता खोजिरहेका छन्। यही सेरोफेरोमा रहेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग नेपाल समयका मस्त केसीले गरेको टेलिफोन वार्ताः

कोभिड–१९ को जोखम कम गर्न कर्णाली प्रदेशले के–के काम गरिरहेको छ?

नियमित काम सबै ठप्प छन्। अहिले हाम्रो मुख्य ध्येय नै कोरोना फैलन नदिनेमा छ। हामीसँग भएका सबै साधन स्रोत यसमै केन्द्रित गरेका छौं। कर्णाली प्रदेश प्रवेश गर्ने हरेक नाकामा स्वास्थ्य जाँचको व्यवस्था गरिएको छ। ज्वरो आएका र अन्य मिल्दोजुल्दो लक्षण देखिएकालाई क्वारेन्टाइनमा राखेका छौं। जिल्ला अस्पतालहरूको क्षमता विस्तार गरिरहेका छौं।

विदेशबाट आएका व्यक्ति गाउँगाउँ पुगिसकेका छन्। उनीहरुलाई क्वारेन्टाइनमा राख्ने र स्वास्थ्य जाँचल गर्ने काममा स्थानीय सरकारसँग सहकार्य फितलो देखिन्छ नि!

प्रत्येक स्थानीय तहसँग यो विषयमा छलफल भएको छ। कर्णालीको हकमा भारतबाट फर्किएकाहरू थुप्रै छन्। उनीहरूको स्वास्थ्य जाँच तथा क्वारेन्टाइनमा राख्ने विषयमा स्थानीय सरकार लागिपरेका छन्। थुप्रै ठाउँमा क्वारेन्टाइनको व्यवस्था पनि गरेका छौं। थुप्रै व्यक्तिलाई राखेका छौं।

Metro Mart
worldlink

खुला सीमानाका कारण केही व्यक्तिहरू जंगलै जंगल गाउँ फर्किएको पनि खबर आएको छ। सहरबाट गाउँ फर्किएकाहरु पनि थुप्रै छन्। गाउँ आएर धेरै जनाको सम्पर्कमा पुगिसकेको, भेटघाट गरिसकेको हुनसक्छ। त्यसैले यो काम वडा बाटै हुन्छ भनेर वडालाई चुस्त बनाउने, विवरण राख्ने, निगरानीमा राख्ने व्यवस्था मिलाएका छौं।

तर, पनि चेतनाको कमीले थुप्रै मानिस सम्पर्कमा आउनै चाहेका छैनन्। उहाँहरू आफ्नो लागि, परिवार, समाज देश सबैको लागि पनि सरकारको सम्पर्कमा आउनु राम्रो हुन्छ। म अनुरोध पनि गर्छु– कृपया विदेशबाट आउनु भएको जोकोही स्थानीय र प्रदेश सरकारको सम्पर्कमा आएर क्वारेन्टाइनमा बस्नुस्। स्वास्थ्य जाँच गरेर ढुक्क भएर मात्रै परिवारको सम्पर्कमा जानुस्।

सरकारी अस्पतालको स्रोत–साधनको अवस्था कस्तो छ ? स्वास्थ्यकर्मीलाई सुरक्षा सामग्री तालिम तथा निजी अस्पतालको प्रयोगबारे के भइरहेको छ?

जिल्ला अस्पताललाई ५० बेड क्षमताको आइसोलेसन बनाउन आग्रह गरेका छौं। सोअनुरुप काम पनि भइरहेको छ। अधिकांशमा तयार भइसकेको छ। क्षमताले भ्याउने अस्पतालमा टेन्टको व्यवस्था गरेर भए पनि १०० बेडको बनाउन भनेका छौं। जुम्ला अस्पताल केही दिनमै २०० बेडको बन्दैछ। सुर्खेतमा ३०० बेड तयारी अवस्थामा छ।

मुख्य समस्या हामीसँग परीक्षण गर्ने सुविधा छैन। प्रत्येकको परीक्षणका लागि नमूना काठमाडौं पठाउनुपर्छ । पुर्‍याउन र परीक्षण रिपोर्ट तयार भएर आउनमै  समस्या छ।

देशैभरको काठमाडौं जाँदा त्यहाँ पनि भीड बढेर पालो नआउने सम्भावना बढ्ला। स्वास्थ्यकर्मीलाई सुरक्षा सामग्रीको अभाव त छ नै। हामीसँग पर्याप्त जनशक्ति नै छैन। जति हुनुहुन्छ उहाँहरूलाई प्रदेश सरकारले पर्याप्त हौसला दिएर काममा खटाइरहेका छौं। सुरक्षा सामग्रीको व्यवस्थाको लागि केन्द्र सरकारसँग नियमित सम्पर्कमा छौं।

जहाँसम्म निजी अस्पतालको कुरा आयो, कर्णाली प्रदेशमा त्यस्ता ठूला निजी अस्पतालहरू छैनन्। तर, निजीमा गएका बिरामी जाँच्दैनौं भनेर फर्काउनेहरूलाई हामी कारबाहीको दायरामा ल्याउँछौं। हामीकहाँ यस्तो समस्या म देख्दिन।

स्कूल, कलेजलगायतमा कुनै सुविधाविनै क्वारेन्टाइन भनेर राखिएको छ। यस्तो अवस्थामा त संक्रमणको डर झन् बढ्ला नि!

कहीँपनि त्यसरी राखिएको छैन। हुलका हुल मानिस आउँदा अर्को व्यवस्था नहुन्जेल एकाध घण्टाको लागि राखिएको भए पनि त्यसरी राख्ने कुरै आउँदैन। हामीले हरेक क्षेत्रमा सम्पूर्ण सुविधा सहितका क्वारेन्टाइन बनाएका छौं। अझै बनाउँदै छौं। स्रोत साधनले भ्यायसम्म गरिरहेकै छौं।

अत्यावश्यक वस्तुको आपूर्ति र वितरणको अवस्था के छ?

प्रदेशलाई एक महिनाभर पुग्ने अत्यावश्यक वस्तु सञ्चित छ। त्योभन्दा बढी समय ‘लकडाउन’ गर्नुपर्ने अवस्था आयो भने सोचौंला। अहिले अत्यावश्यक वस्तुको आपूर्ति तथा ढुवानीमा समस्या छैन। आपूर्ति नियमित गराउन लागिपरेका छौं। अभाव हुन दिन्नौं।

निम्न वर्गिय परिवारको लागि केही सोच्नुभएको छ?

कर्णालीका बहुसंख्यक जनता कृषिमा निर्भर छन्। यहाँ थोरथोरै भए पनि अधिकांशको आफ्नै खेतबारी छ। अधिकांशको बसोबास गाउँमा भएको हुनाले पनि तत्कालै समस्या पर्छ जस्तो लागेको छैन। भारतको जस्तो गरिब परिचयपत्रको व्यवस्था भइदिएको भए सजिलो हुनेथियो। हाम्रो त्यो छैन।

खाद्य संकट आउने अवस्था देखियो भने स्थानीय सरकारको सिफारिसमा प्रदेश सरकारले व्यवस्थापन गर्छ। तर, कसैलाई समस्या छ भने त्यो स्थानीय सरकारसम्म पुग्नुपर्यो। प्रदेश सरकारको विपत् कोष छ। त्यसको प्रयोग गर्छौं। अहिले पनि कसैलाई समस्या छ भने वडा वा पालिकामा खबर गर्नुस्। उचित व्यवस्था सरकारले गर्छ।

प्रदेशबासी आम नागरिकलाई के आग्रह गर्नुहुन्छ?

यो आत्तिने बेला होइन। मनोबल उच्च राख्नुस्। धैर्य गरेर बस्नुस्। कोरोना नियन्त्रणको एक मात्रै उपाय सतर्कता हो। कमभन्दा कम व्यक्तिको सम्पर्कमा बस्नुस्। अलग–अलग, एक्लाएक्लै बस्नु सबैभन्दा राम्रो हो। घरबाहिर कोही नजानुस्, भेटघाट बन्द गर्नुस्। औषधि उपचार नभएको हुनाले आफैं सचेत हुनुपर्छ। केही अप्ठ्यारो, समस्या भए स्थानीय सरकार र प्रदेश सरकारको सम्पर्कमा आउनुस्। हामी जनताको लागि हरदम तयार छौं।

म फेरी आग्रह गर्छु। गाउँगाउँ घरघर पुग्न हामीलाई पनि सम्भव नहोला। सबै जानकारी नहोला। त्यसैले यदि विदेशबाट आउनुभएको छ भने तत्काल स्थानीय सरकारको सम्पर्कमा आउनुस्। आफ्नो परिवार समाज सबैको हितको लागि केही दिन क्वारेन्टाइमा बसिदिनुस्।

प्रकाशित: Mar 28, 2020| 08:56 शनिबार, चैत १५, २०७६
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

नेपालमा २०३५ सालसम्म मुटु रोगको समस्या थिएन। नेपालीको जीवनशैली निकै राम्रो थियो । तर, अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ।
सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

तीन तहका सरकारबीच उचित समन्वय नहुँदा सेवा प्रवाहमा अन्योल देखिएको छ। गाउँगाउँमा सिंहदरबार पुगेको व्याख्या हुँदै आए पनि सिंहदरबारको समस्या प्रदेश र स्थानीय तहमा पनि...
शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

‘समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन्। अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती अनि विचलनको अवस्थाप्रति सजग रही प्रभावकारी ढंगबाट काम गर्न...
राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

नेकपा एमालेका तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन...
राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

सबैको चाहना निर्वाचनमा जाँदाकै गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने छ। पाँच वर्ष सोही गठबन्धनले काम गर्नुपर्छ भन्ने उहाँहरूको चाहना भएकाले छिटोभन्दा छिटो पुरानै गठबन्धनले निरन्तरता पाउने...