मंगलबार, वैशाख १६, २०८२

भारत : आन्ध्र प्रदेशमा रोबोट पुलिस नियुक्त

साइबर अपराधविरुद्ध लड्न भारतको आन्ध्र प्रदेश प्रहरीले पहिलो पटक रोबोट (साइबर सेक्युरिटी इन्टरएक्टिभ रोबोटिक एजेन्ट) साइबिरा परिचालन गरेको छ।
 |  बुधबार, मंसिर ४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ४, २०७६

काठमाडौं- साइबर अपराधविरुद्ध लड्न भारतको आन्ध्र प्रदेश प्रहरीले पहिलो पटक रोबोट (साइबर सेक्युरिटी इन्टरएक्टिभ रोबोटिक एजेन्ट) साइबिरा परिचालन गरेको छ।

यो रोबोटले उजुरी दर्ता गर्ने तथा यस्ता मुद्दामा प्रहरीलाई तत्काल समाधानका लाग सहयोग गर्नेछ।

रोबोट निर्माता कम्पनीका एक सदस्यका अनुसार आन्ध्र प्रदेशमा पहिलो पटक यस्तो रोबोट प्रहरी परिचालन गर्न लागिएको हो। यो रोबोटले प्रहरीको कामलाई सजिलो बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

चौकीमा कार्यरत प्रहरी निकै तनाब र दबाबमा हुने भएकाले रोबोटले ती कामहरु सहज छिटो बनाइदिने प्रहरीको दाबी छ।

रोबोट निर्माण कम्पनीका एक सदस्यका अनुसार यसले कुनै पनि तत्काल हेर्नुपर्ने मुद्दालाई प्रहरीले हेर्न सकिरहेको छैन भने रोबोटले २४ घण्टामा प्रहरी प्रमुख र मुख्यमन्त्रीलाई पठाइदिने छ।

Metro Mart
worldlink

समस्या समाधान लागि रोबोटमा १३८ प्रकारका एप्लिकेशन इन्स्टल गरिएको छ। यसमा १३ वटा क्यामेर राखिएको छ। जसले ३६० डिग्री मा २४ घण्टा र सातै दिन काम गर्नेछ।

साथै विभिन्न एप्लिकेशन राखिएको यो रोबोटले आफ्नो नजिकबाट कुनै अपराधी हिँडेमा उसले यसको म्यासेज कन्ट्रोल रुपमा पठाउनेछ।

रोबोटले प्रहरी कार्यालयमा आउने मुद्दाहरुमा मौखिम मुद्दा पनि दर्ता गर्न सक्नेछ। कतिपय पीडितहरु आफ्नो मुद्दा दर्ता गर्न नसक्ने अवस्थामा भएकाले उसको अगाडि गएर बोलेमा उसले मुद्दा दर्ता गर्नेछ।

प्रकाशित: Nov 20, 2019| 09:49 बुधबार, मंसिर ४, २०७६
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।
ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।
ट्विटरको लोगो फेरियो

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।
ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।
सम्भव छ भूकम्पको सही पूर्वानुमान?

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...