बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • संवाद
  • प्रधानमन्त्रीले के भन्नुभएको हो हामी उहाँबाटै सुन्छौं : झलनाथ खनाल

प्रधानमन्त्रीले के भन्नुभएको हो हामी उहाँबाटै सुन्छौं : झलनाथ खनाल

पार्टीले गरेको निर्णय सर्वोपरि हुन्छ। त्यो प्रधानमन्त्रीका लागि पनि हुन्छ, मन्त्रीहरूका लागि पनि हुन्छ, सिंगो पार्टीका लागि हुन्छ।
 |  बिहीबार, फागुन १५, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १५, २०७६

सत्तारूढ नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि सिफारिस गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सचिवालयको उक्त निर्णय नमान्ने अडान लिएका छन्। ओली वर्तमान अर्थमन्त्री युवराज खतिवडालाई राष्ट्रियसभामा निरन्तरता दिनुपर्ने पक्षमा उभिएका छन्।

प्रधानमन्त्री ओली पार्टी सचिवालय निर्णयविरुद्ध उभिएपछि नेकपाभित्र एक किसिमको तरंग उत्पन्न भएको छ। यसै विषयमा केन्द्रित रहेर नेकपा वरिष्ठ नेता झलनाथ खनालसँग गरिएको संक्षिप्त कुराकानी :

अब कसरी अगाडि बढ्ने?

पार्टीले विवेकपूर्ण र सुझबुझपूर्ण ढंगले निर्णय गरेको छ। ती निर्णय हामी सबैले पालना गर्नुपर्छ। हामीसँग त्यसको विकल्प छैन।

Metro Mart
worldlink

प्रधानमन्त्रीले मान्दिनँ भन्नुभएको छ नि?

उहाँले भनेको कुरा मैले सुनको छैन। पत्रपत्रिका/सञ्चारमाध्यमले व्यापक बाहिर ल्याएका छन्। अब हामी बैठक बस्छौं। उहाँले के भन्न खोज्नुभएको हो, त्यो सुन्छौं।

प्रधानमन्त्रीका कुरा नसुन्ने भन्ने हुँदैन। तर पार्टीले गरेको निर्णय सर्वोपरि हुन्छ। त्यो प्रधानमन्त्रीका लागि पनि हुन्छ, मन्त्रीहरूका लागि पनि हुन्छ, सिंगो पार्टीका लागि हुन्छ। त्यसैले पार्टी निर्णयलाई सबैले सर्वोपरि रूपमा लिएर लागू गर्नुपर्छ।

उहाँले नमाने के हुन्छ ?

अहिले उहाँले मान्दिनँ भन्नुभएको छैन। त्यसैले अहिल्यै हाइपोथेसिसका आधारमा कुरा गर्नु हुँदैन। मान्नुभएन भने के गर्ने भन्ने पार्टीले जानिहाल्छ नि!

सचिवालय बैठकमा गौतमका बारेमा निर्णय गर्दा प्रधानमन्त्रीले सजिलै स्वीकार्नु भएको थियो?

बैठकमा हामी सबैका तर्फबाट वामदेव गौतम राष्ट्रियसभामा जानुपर्छ भन्ने कुरा उठ्यो। हामी सबैले वामदेव कमरेडलाई राष्ट्रियसभा लैजाऔं भन्यौं। त्यसमा सहमति भयो। प्रधानमन्त्रीको पनि सहमति भयो। सर्वसम्मत निर्णय भएको हो ।

उहाँले त सर्वसम्मत निर्णय भएको भन्नुभएको छैन नि?
कसले के भन्यो वा भनेन भन्ने कुरा निर्णायक होइन, पार्टीले कसरी निर्णय गर्‍यो भन्ने महत्त्वपूर्ण हो। पार्टी प्रवक्ताले नै सर्वसम्मत निर्णय भएको बताउनुभएको तपाईंले सुन्नुभएन र?

 

प्रकाशित: Feb 27, 2020| 13:15 बिहीबार, फागुन १५, २०७६
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

नेपालमा २०३५ सालसम्म मुटु रोगको समस्या थिएन। नेपालीको जीवनशैली निकै राम्रो थियो । तर, अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ।
सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

तीन तहका सरकारबीच उचित समन्वय नहुँदा सेवा प्रवाहमा अन्योल देखिएको छ। गाउँगाउँमा सिंहदरबार पुगेको व्याख्या हुँदै आए पनि सिंहदरबारको समस्या प्रदेश र स्थानीय तहमा पनि...
शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

‘समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन्। अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती अनि विचलनको अवस्थाप्रति सजग रही प्रभावकारी ढंगबाट काम गर्न...
राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

नेकपा एमालेका तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन...
राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

सबैको चाहना निर्वाचनमा जाँदाकै गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने छ। पाँच वर्ष सोही गठबन्धनले काम गर्नुपर्छ भन्ने उहाँहरूको चाहना भएकाले छिटोभन्दा छिटो पुरानै गठबन्धनले निरन्तरता पाउने...