सोमबार, जेठ २७, २०८२

‘लकडाउन’को मौका छोपेर तीन सरकारी कार्यालयमा चोरी

‘लकडाउन’को मौका छोपेर तीन सरकारी कार्यालयमा चोरी
 |  बिहीबार, चैत १३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १३, २०७६

कोरोना भाइरस नियन्त्रण गर्न सरकारले आह्वान गरेको ‘लकडाउन’ कार्यान्वयन गर्न सर्वसाधारण घरमा रहेको मौकी छोपी सप्तरीको बोदेबरसाइन नगरपालिकाका तीन सरकारी कार्यालयमा लाखौँ मूल्य बराबरको चोरी भएको छ । नगरपालिकामा रहेको वडा कार्यालय, स्वास्थ्य चौकी र अतिरिक्त हुलाक कार्यालयमा बुधबार मध्येराति लाखौँ रुपैयाँ बराबरको सरसमान चोरी भएको वडा अध्यक्ष अनोजकुमार यादवले जानकारी दिए।


कोरोना भइरसका कारण विश्वभर महामारी फैलिएकाले नेपालमा संक्रमण हुन नदिन लकडाउन गरिएका बेला नगरपालिका वडा नम्वर ३ को कार्यालय तथा कार्यालयसँगै जोडिएको स्वास्थ्य चौकी र अतिरिक्त हुलाक कार्यालयका ताल्चा फुटाएर चोरी भएको हो । कार्यालयहरुबाट राजश्वतर्फ उठाइएको रु १८ हजार रुपैयाँ, १–१ थान कम्प्युटर र पङ्खा तथा एक थान इन्टरनेट चलाउने राउटर चोरी गरेको वडा अध्यक्ष यादवले बताए।
रासस

प्रकाशित: Mar 26, 2020| 13:29 बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।