काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्यमा पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठ निर्वाचित भएका छन्। संघको ५७औं साधारण सभाबाट उनी एसोसिएटतर्फबाट महासंघको सदस्यमा निर्वाचित भएका हुन्।
यसअघि उनले महासंघको उद्योग प्रवर्द्धन समिति, अन्तर्राष्ट्रिय लगानी तथा प्रवद्र्धन समितिमा रहेर काम गरेका थिए।
विभिन्न सामाजिक संस्थाहरु चाइल्डरिच नेपालका पूर्व बोर्ड अध्यक्षका साथै अन्तर्राष्ट्रिय व्यापारिक संस्था वाईपिओको निर्वतमान अध्यक्ष तथा बोर्ड सदस्य लगायत संस्थाहरुमा आबद्ध रहेर पनि उनले काम गरिरहेका छन्।