मंगलबार, असार ३, २०८२

थुनुवाको मृत्युपछि विराटनगरमा प्रदर्शन

मोरङ प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि घटनाको विरोधमा सोमबार विराटनगरमा आफन्तले प्रदर्शन गरेका छन्।
 |  सोमबार, भदौ २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २१, २०७८

विराटनगर– मोरङ प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि घटनाको विरोधमा सोमबार विराटनगरमा आफन्तले प्रदर्शन गरेका छन्। 

जिल्ला प्रशासन कार्यालयअगाडि टायर बालेर उनीहरुले प्रदर्शन गरेका हुन् । गत शुक्रबार तीन किलो चार सय ८० ग्राम गाँजासहित पक्राउ परेका विराटनगर महानगरपालिका–११ का ३९ वर्षीय भीम कामतको आइतबार मृत्यु भएको थियो । लागुऔषध मुद्दामा म्याद थप गर्न अदालतमा लैजाने तयारी हुँदै गर्दा अचानक बेहोस भएर ढलेका कामतको उपचारका क्रममा कोसी अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ । 

मृत्यु शंकास्पद रहेको र प्रहरीको यातनाका कारण भएको भन्दै आफन्त र स्थानीय बासिन्दा प्रदर्शनमा उत्रिएका हुन् । मृतककी भाउजू मीनादेवी कामतले प्रहरीको यातनाका कारण भीमको मृत्यु भएको दाबी गरिन् । 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले भने शवको पोस्टमार्टम रिपोर्ट प्राप्त भइसकेपछि घटनाका बारेमा यकिन हुने बताए । हिरासतभित्रै अस्वभाविक व्यवहार देखाउन थालेपछि भीमको हात र खुट्टामा हत्कडी लगाउनुपर्ने अवस्था आएको श्रेष्ठले बताए । 

मृतकको खुट्टामा गम्भीर चोट रहेको भन्दै आफन्त प्रदर्शनमा उत्रिएपछि अवस्था तनावपूर्ण बनेको थियो । उनीहरुले मृतकको शव पनि बुझ्न मानिरहेका छैनन् । 

घटनाको छानबिन गर्नका लागि मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सीनाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाइएको छ । सहायक प्रजिअ नेतृत्वको समितिमा प्रहरी अधिकारी र जनप्रतिनिधि पनि छन् ।

प्रकाशित: Sep 06, 2021| 16:58 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।