शनिबार, जेठ २५, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • राजधानी काबुल कब्जा गरेको तालिबानको दाबी, अमेरिकी दूतावास विमानस्थलमा सारियो

राजधानी काबुल कब्जा गरेको तालिबानको दाबी, अमेरिकी दूतावास विमानस्थलमा सारियो

तालिबानले अफगानिस्तानको राजधानी काबुलस्थित राष्ट्रपतिको कार्यालयमाथि कब्जा जमाएको दाबी गरेको छ।
 |  आइतबार, साउन ३१, २०७८

बीबीसी

बीबीसी

आइतबार, साउन ३१, २०७८

काठमाडौं– तालिबानले अफगानिस्तानको राजधानी काबुलस्थित राष्ट्रपतिको कार्यालयमाथि कब्जा जमाएको दाबी गरेको छ।

राष्ट्रपति असरफ घानी आइतबारै देश छोडेर हिँडेपछि तालिबानले यस्तो दाबी गरेको हो। अफगानिस्तानको अधिकांश भाग नियन्त्रणमा लिएर काबुललाई घेरेको तालिबानले जनधनको क्षति नगर्न ‘शान्तिपूर्ण शक्ति हस्तान्तरणको आशामा’ सहर प्रवेश नगरी काबुलको प्रवेशद्वारमा रहेको बताएको थियो।

तर सहरमा लुटपाट हुन नदिन तालिबान लडाकुलाई सहर पस्न अनुमति दिइएको तालिबानका एक प्रवक्ताले बताएका छन्।

तालिबानका एक प्रवक्ताले अफगानिस्तान र काबुलका बासिन्दा डराउनु नपर्ने र तालिबानले बदला नलिने बताएका छन्।

स्थानीय पत्रकार बिलाल सार्वारीका अनुसार तालिबानसँग वार्ता गरिरहेका समूहले राष्ट्रपति कार्यालयमै शक्ति हस्तान्तरण हुने बताए पनि राष्ट्रपति घानीले आफ्ना सहयोगीसहित देश छोडेका छन्।

राष्ट्रपति कार्यालयमा तालिबानले गरेको कब्जाबारे सरकारी अधिकारीबाट पुष्टि भएको छैन। यसैबीच काबुललाई तालिबानले घेरेपछि अमेरिकाले दूतावास भवन काबुल अन्तर्राष्ट्रिय विमानस्थलको परिसरमा स्थानान्तरण गरेको छ। हेलिकप्टरबाट दूतावासका सबै कर्मचारी र झन्डा विमानस्थल परिसरमा सारिएको हो। आफ्ना नागरिकको सुरक्षा गर्न विमानस्थल परिसरमा ४,००० अमेरिकी सैनिक परिचालित  छन्।


प्रकाशित: Aug 15, 2021| 23:30 आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।