बुधबार, वैशाख १७, २०८२

बाबुराम भट्टराईको नातिमोह प्रदर्शन किन अनुचित छ?

बाबुराम–प्रचण्डहरुलाई छुट छैन– आफ्नो घरभित्र बढ्दै गएको उज्यालोप्रति भावविभोर भएका प्रमाण देखाइरहन। जजसको घरको उज्यालो उतिबेला निभाउन पुगे, उनको मनमा त्यसले विष पैदा गराउने स्थिति ज्यूँका त्यूँ रहुन्जेलसम्म। मनमा पैदा भएको विष सीसाभित्रको विषभन्दा घातक हुन्छ।
 |  बिहीबार, भदौ १०, २०७८

अञ्जली सुवेदी

अञ्जली सुवेदी

बिहीबार, भदौ १०, २०७८

केही आनन्दहरू छाती फुलाएर बाहिर देखाउन मिल्दैन। ‘अवैध प्रेम', चोरेर खाएको मिष्ठान्न, बर्जित ठाउँका तस्बिरहरू आदि। ती आनन्दका वेग जति नै उत्ताउला भए पनि मनले थाम्नुपर्ने हुन्छ। साथमा वैध ‘पार्टनर’ हुँदाहुँदै अन्त कतै मायामोहमा फसेका फसाद जोडीहरू, अर्काको घर जाँदा लुसुक्क भान्सामा मुख चोपल्ने चोरहरू, प्रशासनको आँखा छलेर गुप्त इलाकाको सौन्दर्य कैद गरेका फोटोग्राफरहरूले कुरोको चुरो सजिलै बुझे होलान्। सूचीमा थप्न सकिने अनेक रोमाञ्चक परिस्थिति अरू पनि पक्कै छन्।

थोरै गम्भीर कुरामा जाऔं। 

आपत् पर्‍यो। मैले साथीसँग हारगुहार गरेर सापटी मागें। साथीले हार्नै नसकेर दिई। भाग्यले साथ दियो, मेरो स्थिति बलियो हुँदै आयो। पछिल्लो आइफोन, गाडी, फ्ल्याट के मात्रै चाहिएन अब मलाई? तर साथीलाई पैसा फिर्ता दिने कुरा सोच्छु, ज्वरो आउँछ। उल्टै मेरो सुखसयल देखेर अरू पनि मागी भने! भनौं, एक लुच्चो मनको दास भएँ म।

अब त्यो साथीलाई त्यति बेलासम्म पीडा हुँदैन जबसम्म उसलाई यो थाहा हुन्न कि मेरो स्थिति बदलिइसकेको छ र म भयंकर ऐसआराममा छु। भलै उसलाई पैसाको जरुरत होस्, उसले मनमा त्यति विष भर्दिन यदि मेरो अवस्था नाजुक रहेको उसको ठहर छ भने। यता म त परें ठग। 

यसरी मैले पैसा फिर्ता गर्न पनि नसक्ने तर सुखसुविधा पनि छोड्न नसक्ने हो भने कम्तीमा एउटा काम गर्नुपर्छ, मानवीयताका हिसाबले। मैले उसको आँखा छलेर आफ्ना रहर पूरा गर्नुपर्छ। ऊबाट टाढा जाने। सकिन्छ देशै छोड्ने। कसरी हुन्छ, आफ्ना नवीन लोभलालचबारे उसलाई सुइँको नदिने। अरूले कुरा लगाइदिए भने अर्कै कुरा, आफ्नो बखान आफैं किमार्थ नगर्ने। 

Metro Mart
worldlink

डा. बाबुराम भट्टराई, पुष्पकमल दाहलहरूलाई चिनाइरहन परेन। उनीहरु नेपाली इतिहासका यस्ता चट्टानी कालखण्ड हुन्, चाहेर पनि कैयौंले भुल्नै सक्दैनन्। उनीहरूलाई हेर्ने–बुझ्ने फरकफरक आँखा छन्। यद्यपि केही कुरा भने स्थापित मान्नुपर्छ। 

सर्वहारा वर्गका नेता भनेर चिनिने हर्कत कम र नवधनाढ्य ‘जेस्चर’हरू बढी देखिँदै गएपछि उनीहरूको नैतिक मूल्यमा गिरावट आयो। आफैंले नेतृत्व गरेका भाइबहिनीले उनीहरूलाई नरुचाउनु, उनीहरूबाट धेरै आस नगर्नु, बेकार त्यत्रो वर्ष जनयुद्धमा लागिएछ– यिनको नियत त खै खै आदि उद्घोष गर्नुले यी नेताहरूको र जनयुद्धप्रतिको खिन्नता दर्शाउँछ।

उदाउँदाताका ती आमनेताभन्दा अलि फरक मानिन्थे। समयसँगै दुवैले आफ्नो चमक गुमाउँदै गए। सर्वहारा वर्गका नेता भनेर चिनिने हर्कत कम र नवधनाढ्य ‘जेस्चर’हरू बढी देखिँदै गएपछि उनीहरूको नैतिक मूल्यमा गिरावट आयो। आफैंले नेतृत्व गरेका भाइबहिनीले उनीहरूलाई नरुचाउनु, उनीहरूबाट धेरै आस नगर्नु, बेकार त्यत्रो वर्ष जनयुद्धमा लागिएछ– यिनको नियत त खै खै आदि उद्घोष गर्नुले यी नेताहरूको र जनयुद्धप्रतिको खिन्नता दर्शाउँछ।

दस वर्ष घनघोर युद्धको आगोभित्र सेकियो देश, बर्बाद भए कैयौं जीवनहरू। अस्ति भर्खरै अफगानिस्तानमा तालिबानको पुनरागमन आदि देख्दा सिरिङ्ग भएको हाम्रो मन उतिबेला कसरी थान्कोमा बस्यो होला? देशमै त्यति लामो समयसम्म डरलाग्दो गृहयुद्ध भोगेका हामी। रेडियोले बिहानबेलुकै गनेर सुनाउने गरेका लासका लस्कर। अत्यन्तै क्रूर ढंगले मारिएका नेपाली दिदीबहिनी, दाजुभाइ। एकअर्काका रगतका प्यासी राज्यसत्ता र विद्रोही। सम्झौं त, कति आयातनको थियो त्यो मूल्य?

अन्यले त फेरि केही टाढै बसी ती समय हेर्न सक्लान्। बेलाबेला झल्याँस्स मात्रै सम्झिएलान्। तर ती परिवारहरू जसले हुर्कंदै गरेका छोराछोरी, नातिनातिना फकाएर, तर्साएर, उठाएर घरैबाट लगेका ती पदचाप कसरी बिर्सने? ती केटाकेटीले कसरी बिर्सिने आफ्नै आँखाअगाडि जबरजस्ती खोसिएका बाबुआमाका काख? बलात्कृत, अंगभंग भएका, अनि हालसम्म पनि बेपत्ता सूचीमा मात्रै अटाएका कैयौं छन्। सम्बन्धित परिवारका निजी प्यारा संसार जनयुद्ध भन्ने हुरीले क्षणभरमा नर्क बनाइदियो। कैयौंको हकमा खुसी फेरि नफर्किने बाचा गरेर गयो। 

केही वर्षअघि गंगामायालाई वीर अस्पतालमा भेटिरहँदा, जुन उनको पुस्तक सार्वजनिक भएपछि जुरेको मौका थियो, म खङ्ग्रङ्गै भएँ। पुस्तकले मेरो मथिंगल हल्लाइदिइसकेको थियो। सोचेभन्दा कति भिन्न थिए कथाका आयाम। (नत्र जनयुद्धप्रति केही सफ्ट कर्नर, ‘बेनिफिट अफ डाउट’ ममा पनि थियो) लागिरह्यो– बाबुराम–प्रचण्डहरु साँच्चै असंवेदनशील प्राणी हुन् (सेलेक्टिभ संवेदनशीलताको के अर्थ र?)। उनीहरूसँग अझै सोझै मिसिएका हजारौं कथा छन्। यसरी सुनियो र भन्ने मौकै कतिले पाए र? सिम्पेथी र इम्पेथी फरक कुरा हुन्। आफैैंले नभोगी खै अझै पनि यी भाव सिम्पेथी नै होलान्। गंगामायाले तिनै युद्धका हुलमुलमा एक जवान छोरो गुमाइन्। काँडैकाँडा बीचको जीवन फूलझैं बन्न सकेन। पति र छोराको न्यायका लागि अनशन बस्दाबस्दै सिद्धिए। उनलाई आफ्नो अतीत छोडेर स्वतन्त्र हुने रहर छैन। न्यायका लागि संर्घष नै जीवनको सार बनिसक्यो।

घाउहरु जबरजस्ती बन्दैनन् र निका पनि हुँदैनन्। घटना–परिघटनाले तिनलाई सृजित गर्ने र मेटाउने हुन्। हेक्का रहोस्, बाबुराम–प्रचण्डहरुका खातामा मानवताको हत्या विकराल तरिकाले गर्न पुगेका तमसुकहरु जिउँदै र जवान छन्। जेजति कारणले भए पनि उनीहरू थुप्रै परिवारका सुखशान्तिका काल बन्न पुगे। अर्कातर्फ देशको परिस्थिति यस्तो बन्दै गयो– ती क्षतिलाई न्यायिक देखाउन ल्याइयो भनिएका परिवर्तनका लहर पनि पक्का र भरोसायोग्य रहेनन्। परिवर्तन र आन्दोलन त उनीहरूले हात हाल्नुभन्दा पहिल्यैदेखि कैयौं नेता र अग्रजले गर्दै आएका हुँदै हुन्। माओवादी आन्दोलनको अनुपस्थितिमा आजको नेपाल कस्तो हुने थियो, कति सबल वा दुर्बल? उत्तर सजिलो छैन।

दुनियाँको जीवन तहसनहस पार्ने पीडकका रूपमा उनीहरूको चिनारी ज्यूँका त्यूँ रह्यो भने उनीहरूको रहनसहन, व्यवहारमा आएको परिवर्तनका कारण क्रान्तिका लागि फुकेका बिगुलहरूले उनैलाई नचिन्ने भए।

त्यसै कारण प्रभावशाली–अलौकिक कुनै परिवर्तनको श्रेय माओवादी नेताका नाममा सजिलै रजिस्टर गर्न मिलेन। अर्थात् दुनियाँको जीवन तहसनहस पार्ने पीडकका रूपमा उनीहरूको चिनारी ज्यूँका त्यूँ रह्यो भने उनीहरूको रहनसहन, व्यवहारमा आएको परिवर्तनका कारण क्रान्तिका लागि फुकेका बिगुलहरूले उनैलाई नचिन्ने भए। यी र यस्तै घटनाका फलस्वरूप नेपाल र नेपालीको विगतदेखिको त्याग र बलिदानबाट कोरिएको देशको वर्तमान संविधान, नक्साप्रति जनमानस उल्टै नकारात्मक हुँदै गइरहेको केही हप्ताअघि रवीन्द्र मिश्रले छेडेको बहसले संकेत गरि नै सक्यो।

बाबुराम–प्रचण्डहरूलाई छुट छैन अरूजस्तो सामान्य, प्रयोगवादी र रंगिला बन्ने। किनकि यी नेताहरुले आफ्नो जीवनमा जुन मार्ग रोजे, त्यो आजीवन परीक्षाको मार्ग थियो। आफ्नो जीवनयुद्धमा होम्ने निर्णय उनीहरूको निजी भयो। तर हजारौं नेपालीलाई जबरजस्ती आगोभित्र मुन्ट्याउनुले उनीहरूको जीवनकालीन अस्तित्व, भूमिका, निजी निर्णयको फेरमा सीमित हुन सक्दैन। स्पष्ट भन्दा- घाउ पार्न खेलेको भूमिका जबरजस्त थियो भने अब आएर त्यसमा मल्हम लगाउन खेल्नुपर्ने भूमिकामा जाँगर नदेखाउनु बेइमानी हो। अझ बरु चुप बस्नुको सट्टा जानीजानी आफ्नो खुसी–प्रगति विज्ञापन गरिरहनु त असंवेदनशीलताको पराकाष्ठा नै हो। 

यस विषयमा जनयुद्धको किल्ला भनिने रोल्पाका अनुभवी पत्रकार दिनेश सुवेदीसँग कुरा गर्दा झनै भावुक बनायो। सोह्रैआना सही विषय उठाउन लागेको उनको ठहर थियो। अझै पनि थुप्रै रोल्पाली भुल्न नसकिने पीडा र अप्ठ्यारामा रहेको, तर कोही नेता फर्केर नजाने गरेको उनले बताए। नेताहरू स्वार्थी, ढोंगी र असंवेदनशील। उनले पनि माओवादी नेताहरुलाई यसरी नै बुझेको बताए। 


नेता बाबुराम भट्टराईले सामाजिक सञ्जालमा राखेको तस्बिर र त्यसमा आएका केही प्रतिक्रियाको कोलाज

अन्य नेताहरु पत्रु भइदिनु र बाबुराम–प्रचण्डहरु पत्रु हुनुमा फरक छ। अरूले विशाल सपना बाँडेर, जनता जम्मा पारेर र भयंकर मानव क्षति गराएनन्। यो कुरा बाबुराम–प्रचण्ड जस्ताले पाइला–पाइलामा हेक्का राख्नुपर्ने हुन्छ कि उनीहरुको आचारविचार, बोलीव्यवहार आदिको फरक तरिकाले जाँच हुन्छ, हुँदै आएको छ। उनीहरु ढुलमुले र अलमस्त हुनु, झुठो बोल्नु, सम्पत्ति जोड्नु, मानपदवीको लालसा राख्नुले उनीहरूको महान् उद्देश्य र सिंगो जनयुद्ध नै कलुषित बन्न पुग्छ। पुगेकै छ। त्यति मात्रै नभई उनीहरूका उदाहरणले अन्य पनि बेस्सरी बिग्रेका छन्। नराम्रो गरेर त्यसको जिम्मै नलिने, लिन नपर्ने उदाहरण सबै फटाहा, बदमास आफैंलाई र अरूलाई दिने गर्छन्। सबलाई मन बुझाउने सजिलो भएको छ, ‘त्यत्रा मान्छे मारेर आउँदा त मस्त छ जिन्दगी, म चैं किन इमानदार हुनु?’ बनेन त राम्रो उदाहरण! 

त्यसैले नेताहरूले अन्यको आँखाबाट पनि आफूलाई हेर्दिन पर्‍यो। आफ्नै लुच्चोपनको उदाहरण मैले माथि दिएजस्तो, अलिअलि सरम उनीहरुले पनि मान्नुपर्यो। पैसा फिर्ता दिने वा उसको समस्या बुझ्ने जाँगर ममा नभएपछि अब कमसेकम साथीकै आँखा अगाडि मैले सुखसयलकोे धमास दिएर हिँड्न भएन। उसलाई मेरो परिस्थिति नाजुकै रहेको पत्यार मात्रै पार्न सक्नु पनि मेरो एक तहको इमान हुनेछ। उसको मन भित्रभित्रै दुख्न–कुँडिनबाट मैले त्यसरी जोगाउन सक्छु। 

बाबुराम–प्रचण्डहरुलाई छुट छैन– आफ्नो घरभित्र बढ्दै गएको उज्यालोप्रति भावविभोर भएका प्रमाण देखाइरहन। जजसको घरको उज्यालो उतिबेला निभाउन पुगे, उनको मनमा त्यसले विष पैदा गराउने स्थिति ज्यूँका त्यूँ रहुन्जेलसम्म। मनमा पैदा भएको विष सीसाभित्रको विषभन्दा घातक हुन्छ। 

कमसेकम यही अपेक्षा हामी किन प्रचण्ड–बाबुरामहरूबाट राख्न नपाउने? उनीहरुको सुखशान्तिमा कुनै कमी आओस् भन्ने आशय पटक्कै हैन। फलोस्–फुलोस्। तर ङिच्च दाँत देखाएर घरीघरी सो कुरा सामाजिक सञ्जालमा प्रदर्शन गर्नु भएन। उनको इतिहास र वर्तमानले एकअर्कालाई जिस्क्याउन भएन। 

बाबुराम–प्रचण्डहरुलाई छुट छैन– आफ्नो घरभित्र बढ्दै गएको उज्यालोप्रति भावविभोर भएका प्रमाण देखाइरहन। जजसको घरको उज्यालो उतिबेला निभाउन पुगे, उनको मनमा त्यसले विष पैदा गराउने स्थिति ज्यूँका त्यूँ रहुन्जेलसम्म। मनमा पैदा भएको विष सीसाभित्रको विषभन्दा घातक हुन्छ। 

जबसम्म जनयुद्धका घाउ साँच्चै पुरिँदैनन्, जबसम्म हजारौं ती परिवारले आफ्नो प्रिय व्यक्ति सिध्याउने अनुहारका रूपमा बाबुराम–प्रचण्डहरूलाई देखिरहन्छन्, जबसम्म बेपत्ताहरुको टुंगो लाग्दैन, जनयुद्धका हिसाबकिताब फच्चे गर्न बनेका आयोगहरूले चित्तबझ्दो परिणाम दिँदैनन्, जबसम्म देशले जनयुद्ध जायज थियो भनेर महसुस गर्ने गरी परिवर्तन देख्दैन, जनयुद्ध नेतृत्व गरेकाहरूको हक नै बन्दैन, आम जिन्दगी बाँच्ने।

प्रकाशित: Aug 26, 2021| 13:49 बिहीबार, भदौ १०, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...