बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • लुम्बिनीमा ठाउँ-ठाउँमा डुबान, रुपन्देहीको देवदह घोडा पुल भासिँदा राजमार्ग अवरुद्ध

लुम्बिनीमा ठाउँ-ठाउँमा डुबान, रुपन्देहीको देवदह घोडा पुल भासिँदा राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका तराईका जिल्लाहरू डुबानमा परेका छन् भने पहाडी क्षेत्रका सडकहरू पहिरोले अवरुद्ध भएका छन्। अविरल वर्षाका कारण रुपन्देही, कपिलवस्तु र नवलपरासी, दाङ बाँके र बर्दिया क्षेत्रका विभिन्न ठाउँ डुबानमा परेका छन्।
 |  शुक्रबार, भदौ ११, २०७८

विनोद परियार

विनोद परियार

शुक्रबार, भदौ ११, २०७८

बुटवल- अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका तराईका जिल्लाहरू डुबानमा परेका छन् भने पहाडी क्षेत्रका सडकहरू पहिरोले अवरुद्ध भएका छन्। अविरल वर्षाका कारण रुपन्देही, कपिलवस्तु  र नवलपरासी, दाङ बाँके र बर्दिया क्षेत्रका विभिन्न ठाउँ डुबानमा परेका छन्।  

वर्षाका कारण ठाउँ-ठाउँमा डुबान हुनुका साथै पूर्वपश्चिम राजमार्गको बुटवल–नारायणगढ खण्ड अवरुद्व भएको छ। रुपन्देहीको देवदहस्थित घोडाहा खोला पुल बाढीका कारण भासिँएको छ। वैकल्पिक व्यवस्था नभएसम्म यातायात सुचारु हुन नसक्ने देवदह प्रहरी चौकीका ईन्चार्ज प्रहरी निरीक्षक गंगाबहादुर सारुले बताए। प्रहरीले भासिँएको पुलबाट सवारी साधन आवागमनमा रोक लगाएको छ।

वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको २३ स्मृति नजिक बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधुसुदन सिंहका अनुसार बिहीबार राति करिब ९ बजेको समयमा डाइभर्सन बाढीले बगाएको थियो। 



निरन्तर पानी परिरहेको र डाइभर्सनमा पूर्णरूपमा क्षति पुगेकाले तत्काल मर्मत गरी सञ्चालन गर्न कठिन रहेको सूचना अधिकारी सिंहले बताए।

Metro Mart
worldlink

यस्तै गैँडाकोट, थुम्सी, भेडाबारीलगायतका स्थानमा रहेका डाइभर्सनबाट समेत यातायात सञ्चालनमा कठिनाइ रहेको छ। बाढीका कारण अन्य डाइभर्सनबाट समेत ‘ओभरफ्लो’ भएकाले सवारी साधन सञ्चालनमा कठिनाइ रहेको छ।  रुपन्देही तिलोत्तमाको शान्तिनगर, सैनामैनाको ढवाहा क्षेत्र, मर्चवार, भैरहवा, परासी बजारलगायत ठाउँ डुवानमा परेका छन्। 



त्यस्तै निरन्तरको वर्षाका कारण तीनाउ, दानव, रोहिणी तटिय क्षेत्रमा जोखिम बढेको छ। वर्षातका कारण तीनाउ नदीमा बाढी आएको छ। त्यस्तै कपिलवस्तुको वाणगंगा नदी आसपासको क्षेत्रपनि जोखिममा परेको छ, भने नवलपरासीका परासीबजारसहितका ठाउँ डुबानमा परेका छन्।

अर्घाखाँचीको सदरमुकाम जोड्ने गोरुसिंगे–सन्धिखर्क सडक पनि पहिरो खसेका कारण अबरुद्व भएको लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलका सूचना अधिकारी डिल्ली नारायण पाण्डेयले बताए। यस्तै  पाल्पा रम्भा गाउँपालिका- ३ सितापहाड स्थित सिद्धार्थ राजमार्ग सडक खण्डमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। 



यस्तै बर्दिया बासगढी नगरपालिका- १ बबईस्थित (कोहलपुर–सुर्खेत) रत्नराजमार्ग सडक खण्डमा पनि पहिरोले बन्द भएको छ। गुल्मी रुरु गाउँपालिका-२ पोखरी बगरस्थित (रिडी-रुद्र बेनी) सडक खण्डमा बन्द भएको छ।



प्रकाशित: Aug 27, 2021| 09:51 शुक्रबार, भदौ ११, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।