आइतबार, वैशाख २१, २०८२

जुम्लाका ४ युवा एक महिनादेखि बेपत्ता

जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार तातोपानी गाउँपालिका–७ सुर्कीगाउँका १६ वर्षीया पदमबहादुर रावत, १६ वर्षकै मुनबहादुर रावत, १७ वर्षीय तुल रावत र १७ बर्षकै कालीबहादुर रावत एक महिनादेखि बेपत्ता भएका हुन्।
 |  शुक्रबार, भदौ ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ११, २०७८

Metro Mart
worldlink

सुर्खेत- जुम्लामा चार जना युवा एक महिनादेखि सम्पर्क बिहीन भएका छन्। जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार तातोपानी गाउँपालिका–७ सुर्कीगाउँका १६ वर्षीया पदमबहादुर रावत, १६ वर्षकै मुनबहादुर रावत, १७ वर्षीय तुल रावत र १७ बर्षकै कालीबहादुर रावत एक महिनादेखि बेपत्ता भएका हुन्।

‘साउत १ गतेदेखि घरपरीवारको सम्पर्कमा आएका छैनन् भन्ने जानकारी आएको छ,’ जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया प्रसाईले भनिन्, ‘सुरुमा कालापहाड (भारत) गए भनेर खोजखबर गरेनछन्, महिनादिनसम्म सम्पर्कमा नआएपछि बेचिएको आशंका लागेर बिहीबार प्रशासनलाई जानकारी गराए।’ उनीहरू यसअघि भारत गएका छैनन्।

यो सिजनमा जुम्लाका अधिकांश स्थानीय भारतको हिमाञ्चल क्षेत्रमा कामको खोजिका लागि जाने गर्छन्। हिमाञ्चलमा रहेका जुम्लाका स्थानीयहरूले युवाहरू त्यहाँ नआएको खबर गरेपछि परीवारले बेचिएको आशंका गरेका हुन्। सम्पर्क बिहीन चारैजना सुर्कीगाउँको दुर्गा माध्यमिक विद्यालय मधुमा कक्षा ८ र ९ मा अध्ययनरत विद्यार्थी हुन्।

प्रकाशित: Aug 27, 2021| 07:34 शुक्रबार, भदौ ११, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।