सोमबार, जेठ २५, २०८३
सोमबार, जेठ २५, २०८३

प्रदेश लोकसेवा आयोगको अध्यक्षमा यादव सिफारिस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – प्रदेश २ सरकारले लोकसेवा आयोगको गठन प्रक्रिया सुरु गरेको छ। अध्यक्ष सिफारिस भएसँगै प्रदेश लोकसेवा आयोग गठनको प्रक्रिया सुरु भएको हो।

प्रदेश लोकसेवा आयोगमा डा.सुरेन्द्रप्रसाद यादव सिफारिस भएका छन्। मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा रहेको तीन सदस्यीय सिफारिस समितिले डा. यादवको नाम प्रदेश लोकसेवा आयोगको अध्यक्षमा सिफारिस गरेको हो। अध्यक्षमा सिफारिस भएका यादव सिरहा निवासी हुन्।

समितिमा सभामुख सरोजकुमार यादव र प्रमुख प्रतिपक्षी दलका नेता सत्यनारायण मण्डल सदस्य छन्। यादव २९ वर्षदेखि सिरहा क्याम्पसमा अंग्रेजी विषय प्राध्यापन गराउँदै आइरहेका छन्। साथै उनी नेपाल पत्रकार महासंघ सिरहा शाखाका सदस्यसमेत छन्।

प्रदेश लोकसेवा आयोग अध्यक्षसहित तीन सदस्यीय हुने व्यवस्था छ। आयोगका दुईजना सदस्य अब बस्ने मन्त्रिपरिषद् बैठकले तोक्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

लोकसेवा आयोगले पूर्णता पाएसँगै प्रदेश कर्मचारी भर्नाका लागि विज्ञान निकाल्ने प्रदेश सरकारको तयारी छ। स्रोतका अनुसार आगामी असोज महिनामा विभित्र पदमा कर्मचारी भर्ना गर्न सरकारले विज्ञापन आव्हान गर्ने तयारी गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।