बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • जेलभित्र रहेका दुई सैनिक निर्दोष, हराएको हतियार अर्कैले चोरेको ‘पुष्टि’

जेलभित्र रहेका दुई सैनिक निर्दोष, हराएको हतियार अर्कैले चोरेको ‘पुष्टि’

चोरीको आरोपमा जेल परेका ती दुई सैनिक सोही नम्बरको हतियार अर्को व्यक्तिले चोरेको स्विकारेपछि उनीहरुमाथिको अभियोग बनावटी रहेको तथ्य बाहिर आएको हो।
 |  आइतबार, साउन ३१, २०७८

अनिल यादव

अनिल यादव

आइतबार, साउन ३१, २०७८

भरतपुर (चितवन ) – दुई वर्षदेखि जेलमा रहेका दुई  सैनिकमाथि लगाएको अभियोग मिथ्या सावित भएको छ। चितवनस्थित नेपाली सेनाको कालीबहादुर गणको गणबाट १००७९२ नम्बरको सर्ट मेसिन गन ( एसएमजी ) चोरीको आरोपमा जेल परेका ती दुई सैनिकहरु सोही नम्बरको हतियार अर्को व्यक्तिले चोरेको स्विकारेपछि उनीहरुमाथिको अभियोग बनावटी रहेको तथ्य बाहिर आएको हो।

२ पुस २०७५ मा ब्यारेकबाट हराएको हतियार चोरीको अभियोगमा उदयपुर गाईघाट स्थायी बसोबास भएका र त्यतिबेला कालिबहादुर गणमा कार्यरत सिपाही लव गुरुङ र सुन्दर हरैचा मोरङ घर भएका सरोज तामाङलाई जेल हालिएको थियो। 

‘गणबाट हराएको भनिएको १००७९२ नम्बरको एसएमजी हालैको एक हत्याकाण्डमा प्रयोग भएको देखियो’, चितवन प्रहरीले नेपाल समयसँगको अनौपचारिक कुराकानीमा बताएको छ, ‘हत्यामा संलग्न अर्कै व्यक्तिले सो हतियार आफूले दुई वर्षअघि सोही गणबाट चोरेको बताएको छ।’

ब्यारेकबाट हराएको भनिएको सोही हतियार ७ साउनमा चितवनमा भएको हत्याकाण्डमा प्रयोग भएको पाइएपछि पुरानो घटनाको नयाँ पटाक्षेप सतहमा आएको हो। ७ साउनमा नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्या भयो। चितवन भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा खेत नहरमा मृत फेला परेका गुरुङलाई आफ्नै साथी सैनिक जवान गंगाधर ढकालले एसएमजीले हानेर हत्या गरेको चितवन प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी दिइसकेको छ।

गुरुङको हत्यामा दुई वर्षअघि हराएको एसएमजी ‘गन’ नै प्रयोग भएको प्रहरीको भनाइ छ। ‘ढकालले गन आफूले चोरेको बताएकाले सोही गन चोरीको अभियोगमा जेलभित्र रहेका दुई सैनिकहरु निर्दोष छन् भन्ने देखिन्छ’, एक प्रहरी अधिकारीले बताए, ‘औपचारिक रुपमा हामीले गन नम्बर बाहिर ल्याउन अलिक अफ्ठेरो होला। तर हतियार त्यही हो, तपाईँले बुझ्नुस्।’

Metro Mart
worldlink
 हालैको एक हत्याकाण्डमा फेला परेको हतियारका कारण दुई वर्षदेखि जेलमा रहेका ती दुई सिपाहीहरु निर्दोष रहेको र उनीहरुलाई व्यक्तिगत रिसइबीका कारण फसाइएको भन्ने पीडितका परिवारको दाबीमा सत्यता देखिएको छ।  

 तत्कालिन मेजर श्रेष्ठ लगायतका हाकिमहरुले व्यक्तिगत रिसिबीका कारण सैनिक गुरुङ र तामाङलाई फसाएको आरोप लागेको छ। 

आरोपित सैनिक लव र सरोज को परिवारले पनि त्यतिबेलै आफ्ना परिवारका सदस्यहरुमाथि सैनिक सेवाभित्र षड्यन्त्र भएको बताएका थिए। यो घटनामा व्यक्तिगत रिसिबी र अरु घटनाहरुको प्रतिशोध गाँसिएको भनाइ उनीहरुको थियो।

आफ्ना परिवारका सदस्य निर्दोष रहेको खबर पाएपछि यतिबेला पीडित सैनिकका परिवार चितवन आइपुगेका छन्। 

– ( यो घटनाबारे नेपाल समयमा बाँकी सामग्रीहरु पनि पढ्न सक्नुहुने छ। रिपोर्टिङका लागि सहकर्मी अनिल यादव चितवन पुगेका छन्– सम्पादक )11

प्रकाशित: Aug 15, 2021| 21:21 आइतबार, साउन ३१, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।