बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • एमाले फुटेको होइन, सर्पले जस्तै काँचुली फेरेको हो : विष्णु पौडेल

एमाले फुटेको होइन, सर्पले जस्तै काँचुली फेरेको हो : विष्णु पौडेल

नेकपा एमालेका उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले माधवकुमार नेपाललाई ‘सर्पको काँचुली’ को संज्ञा दिएका छन्। उनले एमाले विभाजन नभएको बताउँदै सर्पले काँचुली फेरेको जस्तै मात्रै भएको टिप्पणी गरेका छन्।
 |  बुधबार, भदौ २३, २०७८

विनोद परियार

विनोद परियार

बुधबार, भदौ २३, २०७८

बुटवल- नेकपा एमालेका उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले माधवकुमार नेपाललाई ‘सर्पको काँचुली’ को संज्ञा दिएका छन्। उनले एमाले विभाजन नभएको बताउँदै सर्पले काँचुली फेरेको जस्तै मात्रै भएको टिप्पणी गरेका छन्।

प्रेस चौतारी नेपाल रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव पौडेलले यसले एमालेलाई कुनै असर नपर्ने बताए। 

‘हाम्रो आन्दोलनमा जुन खालको प्रवृत्ति देखिएको छ, त्यो पात्रलाई पार्टीले काँचुली छोडे जस्तै गरि छाडेको मात्रै हो,’ उनले भने. उनले माधव नेपालको पार्टीलाई पानीको फोका जस्तै भएको बताएका छन्।

उनले नेकपा एकिकृत समाजवादीलाई कथित पार्टी भएको भन्दै माधव नेपाललले दाजुभाइसँग रिस उठेर आमामाथि बन्चरो प्रहार गरेको आरोप लगाए।  ‘माधव जीको पार्टी पानीको फोका हो। जस्ले देउवा र प्रचण्डसँग माग्दै हिड्नुपरेको छ। उहाँहरूले केहि दिन सक्नुहुन्न,’ उनले भने। उनले माधव नेपाललाई एक्लै चुनाव लडे जमानतसमेत जोगाउन नसक्ने चुनौति दिएका छन्।

पार्टीभित्र कुन्ठा र स्वार्थका निम्ति अध्यक्षमाथि प्रहार गरिएको उनले बताए। आगामी निर्वाचनमा एमाले फेरी ठूलो शक्ति दाबी गरे। पार्टी नेतृत्वविरुद्ध अनाधिकृत रुपमा हस्ताक्षर गर्ने इतिहासमै नभएको लज्जाजनक काम भएको उनले बताए। 

Metro Mart
worldlink

अदालतले शक्ति पृथकीकरणको सिद्धान्तलाई समेत आत्मसाथ नगरेको बताउँदै संसदको सर्वोच्चतालाई कुल्चेको पौडेलले बताए। उनले नेकपा एकीकृत समाजवादी पार्टी खोलेर इतिहासमै  लाजमर्दो काम भइरहेको बताए। ‘कम्युनिष्ट सरकार गिराएर दक्षिणपन्थी शक्तिलाई गोलबन्ध गरेर सरकार बनेको छ,’ उनले भने, ‘वामपन्थीका लागि यो क्रियाकलाप भद्धा मज्जाक भइरहेको छ।’

उनले माधव नेपालले पार्टीभित्र अराजकता र अनाधिकृत काम गरेको बताए। सरकारले अध्यादेश ल्याएर एमाले विभाजन गरेको बताउँदै पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदबाट अध्यादेश पारित गरेर देखाउन चुनौति दिए।

यस्तै उनले लुम्बिनीमा नेकपा एमाले विभाजनको कुनै छिटा नपरेको दाबी गरे। उनले भने, 'विग्रहको अपेक्षा नगरे पनि हुन्छ, लुम्बिनीको बैठकले त्यो सन्देश दिएको छ।’ लुम्बिनीमा विभाजनको कुनै पनि प्रयास सफल हनु नदिने उनले बताए। अहिले आफूहरू प्रतिपक्षी भूमिकामा भए पनि आगामी निर्वाचनमार्फत पुन: सरकारमा जाने गरि पार्टीका गतिविधि गर्ने उनले बताए।

आगामी भदौ ३० गते १२ वटै जिल्ला भेला आयोजना गर्ने, असोज मसान्तसम्म पार्टी नविकरण गर्ने, ९ सय ८३ वडाहरूमा कार्तिक ६ गते वडा अधिवेशन गर्ने, त्यसपछि पालिका स्तरको अधिवेशन गर्ने उपमहासचिव पौडेलले बताए। ‘संसदीय अंकगणितले के देखाउछ, त्यो अर्को पाटो हो, तर हामी नेपालको ठूलो दल हो, हामी राष्ट्रिय स्तरको लिड पार्टीका हौं,’ उनले भने। 

लुम्बिनीको बैठकले एमाले प्रदेश कमिटीको जिम्मेवारी तोकेको छ। नेकपा एमाले लुम्बिनीको अध्यक्षमा लिला गिरी, उपाध्यक्ष खेमबहादुर खड्का, सचिव भूमिश्वर ढकाल चयन भएको समेत पत्रकार सम्मेलनमा उनले जानकारी दिए।

प्रकाशित: Sep 08, 2021| 10:12 बुधबार, भदौ २३, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।