सोमबार, वैशाख २२, २०८२

मानिसलाई आक्रमण गर्ने भालुलाई जुम्लामा गोली हानेर मारियो

जुम्लामा स्थानीयलाई आक्रमण गर्ने भालुलाई गोली हानेर मारिएको छ। चन्दननाथ नगरपालिका–४ सिंंगाचौरका स्थानीयको गोठभित्र पसेको भालुलाई सोही ठाउँमा गोली हानेर मारिएको हो।
 |  बिहीबार, साउन २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २८, २०७८

सुर्खेत– जुम्लामा स्थानीयलाई आक्रमण गर्ने भालुलाई गोली हानेर मारिएको छ। चन्दननाथ नगरपालिका–४ सिंंगाचौरका स्थानीयको गोठभित्र पसेको भालुलाई सोही ठाउँमा गोली हानेर मारिएको हो। 

उद्धार टोलीले नियन्त्रण लिन नसकेपछि गोली हानेर मारिएको प्रहरीले जनाएको छ। ‘सुरक्षित रुपमा नियन्त्रणमा लिन खोजेका थियौं तर हरप्रयास गर्दा पनि सकिएन। उद्धार टोलीलाई नै आक्रमण गर्न थालेपछि गोली हान्नुपर्ने बाध्यता भयो।’ जुम्लाका डीएसपी दानबहादुर थापाले भने, वबन कार्यालय र प्रशासन कार्यालयको अनुमतिमा गोली हानेर मारिएको हो।’ भालुलाई नियन्त्रणमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र डिभिजन वन कार्यालयका कर्मचारीहरु खटिएका थिए। 

मारिएको भालुले जुम्लामा तीन जनालाई आक्रमण गरेको थियो। भालुले आज बिहान दैलेख घर भई चन्दननाथ नगरपालिका–५ कार्कीवाडामा मोबाइल पसल गर्दै आएका २९ वर्षीय हिमबहादुर रोकाया, उनकी श्रीमती २६ वर्षिया निर्मला थापा रोकाया र चन्दननाथ ४ सिंगाचौरका आशीष सार्कीलाई आक्रमण गरेर घाइते बनाएको थियो। 

भालु गाउँमा पसेर स्थानीयलाई आक्रमण गर्न थालेपछि बिहानदेखि नै प्रहरीले खोजी गरेको थियो। करिब ७ घण्टापछि भालु भेटिए पनि सुरक्षित रुपमा नियन्त्रणमा लिन नसकिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 12, 2021| 16:21 बिहीबार, साउन २८, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।