बुधबार, असार ४, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • हातमा ओपीडी टिकटसहित कोसी अस्पतालको शौचालयमा एक पुरुष मृत भेटिए

हातमा ओपीडी टिकटसहित कोसी अस्पतालको शौचालयमा एक पुरुष मृत भेटिए

कोशी अस्पताल विराटनगरको शौचालयमा एक पुरुष मृत फेला परेका छन्।
 |  मंगलबार, भदौ ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ८, २०७८

विराटनगर– कोशी अस्पताल विराटनगरको शौचालयमा एक पुरुष मृत फेला परेका छन्।

अस्पतालको ओपीडी भवनमा रहेको शौचालयमा मंगलबार दिउँसो साढे १ बजेतिर पुरुषको शव भेटिएको हो। मृतकको हातमा इनरुवास्थित सुनसरी जिल्ला अस्पताल ओपीडीको पूर्जा भेटिएको प्रहरीले जनाएको छ।

पूर्जामा लेखिएअनुसार मृत भेटिएका पुरुष सुनसरीको इनरुवा नगरपालिका–६ का ६१ वर्षीय होमराज पोखरेल हुन्। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले मृतक सुनसरीबाट थप उपचारका लागि कोसी अस्पताल आएको हुनसक्ने बताए। मृतकको साथमा मधुमेह लगायतका रोगका औषधि पनि फेला परेको छ। घोप्टो परेर लडिरहेको अवस्थामा पुरुषलाई फेला पारिएको डीएसपी श्रेष्ठले बताए। 

मृतकका कोही पनि आफन्त सम्पर्कमा नआएको प्रहरीले बताएको छ। शव अस्पतालकै पोस्टमार्टम गृहमा राखिएको छ।


प्रकाशित: Aug 24, 2021| 14:34 मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।