बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • बीपीसँग जेल बसेका रामनारायण मिश्रका छोरा हरिशंकर बने प्रदेश-२ प्रमुख, जो नौ कक्षामै पढ्दा जेल परेका थिए

बीपीसँग जेल बसेका रामनारायण मिश्रका छोरा हरिशंकर बने प्रदेश-२ प्रमुख, जो नौ कक्षामै पढ्दा जेल परेका थिए

प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा नेपाली कांग्रेसका नेता पूर्व सांसद हरिशंकर मिश्र नियुक्त भएका छन्।
 |  मंगलबार, भदौ १, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

मंगलबार, भदौ १, २०७८

जनकपुरधाम– प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा नेपाली कांग्रेसका नेता पूर्व सांसद हरिशंकर मिश्र नियुक्त भएका छन्। शेरबहादुर देउवा नेतृत्वको सरकारले राजेश झालाई प्रदेश प्रमुखबाट हटाएर मिश्रलाई नियुक्त गरेको हो।

यसअघि केपी ओली सरकारले राजेश झालाई प्रदेश प्रमुख नियुक्त गरेको थियो। त्यसअघि नै दुईजनाले यहाँ प्रदेश प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्। रत्नेश्वरलाल कायस्थ र तिलक परियारपछि राजेश झा प्रदेश प्रमुख भएका थिए। अर्थात्, प्रदेश २ ले ४ वर्षमा चौथो प्रदेश प्रमुख पाएको छ। 

तत्कालिन सत्तारुढ दल नेकपाभित्र विवाद भएपछि केपी शर्मा ओली नेतृत्वको सरकारले माओवादी निकट तिलक परियारलाई प्रदेश प्रमुखबाट हटाएर राजेश झालाई गत वर्ष फागुन ९ गते नियुक्त गरेको थियो। 

नवनियुक्त प्रदेश प्रमुुख मिश्रको जन्म २००२ सालमा महोत्तरीको पिपरामा भएको थियो। ५९ वर्षदेखि राजनीतिमा सक्रिय छन् मिश्र।  उनी बीपी कोइरालाका समकक्षी कांग्रेसी नेता रामनारायण मिश्रका छोरा हुन्। बीपीले २०१६ सालमा नेतृत्व गरेको सरकारमा उद्योग मन्त्री थिए रामनारायण। राजा महेन्द्रले पञ्चायती व्यवस्था लागू गरेपछि रामनारायणलाई समेत बीपीसँगै सुन्दरीजल कारागारमा बन्दी बनाइएको थियो।

बुवा जेलमा परेपछि २०१९ सालबाट राजनीतिमा सक्रिय भएका थिए नवनियुक्त प्रदेश प्रमुख मिश्र। ‘२०१९ सालमा बुवा जेलमा परेपछि प्रजातान्त्रिक आन्दोलनको झण्डा फहराउनकै लागि मैले आन्दोलनको झण्डा बोकेको थिएँ,’ मिश्र सुनाउँछन्, ‘बुवा जेलमा परेपछि आन्दोलन शिथिल हुने र पिपरा गाउँकै नाम डुब्ने डरले बुवाको पथमा अगाडिीबढेको थिएँ।’

Metro Mart
worldlink

रामनारायण पक्राउ परेका बेला छोरा हरिशंकर मिश्रले नै त्यो वर्ष प्रजातन्त्र दिवसको अवसरमा आन्दोलनको झण्डा फहराएका थिए। त्यतिबेला उनी कक्षा ९ मा पढ्थे। प्रजातन्त्र दिवसको अवसरमा झण्डा फहराएको भन्दै मिश्रलाई समेत पक्राउ गरेर जलेश्वर कारागारमा राखिएको थियो। उनी अढाइ महिना जेलमा बसे। पछि नाबालकलाई कारावासमा राखिएको आलोचना भएपछि मात्रै उनलाई छोडिएको थियो। त्यसपछि अनवरत रुपमा उनी प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भइरहे। 

देशमा प्रजातन्त्रको पुनर्वहाली भएपछि २०४८ सालमा महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचन लडे उनी र विजयी पनि भए। तर त्यसपछि २ पटक नेपाली कांग्रेसले सोही क्षेत्रबाट चुनाव लड्नका लागि अवसर दिए पनि उनी असफल भए। २०५१ सालको निर्वाचनमा उनी पराजित भएका थिए। 

प्रदेश प्रमुखमा नियुक्त भएपछि ७६ वर्षिय मिश्रले पार्टी र गठबन्धनको सरकारले आफूमाथि गरेको विश्वासप्रति आभार व्यक्त गरेका छन्। उनले प्रदेश २ सरकार र प्रदेशका जनतासँग छलफल गरेर आफ्नो योजनाको विषयमा खाका तयार पार्ने जानकारी दिए।

प्रकाशित: Aug 17, 2021| 12:20 मंगलबार, भदौ १, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।