मंगलबार, वैशाख १६, २०८२

शुद्ध हावा प्रदान गर्ने एयरप्युरीफायर, चाहिँदैन मास्क

पछिल्लो समय विकसित भएका धेरै प्रकारका ‘ग्याजेट्स’ ले मानिसको दैनिकीलाई सहज बनाईदिएका छन्।
 |  मंगलबार, फागुन २०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २०, २०७६

एजेन्सी- पछिल्लो समय विकसित भएका धेरै प्रकारका ‘ग्याजेट्स’ ले मानिसको दैनिकीलाई सहज बनाईदिएका छन्।

दैनिक जीवनमा प्रयोग हुने ‘स्मार्टफोन’ सँग विश्व परिचित छ। यसरी चर्चामा नआएका थुप्रै डिभाइसहरुले मानिसको दैनिकी सहज बनाउने मात्र होइन स्वस्थ बनाउने कामसमेत गर्ने गरेका छन्।

त्यस्तै एउटा डिभाइस हो 'एयरप्युरीफायर'।

पछिल्लो समय विकसित भएको यो एयरप्युरिफायर (एयर ट्यामर) ठूलो आकारको, शहरको बीचमा राख्ने, ठूलो स्थान चाहिने खालको नभई घाँटीमा झुण्ड्याएर आफ्नो लागि मात्र प्रयोग गर्न सकिने खालको छ।

यो मोबाइल डिभाइसजस्तै सानो आकारको हुन्छ।

Metro Mart
worldlink

यो तपाईँसँग छ भने तपाईँलाई कुनै पनि खालको 'एन्टिपोलुशन मास्क' वा 'सेनिटाइजर' को आवश्यकता पर्दैन।

यसले आफ्नो तीन फुट वरपरसम्मको हावा सफा गर्न सक्छ।

डिजिटल व्यापारिक स्टाेर अमेजनमा दिइएको जानकारी अनुसार यो एयरप्युरीफायरले प्रदुषित कणहरुलाई आफ्नो नजिक आउन दिँदैन। जसका कारण तपाईँले लिने श्वासमा दुषित हावा आउन सक्दैन।

यो एयरप्युरीफायर सजिलोसँग चार्ज गर्न सकिन्छ।

यो विभिन्न खालका ब्याक्टेरियालाई पनि मार्न सक्षम रहेको अमेजनले जनाएको छ।

एकपटक चार्ज गरेपछि यो १५० घण्टासम्म काम गर्न सक्ने डिभाइस हो। यसको मूल्य झण्डै १४ हजार रुपैयाँ पर्छ।

कम्पनीको दाबीअनुसार यसको फिल्टर फेरिरहने झन्झट पनि हुँदैन। एउटा माइक्रो युएसबी चार्जिङ केबलबाट सहजै चार्ज गर्न सकिन्छ।

Image result for air tamer users

Image result for air tamer users

प्रकाशित: Mar 03, 2020| 12:21 मंगलबार, फागुन २०, २०७६
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।
ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।
ट्विटरको लोगो फेरियो

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।
ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।
सम्भव छ भूकम्पको सही पूर्वानुमान?

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...