सोमबार, वैशाख २२, २०८२

अध्यक्षकी श्रीमतीलाई शिक्षक नियुक्त गर्न अरूमाथि जालझेल

दैलेखको चामुण्डावीन्द्रासैनी नगरपालिका २ को एक विद्यालयले राहत कोटामा नाम निकालेका शिक्षकलाई नियुक्ति नदिएर अल्झाएको छ।
 |  आइतबार, भदौ १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १३, २०७८

दैलेख- दैलेखको चामुण्डावीन्द्रासैनी नगरपालिका २ को एक विद्यालयले राहत कोटामा नाम निकालेका शिक्षकलाई नियुक्ति नदिएर अल्झाएको छ। बाँसठानामा रहेको भैरव माध्यमिक विद्यालयमा आफ्नी श्रीमतीलाई जागिर खुवाउन विद्यालय व्यवस्थापन समिति अध्यक्ष रवीन्द्रकुमार कँडेलले जालझेल गरेका हुन्।

५ चैत २०७७ मा विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार सोही १० गते एक जना प्रावि राहत शिक्षकका लागि विज्ञापन आह्वान भएपछि १६ जनाको दरखास्त परेको थियो। दरखास्त दिएकामध्ये बाँकी १२ जना लिस्टबाट बाहिरिए । खगेन्द्र अधिकारी ८औँ नम्बरमा र अन्य तीनजना २३, ३४, र ३६ औँ नम्बरमा परे । 

८औँ नम्बरमा रहेका अधिकारीलाई नियुक्ति नदिएर विद्यालयले अल्झाएको छ। ‘मलाई नियुक्ति दिन छाडेर विद्यालय व्यवस्थापन समितिका पदाधिकारीका आफन्तका लागि पद छोड्न भनियो,’ अधिकारीले भने ।

अध्यक्षकी श्रीमती बाल शिक्षा अध्यापन गराइरहेकी छन् । उनलाई नै नियुक्त गर्न खोजिएको आरोप छ । प्रधानाध्यापक कृष्णप्रसाद कँडेलले पनि अधिकारीलाई शिक्षकमा नियुक्त गर्न अध्यक्षले नमानेको स्वीकार गरे । ‘अधिकारी शिक्षकमा नियुक्त हुन योग्य हुनुहुन्छ भनेर अध्यक्षज्यूलाई पटक–पटक भनेको छु, तर उहाँले मान्नु भएन,’ कँडेलले भने ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष रवीन्द्रले यसबारे प्रधानाध्यापकसँग छलफल गरेर निर्णय गर्ने बताए । 

Metro Mart
worldlink

 

प्रकाशित: Aug 29, 2021| 09:00 आइतबार, भदौ १३, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।