सोमबार, जेठ २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • ०.७५ प्रतिशत ब्याजदर कटौती गर्ने रिजर्भ बैंक अफ इन्डियाको निर्णय

०.७५ प्रतिशत ब्याजदर कटौती गर्ने रिजर्भ बैंक अफ इन्डियाको निर्णय

ब्याजदर घटेपछि आरबीआईबाट अब अन्य बैंकहरूले सस्तोमा ऋण पाउनेछन्।
 |  शुक्रबार, चैत १४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १४, २०७६

नयाँदिल्ली– रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले कोभिड–१९ को महामारीबाट थलिएको अर्थतन्त्रलाई भरथेग गर्न ब्याजदरमा ०.७५ प्रतिशत विन्दुले कटौती गरेको छ ।

ब्याजदर घटेपछि आरबीआईबाट अब अन्य बैंकहरूले सस्तोमा ऋण पाउनेछन्। त्यसको प्रभावले बैंकहरूको कर्जा प्रवाह पनि सस्तोमा हुनेछ।

द प्रिन्ट डट आईएनका अनुसार आरबीईको यो निणयसँगै बैंकहरुले यसअघि दिएको ऋणको ब्याज पनि घट्ने छ। ब्याजदर घटेसँगै ऋणीहरुले तिर्ने मासिक किस्ता स्वतः कम पर्छ।

आरबीआईले ब्याजदर कटौती गरेपछि रिपोदर घटेर ४.४ प्रतिशतमा आएको छ। यसबाट भारतका बैंक तथा वित्तीय संस्था र माइक्रोफाइनान्सहरूसमेत लाभान्वित हुनेछन् ।

आरबीआईका गभर्नर शशीकान्त दासले शुक्रबार भिडियो सन्देशमार्फत् मौद्रिक नीतिमा केही परिवर्तन गरी राहत प्याकेजको घोषणा गरेको जनाएका छन्।

 

प्रकाशित: Mar 27, 2020| 06:38 शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।