आइतबार, वैशाख २१, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • मन्त्रीमाथि बलात्कार आरोपको घटना : पीडित भनिएकी महिला भन्छिन्- मेरो इज्जतमा राजनीति घुसाइयो

मन्त्रीमाथि बलात्कार आरोपको घटना : पीडित भनिएकी महिला भन्छिन्- मेरो इज्जतमा राजनीति घुसाइयो

‘हिजो अनेरास्ववियू र युवा संघले आन्दोलन गरे रे। केका लागि आन्दोलन गरे?’ उनले भनिन्, ‘मलाई एक पटक पनि फोन नगरेर मेरो इज्जतमा राजनीति छिराइरहेका छन्।’
 |  सोमबार, भदौ १४, २०७८

देव राना

देव राना

सोमबार, भदौ १४, २०७८

सुर्खेत- कर्णाली प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीमाथि लागेको बलात्कार आरोपको घटना पीडित भनिएकी महिलाले आफू बलात्कृत नभएको बताएकी छन्। सोमबार सुर्खेतमा पत्रकार सम्मेलन गरी आफ्नो चरित्रहत्या गरिएको बताएकी हुन्। 

‘म बलात्कृत भएकै छैन, मलाई अन्याए भएको पनि छैन,’ पीडित भनिएकी ती महिलाले भनिन्, ‘म शिक्षित महिला हो। अन्याय भएको भए अदालत जान्थेँ, न्यायालयको ढोका ढक्ढक्याउन सक्थेँ।’

बरु राजनीतिक पूर्वाग्रहका कारण अनेरास्ववियू र युवासंघले मन्त्रीको राजीनामा मागेको ती महिलाको भनाइ छ। आइतबार नेकपा एमालेको भातृसंस्था युवा संघ र अनेरास्ववियूले बलात्कार आरोपित मन्त्रीको राजीनामा माग गर्दै विरोध र्‍याली, मुख्यमन्त्री कार्यालय घेराउ र मुख्यमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका थिए।

‘हिजो अनेरास्ववियू र युवा संघले आन्दोलन गरे रे। केका लागि आन्दोलन गरे?’ उनले प्रश्न गरिन्, ‘मलाई एक पटक पनि फोन नगरेर मेरो इज्जतमा राजनीति घुसाइरहेका छन्।’ बरु सामाजिक सञ्जाल प्रयोगकर्ता र केही सञ्चारकर्मीहरुले आफूलाई जबरजस्ती बलात्कृत गराउन खोजेको आरोप लगाइन्।

'राजनीतिक फाइदाका लागि केही व्यक्तिले चरित्रहत्या गरिरहेका छन्,' उनले भनिन्। चरित्रहत्या गर्ने उद्देश्यले बलात्कार आरोपको घटनालाई अतिरञ्जित गरिएकाले आफूलाई बाँच्ने वातावरण बनाई दिन आग्रह गरिन्। यसअघि सार्वजनिक गरिएको भनिएको भिडियो फेक भएको उनको भनाइ छ। 

Metro Mart
worldlink

पीडित भनिएकी महिलाका श्रीमानले समेत बलात्कारको आरोपमा सत्यता नभएको बताए। ‘उसको (श्रीमती) र मन्त्रीको सम्बन्ध बाउछोरीको जस्तो हो,’ उनले भने, ‘बलात्कार जस्तो घटना हुनै सक्दैन।’ 

राजनीतिक पूर्वाग्रहका कारण आफूहरुको अनुमति नै नलिई हुँदै नभएको घटनालाई अतिरञ्जित गरिएको उनको भनाइ छ। मन्त्री/सांसद हुँदा सम्बन्धमा दरार आउँदा फरक राजनीति पार्टीका व्यक्तिले त्यसलाई गलत ढंगल प्रयोग गरेको उनको तर्क छ। 

प्रकाशित: Aug 30, 2021| 18:40 सोमबार, भदौ १४, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।